तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, ९ भदौ । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिले देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै बिहीबार सदरमुकाम खाँडाचक्रमा प्रदर्शनी तथा सभा आयोजना ग¥यो ।
सभामा पार्टीका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले शासक दलका नेताहरू भारतीय विस्तारवादको स्वार्थमा देशघाती नागरिकता विधेयक पारित गर्न लागिपरेको बताउनुभयो । उहाँले शासक दलहरूले भारतीय एकाधिकार पुँजी तथा विस्तारवादको हितमा देशका नदीनाला तथा प्राकृतिक स्रोतसाधन बेचिरहेको चर्चा गर्दै सत्ता पाउने भए देश नै बेच्न र जनतालाई विदेशी दास बनाउन तिनीहरू पछि नपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य शाहीले जनविरोधी नेताहरू फेरि पनि चुनावमा झुटो आश्वासन बाँड्न आउने चर्चा गर्दै समयमै सचेत बन्न आग्रह गर्नुभयो ।
सभामा अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता प्रमाणपत्र कागजको खोस्टो नभई देशको सार्वभौमसत्तासँग जोडिएको संवेदनशील कागजात भएकोले सबै स्वाधीन देशले नागरिकतासम्बन्धी कडा कानुन बनाइरहेको प्रस्ट पार्नुभयो ।
नागरिकता विधेयक पारित गरेर लेण्डुप दोर्जेको नेपाली संस्करण बन्न होडबाजी गरिरहेका शासक दलका नेताहरूलाई देशभक्त जनताले कार्वाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
पार्टी जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीले नेपाली नागरिकतालाई सिनेमाको टिकट बनाउन नहुने बताउनुभयो ।
पार्टी जिल्ला समिति सदस्य धनञ्जय आचार्यले नेमकिपाले देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै देशव्यापी अभियान सञ्चालन गरिरहेको बताउनुभयो ।
यसअघि पार्टीको आयोजनामा विधेयक विरुद्ध नाराबाजी गर्दै जिरो प्वाइन्टबाट जुलुस सुरु गरेको थियो । उक्त जुलुस बजार परिक्रमा गर्दै प्रतिमा चोकमा विरोध सभामा परिणत भएको थियो ।
Leave a Reply