तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कालीकोट, ९ भदौ । नेपाल मजदुर किसान पार्टी, कालीकोट जिल्ला समितिको आयोजनामा बिहीबार भक्तपुर काण्डको भत्र्सना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले शासकहरुबाट नेमकिपाविरुद्ध अनेक षड्यन्त्र हुँदै आएको भन्दै जस्तैसुकै षड्यन्त्रलाई पनि नेमकिपाले चिर्दै आएको धारणा राख्नुभयो ।
उहाँले पञ्चायती व्यवस्थाले भक्तपुर काण्डमा जस्तै २०४२ मा कर्णाली प्रदेशका विभिन्न जिल्लामा कृयाशील नेमकिपाका दर्जनौँ कार्यकर्तालाई धरपकड तथा पक्राउपूर्जी जारी गरेर दमन गर्न खोजेको उल्लेख गर्दै नेमकिपाका कार्यकर्ताले पञ्चायती निरङ्कुश व्यवस्थाको डटेर सामना गरेको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले पुँजीवादी सत्ता, भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको विरोधमा सङ्घर्ष गर्र्दै आएको कारण यसलाई कुनै पनि षड्यन्त्रमा फसाएर फेरि पनि दमन गर्नसक्नेमा कार्यकर्ता सतर्क हुनुपर्ने तर्क गर्नुभयो । उहाँले भक्तपुर काण्ड राज्यसत्ताबाटै रचिएको एउटा राजनीतिक षड्यन्त्र भएकोले राजनीतिक आन्दोलनबाटै सत्ता फालिएको भनाइ राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले निर्दोष नेता तथा कार्यकर्तालाई ज्यान मुद्दामा फसाएर पञ्चायती व्यवस्थाले आफ्नो काल आफैले निम्त्याएको धारणा राख्नुभयो ।
नेमकिपा, कालीकोट जिल्ला समितिका अध्यक्ष खड्गराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समिति सदस्य सूर्यबहादुर शाहीले पनि भक्तपुर काण्डको भत्र्सना गर्नुभएको थियो ।
Leave a Reply