रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
अल्जायर्स, १० भदौ (एएफपी एएनआई/स्पुतनिक) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धको औजारका रूपमा असैनिक आणविक केन्द्रको प्रयोग नगर्न शुक्रबार चेतावनी दिनुभएको छ ।
“कुनै पनि अवस्थामा युद्धले देश, क्षेत्र र हामी सबैको आणविक सुरक्षालाई कमजोर पार्नु हुँदैन । असैनिक आणविक शक्तिको पूर्ण संरक्षण हुनुपर्छ”, अल्जेरिया भ्रमणका क्रममा म्याक्रोँले भन्नुभयो ।
यसैबीच राष्ट्रपति म्याक्रोँले इरानसँग विश्वका शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौतालाई पुनः जीवित गर्ने वा नगर्ने कुरा इरानमा निर्भर रहेको र यसले सबै कुरा सुल्झाउन नसके पनि सम्झौता ‘उपयोगी’ हुने बताउनुभएको छ ।
सम्झौतालाई पुनः जीवित गर्न सफल हुने सम्भावनाबारे सोधिएको प्रश्नमा म्याक्रोँले भन्नुभयो, “अब बल इरानको क्षेत्रमा छ गोल गर्ने नगर्ने उसमा निर्भर गर्नेछ ।”
यसैबीच युक्रेनी अधिकारीहरूले संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेका हतियार र अन्य सैन्य उपकरणहरूको सही स्थानलाई पिन गर्न असमर्थ रहेको बताएका छन् । त्यस बारे सबै विवरण कागजमा उल्लेख गरिएको रक्षा विभागका कार्यवाहक महानिरीक्षक सीन ओङ्डोनेलले ब्लूमबर्गलाई बताएका छन् ।
अधिकारीका अनुसार युक्रेनले ‘हाते रसिदहरू’ प्रयोग गरेर हतियारहरूको अभिलेख राख्ने गरेको बताएका छन् । “यो सबै कागजी हो”, अधिकारीले स्वीकार गर्दै भनेका छन् हतियारहरू कहाँ पुग्छन् भन्नेबारे कागजी रेकर्डमै आधारित भएको बताएका छन् ।
उपयुक्त अभिलेखको अभावले हतियारको प्रसारणमा शङ्का गर्ने पर्याप्त ठाउँ देखिए पनि नेटो अधिकारीहरूले भने ‘हतियार हस्तान्तरणको सुरक्षा व्यवस्थापन यथेष्ट रहेको’ बताएका छन् ।
Leave a Reply