भर्खरै :

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेमकिपा आयोगमा दर्ता

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेमकिपा आयोगमा दर्ता

काठमाडौँ, १० भदौ । निर्वाचन आयोगको भदौ ७ गतेको सूचनाअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाल मजदुर किसान पार्टी आयोगमा दर्ता भएको छ ।
नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन एउटा निवेदन र सात वटै प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन अलगअलग निवेदन दर्ता ग¥यो । भदौ १० देखि १२ गतेसम्म दलले निवेदन पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।
आयोगले कुन कुन दलले प्रतिनिधिसभा र प्रदेशसभामा भाग लिने हो, कुन कुन दलले प्रतिनिधिसभा वा प्रदेशसभामध्ये एकतर्फ मात्र भाग लिने हो वा प्रदेशसभामध्ये कुन कुन प्रदेशमा भाग लिने हो सो स्पष्ट गराई निर्वाचन चिह्न मतपत्र छाप्न यस्तो सूचना प्रकाशित गरेको हो ।
आयोगले अलग चुनाव चिह्न प्राप्त गर्ने ७५ दल र एकल चुनाव चिह्न लिने ४ दल गरी ७९ दलको चिह्न भएको मतपत्र तयार गर्नेछ । एकल चुनाव चिह्न लिने ४ दलअन्तर्गत १२ दल रहेछ ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलले २०७४ सालको समानुपातिक निर्वाचनमा प्राप्त गरेको मतअनुसार दलको निर्वाचन चिह्नको क्रम मतपत्रमा राखिनेछ । नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न ‘मादल’ पहिलो लहरको सातौँ स्थानमा हुनेछ । एउटा लहरमा १० वटा दलको निर्वाचन चिह्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *