भर्खरै :

‘सी’ डिभिजन लिगको लागि खेलाडी छनोट कार्यक्रम

‘सी’ डिभिजन लिगको लागि खेलाडी छनोट कार्यक्रम

भक्तपुर, १० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आयोजना गरिने ‘सी’ डिभिजन लिगको लागि खेलाडी छनोट कार्यक्रमको शुक्रबार महेश्वरी खेलमैदानमा निरीक्षण तथा अवलोकन गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले खेलाडीहरूलाई मार्गनिर्देश गर्दै खेलाडीहरूले टीमलाई बलियो बनाउन सामूहिक भावनाले देशको लागि खेल्नुपर्ने बताउनुभयो । खेलाडीहरू देशका गहना भएको बताउँदै उहाँले भक्तपुर नपाले खेलकुद क्षेत्रको विकासको लागि विभिन्न पहलहरू गर्दै आइरहेको बताउनुभयो ।
सोही क्रममा भक्तपुर फूटबल क्लवका अध्यक्ष राम प्रजापतिले प्रतियोगिताको उद्देश्यमाथि प्रस्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *