भर्खरै :

वागीश्वरीमा मोती जयन्तीको अवसरमा गजल गोष्ठी

वागीश्वरीमा मोती जयन्तीको अवसरमा गजल गोष्ठी

भक्तपुर, १० भदौ । वागीश्वरी मावि र वागीश्वरी कलेजको संयुक्त आयोजनामा १५७ औँ मोती जयन्ती गजल गोष्ठी गरेर मनाइयो ।
गोष्ठीमा गजल गायक कोमल रिजालले विभिन्न गजल प्रस्तुत गर्नुभयो भने उहाँलाई तबला वादक श्यामसुन्दर कायष्ठले साथ दिनुभएको थियो ।
प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले स्वागत गर्दै मोतीराम भट्टको बहुआयामिक व्यक्तित्वमाथि प्रकाशन पार्नुभएको उक्त गोष्ठीमा शिक्षकहरू हरिप्रसाद बास्तोला, इन्द्रकुमार श्रेष्ठ, गीता खनाल, हरिसुन्दर पोतामाहाँ, श्रीया पहिजु, हीरा फुँयालसहित अतिथिहरू चन्द्रप्रसाद ढकाल र विदुरप्रसाद तिमिल्सिनाले पनि आ–आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।
गोष्ठीको बीच–बीचमा शिक्षक गनु साम्पाङ राईसहित विभिन्न विद्यार्थीहरूको गीतले प्रस्तुति गोष्ठीको वातावरण अत्यन्त रमाइलो भएको थियो भने गोष्ठीमा श्रृङ्गारिक, सामाजिक एवं समसामयिक राजनीतिक विषयवस्तुलाई समेटी मानविकी समूह कक्षा ११, १२ र नेपाली मूल विषय स्नातक तहका २५ जना विद्यार्थीहरूले गजल प्रस्तुत गरेका थिए ।
गोष्ठीमा वागीश्वरी मावि र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बर्सेनि भइरहेको यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएकोमा नेपाली भाषा शिक्षण विभागलाई धन्यवाद दिँदै गोष्ठीको क्रममा सङ्कलित साहित्यिक रचनाहरूको सङ्ग्रह प्रकाशित गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा गत साउन महिनामा स्नातक दोस्रो वर्षका विद्यार्थीहरूको निम्ति आयोजित प्राज्ञिक लेखन कार्यशालापछि लेखिएका प्राज्ञिक लेखनमा प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरूलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *