न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
काठमाडौँ, ११ भदौ । नेपाल मजदुर किसान पार्टीलाई समाप्त गर्ने बदनियतले रचिएको भक्तपुर काण्ड ‘भदौ ९’ को विरोध गर्दै नेमकिपा काठमाडौँ महानगर समितिको आयोजनामा शुक्रबार क्षेत्रपाटीमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नेमकिपाले स्थापनाकालदेखि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोध गर्दै आएको पञ्चायतलाई असह्य भई राज्यस्तरबाट भक्तपुर काण्ड रचिएको हो भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष सुरेन्द्र महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा चन्द्रकिरण राजभण्डारी, कुलनारायण डंगोल, राम महर्जन, राजेन्द्र रजक, रत्नशोभा महर्जन, नरमान महर्जन, मन्दिरा महर्जन र सानुकाजी महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply