नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
काठमाडौं, ३ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले अन्धा, अपांग, बहिरा सबै देशको सार्वभौमिकता र स्वाधीनता रक्षामा पनि लागि पर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । नेपाल बहिरा सङ्घ भक्तपुर जिल्लाको २१ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नेपालको सिमानामा र नेपालको भूमि नै अतिक्रमण गरी भारतले बनाएको बाँध र तटबन्धको कारण झापादेखि कञ्चनपुरसम्मको तराई–मधेस बाढी र डुबानमा परेको र जनधनको क्षति भएको उल्लेख गर्नुभयो ।
सांसद सुवालले देश र जनताको समस्या समाधान गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै सांसदहरूले जनताका समस्या संसदमार्फत सरकारसम्म पु¥याउने स्पष्ट गर्नुभयो । संविधान संशोधन सबै जनताको शिक्षा–स्वास्थ्य र रोजगारीको लागि गर्नुपर्ने आवश्यकता औंल्याउँदै सांसद सुवालले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हितमा नभएको हुँदा फिर्ता लिनुपर्ने उल्लेख गर्नुभयो ।
देश र जनताको लागि सङ्घर्ष गर्दै आएको पार्टीलाई प्रतिबन्ध लगाउन प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा थ्रेसहोल्डको प्रावधान राखिएको उल्लेख गदैं सांसद सुवालले भारतीय दलालहरूको संसदमा बहुमत भए नेपाल पनि सिक्किमजस्तै भारतीय कब्जामा जाने खतरा भएको बताउनुभयो । सांसद सुवालले थ्रेसहोल्डका पक्षधर पार्टीहरू, लोकतन्त्र र गणतन्त्रको अनुयायी हुन नसक्ने उल्लेख गर्दे नेपाली जनताले त्यस्ता प्रतिगामीहरूलाई दुलोबाट ननिस्कँदै समाप्त पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
Leave a Reply