कबड्डी प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई बिदाइ तथा शुभकामना
- कार्तिक २०, २०८३
भक्तपुर, ३ भदौ । भक्तपुर नगरपालिकाले खेलकुद नीति बनाउन छलफल थालेको छ । भक्तपुर, ३ भदौ । भक्तपुर नगरपालिकाले खेलकुद नीति बनाउन छलफल थालेको छ । भनपा सभाकक्षमा शनिबार युवा तथा खेलकुद समितिले आयोजनामा भएको कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले युवाहरूलाई देशभक्त र अनुशासित बनाउन खेलकुद अपरिहार्य भएको बताउनुभयो । उहाँले भुन्नुभयो, ‘पूर्वाधारविना खेलकुद अगाडि बढ्न सक्दैन त्यर्सैले आर्थिक स्रोत र बजेटको आकारअनुसार पूर्वाधार तयार गरिनेछ । युवाहरूलाई कुलतबाट बचाउन कुनै न कुनै खेलमा संलग्न गर्नुपर्छ ।’
प्रमुख प्रजापतिले नेपालको संविधानमा स्थानीय तहलाई धेरै अधिकार हुँदाहुँदै स्थानीय तह सञ्चालन विधेयक पास नहुँदा अधिकार प्रयोगमा अन्योलको स्थिति रहेको बताउनुभयो । कार्यक्रममा नगर खेलकुद समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष उकेश कवांले परिवर्तित नीति नियम प्रस्तुत गर्नुभयो ।
युवा तथा खेलकुद समितिका संयोजक एवं १ नं वडाध्यक्ष श्यामकृष्ण खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा युवा तथा खेलकुद समितिका सदस्य एवं कार्यपालिका सदस्य सुनिता अवाल र युवा तथा खेलकुद समितिका सदस्य एवं २ नं वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखू, भलिबल सङ्घका अध्यक्ष विनोद चरण राय, टेबुलटेनिस सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, एथलेटिक्सका आसराम गोठे, सितेरियो कराटेका मृगेन्द्र धौभडेल, नखेसका सदस्यहरू कृष्णराम जाकिबञ्जार, रामकृष्ण प्रजापति, गणेशप्रसाद सुवाल, प्रशिक्षकहरू केदार तुइतुई, मुना बासुकला र इन्द्रभक्त पञ्चले नीतिनियमबारे सुझाव राख्नुभएको थियो ।
Leave a Reply