भर्खरै :

समस्त अमेरिका रोगको कठिन अवस्थाबाट गुज्रिँदै

समस्त अमेरिका रोगको कठिन अवस्थाबाट गुज्रिँदै

अगष्ट एक दिन अमेरिकी सान फ्रान्सिस्कोका पुरूष म्याकल स्टोलाले सरकारी भवन अगाडि पुगी अन्य मानिसहरूसँगै मिलेर मङ्कीपक्स रोगको सक्रियताका साथ प्रतिरोध गर्न सरकारलाई आह्वान गरेका थिए । केही समयअघि ती पुरूष नयाँ कोरोना महामारी सङ्क्रमित भएका थिए । छोटो समयपछि उनले आफूलाई मङ्कीपक्स लागेको पत्ता लगाए । त्यो कुराले उनलाई निकै दुःखी बनाएको छ ।
ती पुरूष मात्र होइन, हाल हजारौँ अमेरिकीहरू नयाँ कोरोना महामारी र मङ्कीपक्स रोग दुवैका दुःखमा पीडित भइरहेका छन् । अमेरिकी राजनीतिज्ञहरूले चिकित्सा स्वास्थ्य प्रणालीप्रति लामो समययता चिन्ता नगरेका कारणले हालको निकै खराब अवस्था बनेको भन्दै अमेरिकी सञ्चार माध्यमले आलोचना गरेका छन् ।
यसका अतिरिक्त महामारी र रोगसम्बन्धी तथ्याङ्क सङ्कलन, जाँचबुझ, खोपको वितरण र सङ्क्रमितलाई उपचार गर्ने सन्दर्भमा अमेरिकी सरकारले देखाएको स्वरूप निराशा देखिन्छ । नयाँ कोरोना होस् वा मङ्कीपक्स रोग समस्त अमेरिकाका ५० वटा राज्यका सर्वसाधारणहरू दुःखी जीवन भोगिरहेका छन् । अमेरिकी शैलीको प्रजातन्त्र र मानव अधिकारलाई भनेको यही हो कि भनेर सबैले प्रश्न उठाउन थालेका छन् ।
– सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *