रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, १५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भएको नगरभित्र रहेका सहकारी संस्थाहरूलाई सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी अभिमुखीकरण कार्यक्रमको बुधबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले कुनै पनि सङ्घ संस्थाका कर्मचारीहरू समयअनुकूल प्रविधिसँग जोडिरहन नसके आफ्नो कामबाट बिस्थापित हुने खतरा भएको बताउँदै संस्थाको प्रगति दक्ष र योग्य कर्मचारीहरूको मिहिनेतमा निहित रहेको बताउनुभयो ।
भक्तपुर नगरभित्र सञ्चालित सहकारीहरूलाई सहकारी सिद्धान्तअनुसार सञ्चालन गर्न नगरपालिकाले समय समयमा अनुगमन गर्दै आएको बताउँदै उहाँले अनुगमनको क्रममा देखिएका कमी कमजोरी सुधारको लागि सुझावहरू दिने र त्यसको कार्यान्वयन गराउने प्रयास गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले सहकारी संस्थाहरूसँग भएको रकम उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सके सदस्य र संस्था दुवैको निम्ति लाभदायी हुने बताउँदै कर्मचारीले अरुको दबाबमा भन्दा स्वतन्त्र ढङ्गले काम गर्नुपर्छ भन्नुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाको सहकारी ऐनविपरीत नगरपालिकाको स्वीकृतिबिना सञ्चालित बहुउद्देश्यीय सहकारी संस्थाहरूलाई कानुनविपरीत सञ्चालन नगर्न सचेत पार्ने काम पनि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्यद्वय पुरुषोत्तम तमखु र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply