भर्खरै :

“राजनीति देश र जनताको निःस्वार्थ सेवाको लागि हो”

“राजनीति देश र जनताको निःस्वार्थ सेवाको लागि हो”

भक्तपुर, १५ भदौ । ख्वप बचत तथा ऋण सहकारी संस्थाको १६ औँ स्थापना दिवस एक समारोहबीच मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले हरिबहाुदर श्रेष्ठद्वारा लिखित ‘राजनीति कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिठी’ पुस्तक सबैले अध्ययन गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
नेमकिपाले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुको साथै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरूद्धमा जनतालाई सचेत पार्दै आएको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा भनपाले गर्दै आएको कार्यको देशभरबाट प्रशंसा पाइरहेको उल्लेख गर्दै उहाँले नेमकिपाको गतिविधिहरूबाट अरू पार्टीले सिक्नुपर्ने धारणा राख्नुभयो ।
राजनीति देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्ने भावनाले हुनुपर्ने तर शासक पार्टीहरूमा त्यस्तो भावना नभएको उहाँले स्पष्ट पार्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का कृष्णगोविन्द लाखाजुले समुदायमा आधारित र स्थानीयको नेतृत्वमा रहेको सहकारी सङ्घ सस्थामा मात्र बचत र कारोबार गर्दा बचत सुरक्षित हुन्छ, ब्याजको लोभमा बाह्य व्यक्तिको नेतृत्वमा रहको सहकारी संस्थाहरूमा रकम जम्मा गर्दा कुन दिन कुन संस्था भाग्छ र बचत रकम डुब्छ ठेगान हुँदैन भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का सल्लाहकार बालमुकुन्द बासुकलाले नागरिकता विधेयक राष्ट्रघाती छ, यो कुनै हालतमा पास गर्नुहँुदैन, नेपालका शासक दलहरू विदेशीको इसारामा चलिरहेका छन् भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी लि. का अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्थानीय गणेशप्रसाद सुवाल, सल्लाहकार कृष्णभक्त लघु, संस्थाका उपाध्यक्ष राजेश ब्यान्जु, सचिव लक्ष्मीनारायण सुवाल र कोषाध्यक्ष अमर बासुकलाले एस.ई. ई. उत्तीर्ण भाइ बहिनीहरूलाई बधाई ज्ञापन गर्नुका साथै उज्ज्वल शैक्षिक जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा २०७६,२०७७ र २०७८ सालमा गरी ४४ जना एसईई उत्तीर्ण शेयर सदस्य र शेयर सदस्यका छोराछोरीहरूलाई नेपाल मजदुर किसान पार्टीका सचिव तथा सांसद प्रेम सुवालले मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *