तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चितवन, १५ भदौ । नेपाल मजदुर किसान पार्टी चितवन जिल्ला समितिको आयोजनामा बुधबार राप्ती, वीरेन्द्रनगरमा भक्तपुर काण्डको विरोध तथा भत्र्सना गर्दै बुधबार कार्यकर्ता भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य हरिसुन्दर वासीले पञ्चायतले रचेको षड्यन्त्र भक्तपुर काण्डबारे बुझ्न २०४५ साल भदौको घटना विवरण, नेमकिपाको इतिहास र सिद्धान्त अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गैरनेपालीले नागरिकता पाउन सक्ने गरी नागरिकता कानुन खुकुलो बनाउन नहुने चर्चा गर्दै केन्द्रीय सदस्य वासीले पहिलाभन्दा अझै जथाभावी नागरिकता वितरण गर्ने खतरा भएकोले सो नागरिकता संशोधन विधेयकको विरोध गर्नुपरेको बताउनुभयो ।
नागरिकता ऐनमा विगतमा भएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने शासक दलहरू झन् जनतालाई भ्रमित पारिरहेको बताउँदै उहाँले खुला सीमाको कारण नागरिकता समस्या झन् जटिल बन्दै गएको छ भन्नुभयो ।
नेमकिपा चितवनका अध्यक्ष हरिप्रसाद दुवालको सभापतित्वमा सम्पन्न भेलामा नेक्राकिसङ्घका पदम मगर, नेक्रा मजदुर सङ्घका राजकुमार श्रेष्ठ, नेक्रा महिला सङ्घका सुमित्रा महत्तो, नेक्राविसङ्घका अध्यक्ष अर्जुन चेपाङ र नेक्रायुसङ्घका ज्ञानेन्द्र चेपाङले पञ्चायती राज्यस्तरको षड्यन्त्रको भत्र्सना गर्नुभयो ।
Leave a Reply