भर्खरै :

पाकिस्तानका लागि चिनियाँ मानवीय सहायता सामग्री कराँची पुग्यो

पाकिस्तानका लागि चिनियाँ मानवीय सहायता सामग्री कराँची पुग्यो

अगस्त ३० तारिख दिउँसो मानवीय सहायता सामग्री बोकेको चिनियाँ विमान दक्षिण पाकिस्तानी सहर कराँचीमा पुगेको छ । यी सामग्री बाढीपीडित पाकिस्तानी जनतालाई बाढीको प्रतिरोध गर्न सहयोग गरिएको हो ।
पाकिस्तानका लागि चिनियाँ राजदूत नूङ रूङले विमानस्थलमा आयोजित मानवीय उद्धार सामग्री हस्तान्तरण समारोहमा सम्बोधन गर्दै चीन र पाकिस्तान कठिनाइ र दुःखको साझा रूपमा सामना गर्ने साँच्चिकै साथी र दाजु–भाइ भएको र एक आपसलाई सहयोग गर्ने परम्परा रहेको बताउनुभएको छ । साथै, चीन सरकारले १० करोड युआनको आपत्कालीन मानवीय उद्धार सामग्री प्रदान गर्ने घोषणा गरिसकेको छ । दुई सरकारको घनिष्ठ समन्वयमा बाँकी सामग्री समयमै पठाइने र वितरण गरिने छ ।
पाकिस्तानका प्रधानमन्त्रीले चीनको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *