भर्खरै :

कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न प्रतिक्रियावादी शासकहरूले षड्यन्त्र गरिरहने

कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न प्रतिक्रियावादी शासकहरूले षड्यन्त्र गरिरहने

भक्तपुर, १६ भदौ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरको आयोजनामा बिहीबार पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डको विरोध तथा भन्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन प्रतिक्रियावादी शासकहरू साम्राज्यवादी तथा विस्तारवादीहरूले विश्वका हरेक क्षेत्रमा विभिन्न किसिमको षड्यन्त्र गर्ने गरेको बताउनुभयो ।
२०४५ सालको भूकम्पपछि भूकम्प पीडित जनतालाई राहत वितरण गर्ने अधिकार बहालवाला जनप्रतिनिधिलाई मात्र भएको अवस्थामा पञ्चायती सरकारले गैरजनप्रतिनिधिलाई राहत वितरणको जिम्मा दिई भक्तपुर काण्डको षड्यन्त्र रचिएको हुँदा जनताको निःस्वार्थरूपमा सेवा गर्ने जनप्रतिनिधिलाई फसाउन बलिको बोकोको रूपमा प्रयोग गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
सङ्घीय गणतन्त्रको व्यवस्थापछि पनि शासकको दलको कारण नेपाली जनताको जीवनस्तर खस्केको चर्चा गर्दै उहाँले वर्गशत्रुले जहिले पनि दमन गर्ने मौका खोजिरहने भएकोले सधैँ सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय कोषाध्यक्ष विष्णुराम दुमरुले पञ्चायतकालमा भएको जनमतसङ्ग्रहको परिणाम भक्तपुरमा बहुदलको पक्षमा असी प्रतिशत मत प्राप्त भएपछि अतालिएको पञ्चायती सरकारले भक्तपुरको आन्दोलन दबाउन नेमकिपाविरुद्ध भक्तपुर काण्ड रचिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी सिकर्मी सङ्घ भक्तपुरका अध्यक्ष विक्रम ढुकुछुले पञ्चायती राज्यस्तरको भक्तपुर काण्डको समयमा झूटा मुद्दा खारेजीको लागि वकिल, पत्रकार बुद्धिजीवीबीच सत्यतथ्य कुरा जनतासमक्ष उजागर गरी शोषित पीडित जनतालाई अन्यायको विरुद्ध लड्न भक्तपुरका महिलाहरूको उल्लेखनीय भूमिका रहेको स्मरण गराउनुभयो ।
आयोजक समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी यातायात मजदुर ड्रात्र सङ्घका धन त्यात, आयोजक समितिका सचिव रमेश दुमरु, पुण्यराम न्हुछे तथा नेक्रा मजदुर सङ्घ नगर समिति भक्तपुरका गणेशप्रसाद सुवाललगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *