कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
नेपालको कानुनले चोरी, डकैती, अपहरण, कर्तव्यज्यान, बलात्कार आदिलाई फौजदारी अपराधको संज्ञा दिएको पाइन्छ । यस्ता मुद्दाको पुर्पक्षको क्रममा थुनामा रहेका वा कसूर प्रमाणित भएपश्चात् प्रचलित कानुनअनुसार सजाय भोगिरहेका कुनै पनि नेपाली नागरिकलाई दलहरूले निर्वाचनमा उम्मेदवार बनाउने नैतिक र कानुनी हैसियत न त कानुनले नै दिएको छ न संविधानले नै प्रदान गरेको छ ।
लोककल्याणकारी राज्य भएको वा कानुनी राज्य भएका विश्वका धेरै मुलुकमा फौजदारी अभियोग लागेका वा अभियोग प्रमाणित भई कानुनअनुसार सजाय भोगिरहेका नागरिकलाई निर्वाचनमा उम्मेदवार बनाउने गर्दैन र गर्नु पनि हुँदैन । यस अर्थमा नेपाल न लोक कल्याणकारी राज्य रह्योे न जनताले कानुनी राज्यको महसुस नै गरे । यी दुबै नरहेको अवस्थामा देशमा अराजकता व्याप्त हुनु स्वाभाविक भयो । नेपालमा हाल अराजकतालाई पृष्ठपोषण गर्ने दलहरूको सरकार छ भन्दा अन्यथा नहोला ।
सरकारमा बस्ने राजनीतिक दलहरूको नाम जेसुकै होस् तर यी दलहरूको बाहिरी रूप प्रजातन्त्रको पक्षमा वकालत गर्ने भए तापनि आचरण तद्अनुरूपको नभएको विषय निकै अगाडिदेखि उत्थान भएको हो । जब दल बाहिरी र भित्री आवरणमै प्रजातन्त्र र लोकतन्त्रको पक्षधर हुनसक्दैन, तब दलको नामले केही फरक पर्दैन । समाजवादी वा प्रजातान्त्रिक नामकरण गरी जनता झुक्याउने कामबाहेक केही हुनसक्दैन । जाली र नक्कली काम गरेर जनताको शासन व्यवस्था आउने कुरै भएन । यस अर्थमा नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद र शासक कम्युनिस्ट भनिएका दलहरूको समाजवाद शासन सत्तामा पुग्ने भ¥याङ वा नक्कली समाजवादबाहेक केही होइन ।
फौजदारी कसुर प्रमाणित भई कारागारमा सजाय भोगिरहेका कुनै पनि दलका नेता कार्यकर्तालाई सरकारको टोली वा प्रतिनिधि गएर भेटघाट गर्नु लोकतान्त्रिक आचरण होइन । यस्ता गतिविधिले कानुनी राज्यको उपहासमात्र गर्दैन देशमा अराजकता मौलाउने काममा भूमिका खेलेको हुन्छ । अराजकता र अपराधको मतियार हुने गर्दछ । शान्ति र सुरक्षा कायम गर्ने प्रतिबद्धताका साथ सत्ताको नेतृत्व गर्ने वा सत्ताको हिस्सेदार बनिरहेकाहरूका लागि यो पटक्कै सुहाउने कुरा होइन । तर, प्रजातान्त्रिक समाजवादको पगरी लगाएका नेपाली काङ्ग्रेस नेत्तृत्वको सरकारका मन्त्री आफै तीन वर्षदेखि नख्खु कारागारमा रहेका कैदीलाई भेट्न जानु आप्mनै सिद्धान्तको विपरीत भयो । साथै लोकतान्त्रिक आचरणविपरीत पनि छ । यसमा सार्वजनिक पदधारण गरेका अझ मन्त्रालय सम्हाल्दै गरेका मन्त्रीको लागि कुनै पनि दृष्टिकोणबाट मिल्ने देखिँदैन ।
नेपाली काङ्ग्रेस पुँजीपति वर्गको पार्टी हो । यो प्रतिक्रियावादीहरूको रक्षा कवच हो । नेपाली काङ्ग्रेसका प्रभावशाली नेताले सार्वजनिक कार्यक्रममार्फत व्यक्त गरेको कुरा हो यो । गरिब जनतालाई यस पार्टीमा नलाग्नु भनेर खुला सूचना दिएकै हुन् उनले । यसकारण, काङ्ग्रेसले गरिब र शासित जनताको पक्षमा बोल्दैन भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको कुरा हो । जसले ठूलो धनराशी चन्दा दिएको हुन्छ त्यसैलाई नजिक ल्याउनु र निर्वाचनको टिकट दिनु काङ्ग्रेसको ‘धर्म’ भइसकेको छ । सोही आधारमा आज उसले आउँदै गरेको निर्वाचनका लागि सायद उम्मेदवार बन्ने र पार्टीलाई सहयोग गर्ने मान्छे चाहिएको छ जसका कारण कानुन र लोकतन्त्रविपरीतका गतिविधिहरू गर्न पनि उसलाई कुनै शङ्कोच लागिरहेको छैन । कुनै लाज लागिरहेको छैन । आप्mनै दलका अन्य नेताहरूको चर्को आलोचनाका बीच पनि जनताले तिरस्कार गरेका र फौजदारी कसुरमा सजाय भोग्दै गरेका थुनुवालाई उम्मेदवारको लागि सिफारिस गरेर कानुनी शासनको धज्जी उडाउने घृणित क्रियाकलाप भइरहेको छ ।
रौतहटका केही जिउँदा मान्छेलाई ईँटा भट्टामा जलाएर सामूहिक हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अफताब आलमलाई उसले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार सिफारिस गरेको छ । अनि त्यसको आवश्यक तयारीका लागि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीसँग कुराकानी गरेको राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । यसले अपराधीहरूका मतियार सरकार आफै हुने आम नागरिकको धारणालाई मलजल गरेको छ । यसले अदालतको फैसलालाई प्रभाव पार्न खोजेको स्पष्ट हुन्छ । यसले शासक राजनीतिक दलहरूभित्र सिद्धान्त र विचार बोकेका मानिसको खडेरी परेको सन्देशमात्र दिएको छैन । कुनै पनि प्रकारका मुद्दा वा आरोप नलागेका इमानदार मानिसको समेत खडेरी परेको सन्देश दिएको छ । यसले दलको राजनीति सही बाटोमा अगाडि नबढेकोमा चिन्ता लिनुभन्दा सही राजनीतिक दललाई जनताले छान्न नसकेकोेमा बढी चिन्ता गर्नुपर्ने देखिन्छ ।
कुरा नेपाली काङ्गे्रससँग मात्र सम्बन्धित छैन बरु सत्ता गठबन्धनमा रहेका हरेक दलहरूबीच आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने काममा देखिएको सकस महत्वपूर्ण विषय हो । गठबन्धनमा रहेका कुनै पनि दलले जनताले चिताएका उम्मेदवार दिन सकिरहेका छैनन् वा भनौँ त्यस्ता उम्मेदवारको अभाव छ । हो, जनताले विचार र सिद्धान्त बुझेका र आप्mनो सुख र दुःखमा साथ दिने उम्मेदवारको खोजी गरिरहेका छन् । आप्mनो निर्वाचन क्षेत्रबाट निर्वाचित भएपछि काठमाडौँ खाल्डोमा आएर ऐश आरामको जीवन यापन गर्ने नेता होइन आप्mनै गाउँ–ठाउँको विकासमा दिलोज्यानले लाग्ने नेता चाहिएको छ । जनताको समस्यालाई प्राथमिकतामा राख्ने नेता चाहिएको छ । तर, यी दलहरूभित्र त्यस्ता मानिस ‘दिउँसै मैनबत्ती बालेर खोज्दा’ पनि भेटाउन नसकिने परिस्थितिको सृजना भइसकेको हुँदा जनताले खोजेको मान्छेलाई उम्मेदवारको रूपमा उभ्याउन तिनीहरू सफल हुने देखिएनन् । जसको परिणाम फौजदारी अभियोग लागेका र पुर्पक्षमा रहेकालाई उम्मेदवार बनाउने खेलमा लागिरहेका छन् । जनताबाट तिरस्कृत उम्मेदवारलाई उनीहरू सिफारिस गरिरहेका छन् ।
शासक दलका यस किसिमका कामबाट जनता हिजो पनि सन्तुष्ट हुन सकिरहेका थिएनन् आज पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । तर, तिनीहरूका उम्मेदवारको धम्की र तिनीहरूबाट सृजित डर, त्रासका कारण जनता तिनीहरूकै पक्षमा लाग्न बाध्य भएका प्रशस्त उदाहरणहरू छन् । अनि यसमा मूकर्दशक भएका छन् निर्वाचन आयोग र उसले तयार गरेको निर्वाचन आचारसंहिता । निर्वाचन आयोगका लागि आचारसंहिता बनाउन जति सरल र सहज लागेको होला त्यति नै कठिन भएको छ त्यसको परिपालनाका लागि । स्वयं शासक दलका नेताहरूबाट यसको ठाडो उल्लङ्घन हुन्छ, निर्वाचन आयोगलाई चुनौती दिन्छ । तर, निर्वाचन आयोग आँखा चिम्लेर बसेका हुन्छ । निर्वाचन आयोग स्वयं एउटा बलियो संवैधानिक आयोग भए तापनि भागबन्डाको राजनीतिको छाया त्यसमा परेको कारण दललाई केही भन्न नसक्ने गरी बन्दी बनाइएको छ । राजनीतिक दलहरूको सिद्धान्तहीन राजनीतिका कारण उत्पन्न भागबन्डाको संस्कृतिले मुलुक र मुलुकवासीलाई अवनतिको दिशामा दोहो¥याइरहेको छ । शासक दलका कुनै पनि क्रियाकलाप जनअपेक्षाअनुरूप नजानुको परिणाम पनि यही हो । सहमतिको राजनीति स्वयंमा प्रजातान्त्रिक प्रणालीविपरीत हुनु, दलहरूले यही सहमतिको राजनीतिलाई आप्mनो निर्वाचन लड्ने आधार बनाउनु र सत्तामा बसेर निर्वाचन आचारसंहिताको धज्जी उडाउने आधार बन्नुले नेपाली जनताले दुःख पाएका हुन् । शासक दलद्वारा सृजित दुःखको सागरबाट मुक्ति पाउनका लागि आम नागरिकले निर्वाचनबाट सजाय दिनुको विकल्प छैन । दललाई चिन्ने, उम्मेदवारलाई चिन्ने र आफू र आप्mनो विगतलाई चिनेर अगाडि बढ्न सकेमा मात्र सबैको भलो हुन्छ । अराजक, देशघाती राजनीतिक दलहरूलाई पाखा लगाउने समय बारम्बार आउँदैन ।
Leave a Reply