भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
समाज परिवर्तनशील छ । अकाट्य प्रमाण कसैले दिन सक्दैन यो झूट हो भनेर । मानव इतिहास र अहिलेसम्म भएका काम र क्रियाकलापले पनि संसार र मानव समाज परिवर्तनशील हुन्छ र भइरहेको छ भन्ने कुराका धेरै दृष्टान्तहरू छन् । तापनि मान्छेको एक समूहले संसारलाई अतिरञ्जनापूर्ण तवरबाट वास्तविकतालाई झूट र झूटलाई सत्यको संज्ञा दिँदै मानव समाजलाई भ्रमित पारेको छ । आजको यो बदलिँदो संसारमा यस्ता झूट वाणी, प्रपोगन्डा र समाचारहरू कम छैनन् । विगतको तुलनामा वर्तमान समयमा धेरै परिवर्तन भएका छन् तर मानव समाज परिवर्तन गर्ने र असल भविष्य निर्माण गर्ने कार्यमा धेरै बाधा र अवरोध छन् ।
खान, बोल्न, बस्न, सुत्न, एक अर्काप्रति गरिने व्यवहार मान्छेको प्राकृतिक देन हो । मानिस प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो । त्यसैले, मान्छेसँग सामाजिक, नैतिक र राजनीतिक गुण हुन्छ । यति उपहारले मात्र मान्छे संसारलाई आफ्नो काबुमा राख्न सक्दैन । भावना, सोच र विचारमा पनि परिवर्तन हुनुपर्छ र सकारात्मक सोचको विकास मनमा सदैव राख्नुपर्छ । तर, यसलाई अगाडि बढाउने मुख्य विषय हो – शिक्षा । शिक्षाबिना संसार परिवर्तन हुन असम्भव छ । संसारलाई बदल्ने र केहीले कल्पना नै नगरेको काम गर्ने र गराउने पनि शिक्षा नै हो । वर्गीय दृष्टिकोणले सामन्त त पँुजीपति वर्गको हातबाट शासन सत्ता हातमा लिई काम गर्न र सर्वहारा वर्गको शासन सत्ता स्थापना गर्ने कुनै तोकिएको दिन र बार छैन । तर, सत्ता र व्यवस्था जे भए पनि नयाँ नयाँ कुरा आविष्कार हुने, नयाँ वस्तुको निर्माण हुनेलगायतका अचम्मलाग्दा काम कुराहरू त अहिले पनि घण्टा, हप्ता, महिना, साल र वर्षैपिच्छे नभएका होइनन् । परिवर्तन निरन्तर भइरहेको छ । तर, वर्गीय हिसाबले धनी र गरिब वा बलियो र कमजोरको खाल्डो गहिरो छ । भौतिक परिवर्तन भए पनि वैचारिक सोचमा परिवर्तन नभएकोले तल्लो वर्ग उच्च र सम्भ्रान्त भनिने बलियाबाट हेपिने, चेपिने र घृणित भएर बस्नुपरेको छ ।
माथिल्लो र उच्च सामन्ती सोच र संस्कारमा हुर्केको वर्ग र समुदायले तल्लो वर्ग उठेको हेर्न चाहँदैन । यसको लागि कतिपय उपयोगी त केही छलछाम र भ्रमित कुराहरू गर्न जानेका हुन्छन् । त्यस्ता काम कुरा र साधनलाई सही ढङ्गले सदुपयोग गर्न सके त्यो ठिक्कै हो । नेपालका गाउँ–गाउँ र दुर्गम क्षेत्रमा विकास भएको नेटवर्किङ प्रणाली ‘सामाजिक सञ्जाल’ नेपाललगायत विश्वका सबै देशहरूमा धेरै प्रयोगमा आएको छ । हरेक वस्तुका फाइदा र घाटा हुन्छन् । एक कोणबाट उपयोगी हुन्छ भने अर्को कोणबाट दुरुपयोग पनि हुन्छ ।
हुन त कुनै पनि देशको अर्थ व्यवस्था, राजनीतिक प्रणाली, शिक्षा, स्वास्थ्य, शासन प्रणाली लगायतका राष्ट्रियता हरेक कुरालाई व्यवस्थापन गर्ने जिम्मेवारी सरकारको हुन्छ । देशको नागरिकलाई जिम्मेवार बनाउने पनि सरकारको दायित्व हुन्छ । तर, सरकार निकम्मा सावित भएको छ ।
प्रसङ्ग छ, सामाजिक सञ्जालको । नेपालमा सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालको विकास र प्रयोग भर्खरै भए पनि प्रयोगकर्ताको ओइरो लागेको छ । घर–घरमा एकभन्दा बढी मोबाइल प्रयोग गरेको र विभिन्न डाटा प्याक लिई सामाजिक सञ्जालमा नै बढी समय खेर फालेको टीकाटिप्पणी भइरहेको छ ।
धेरैजसोलाई प्रयोग गर्नेमा विद्यार्थी नै रहेका छन् । लगभग कक्षा ४÷५ पढ्ने विद्यार्थीको हातमा पनि मोबाइल देखिएको छ । कक्षा नौदेखि लिएर बा¥ह कक्षा पढ्ने विद्यार्थीले बढी दुरुपयोग गरेको अड्कल गर्न सकिन्छ । सामाजिक सञ्जाललाई सहीरूपमा प्रयोग गर्न सकेमा ज्ञानबद्र्धक कुरा पनि छ । तर, विद्यार्थीहरू यस्ता कुरामा रुचि राख्नु र आकर्षक हुनुको साटो राति १÷२ बजेसम्म मोबाइल प्रयोग गरेको देखिन्छ । उनीहरूको चासो फेसबुक चलाउने, टिकटक बनाउने, विभिन्न चित्र र फोटोहरू पोस्ट गर्नेदेखि लिएर एक अर्कासँग कुराकानी गर्ने र अनावश्यक झगडा र गाली वा ठट्यौउली कुरा गर्ने भएको छ । यसले उनीहरूको बौद्धिक र मानसिक कार्यमा ¥हास आउनेछ । सामाजिक सञ्जाललाई एक किसिमको मनोरञ्जनको साधन र माध्यमको रूपमा बढी प्रयोग भएको छ । जुन विषयमा ध्यान दिनुपर्ने हो त्यसमा गएको छैन ।
विद्यार्थीमात्र होइन बौद्धिक स्तरका मान्छेको चासो पनि सामाजिक सञ्जालमा बढी देखिएको छ । विद्यार्थी र केटाकेटीझैँ उनीहरूमा पनि सेल्फी खिच्ने, अनावश्यक टीकाटिप्पणी गर्नेजस्ता यावत कुरा गरेर समय बिताउने कार्यमा लत बसेको छ । अध्ययनको माध्यम पत्रपत्रिका र पुस्तकभन्दा यही सामाजिक सञ्जाल मुख्य भएको छ । उसो त सदुपयोग गर्नेको सङ्ख्या पनि कम छैन । कतिपयले यसलाई जञ्जाल मानेका छन् । कतिले चाहिनेभन्दा नचाहिने काममा बढी प्रयोग गरेको बताएका छन् ।
सही काममा सबै चिज प्रयोग गर्नुपर्छ । साना बालबालिकाको मस्तिष्कलाई गर्ने असर, विद्यालयदेखि उच्च लेभल हासिल गर्ने विद्यार्थीको सामाजिक सञ्जालमा बसेको लत हटाएर खस्कँदै गएको शैक्षिक स्तर उकास्नुपर्छ । राष्ट्रलाई भविष्यमा आइपर्ने गम्भीर समस्याबारे सरकार, जिम्मेवार सरोकारवाला पक्ष र स्वयम् साधन र सञ्जाल प्रयोगकर्ता चेतित र चनाखो हुनुपर्छ ।
Leave a Reply