नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
-प्रेम सुवाल
(विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भाद्र ४ गतेको संसदमा राख्नु भएको मन्तव्यको सार– सं.)
प्रमको भारत भ्रमणको सम्मुख परेको अविरल वर्षापछि भारतले नेपालको सिमाना र अझ दशगजामै बनाएका २०–२५ वटा व्यारेज, बाँध र तटबन्धको कारण झापादेखि कञ्चनपुरसम्म तराई–मधेसका ८० प्रतिशत भूमि डुबानमा प¥यो र जनधनको निकै क्षति भयो । यतिबेला नेपाली सञ्चार माध्यममा बाढी र डुबानमा परेका नेपालीहरुको व्यथासँगै भारतको विरोधमा समाचार प्रकाशित भइरहेको छ । चीनको भूमि दोक्लाममा भारतीय सेनाको उपस्थितिको समर्थन गराउन भारतले सुनौली–भैरहवा नाका बन्द गरी नेपाललाई दबाब दिएको पनि समाचार प्रकाशित भयो । भारतले नेपालको भूमि डुबानमा पर्नेगरी बनाएका बाँध नेपालविरुद्ध भारतको आक्रमणजस्तै हो भने सुनौली नाका रोकेको पनि नाकाबन्दीजस्तै हो ।
नेपालका तथाकथित बुद्धिजीवीहरु र एनजीओका सेठहरु विदेशीको पैसा खाएर भारतको संवेदनशीलता बुझ्नुपर्ने, दुई देशको सम्बन्ध बुझ्नुपर्ने र अझ नेपाल भारतको प्रभाव क्षेत्र हुनुपर्ने कुतर्क राख्दैछन् ¤ नेपाल कसैको प्रभाव क्षेत्र हुन सक्दैन । नेपाल–भारत सम्बन्धको गुह्य कुरा थाहा नपाएकाहरु एक धार्नी चाकु खाएर पनि स्वाद ठम्याउन नसकेकाहरु हुन् । भूगोल र जनसंख्याले नेपालभन्दा ठूलो भारतले नेपालको संवेदनशीलनता हेर्ने हो ।
नेपाल सार्वभौम र स्वतन्त्र देश हो । नेपालले भारतलाई प्राथमिकतामा राख्नुपर्ने भन्नेहरु भारतीय दलालहरु हुन् । नेपालविरुद्ध भारतले थिचोमिचो नगरेसम्म नेपालले तेस्रो मुलुकलाई भारतविरुद्ध गतिविधि गराउने छैन । नेपालका कथित बुद्धिजीवीहरुले भारतको नेपाल नीति नभएको जस्ता झूठा तर्क गर्दैछन् । भारतको प्रबुद्ध समूहका एक सदस्यले नेपाल–भारत सन्धि पुनरावलोकनबारे नेपालको प्रबुद्ध समूह स्पष्ट नभएको बताए । भारतले नेपालको सूक्ष्म व्यवस्थापनमा हात हालेको र थिचोमिचो गर्दैआएको के भारतको नेपाल नीति होइन र?भारतकै प्रगतिशील जनताबाट नेपालमाथि भारतको थिचोमिचो नीतिको विरोध भइरहेको छ ।
नेपालका कथित बुद्धिजीवीहरु भारतको नागरिकजस्तै बोलेको नेपालको हितमा छैन । विदेशीको दलाल हुनु नेपाली नगारिकहरुको कर्तव्य हुन सक्दैन । अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिकोमा पर्खाल लगाएर छेक्ने बताएको बेठिक भएजस्तै नेपाल–भारत खुला सिमानामा बार लगाउनु पनि अव्यवहारिक हुने तर्क पनि गरिंदैछन् । नेपाल–भारत खुला सिमानाको कारण एक अर्को देशमा अपराधी लुक्ने र दुवै देशको सुरक्षामा चुनौति थपिंदैछ ।
यसकारण नेपाल–भारत खुला सीमामाबार लगाउनु आवश्यक छ । भूकम्पपीडितलाई सहुलियत व्याजमा दिइएको भारतीय कम्पनीको ट्याक्सीमा दलालले प्रतिगोटा रु. ५ लाख कमिशन खाएको, त्यो कमिशन सरकारमा गएका पार्टी कार्यकर्ता हुँदै मन्त्री र प्रमसम्म भाग पुगेको चर्चा छ । संविधानमा समाजवादउन्मुख प्रावधान छ तर व्यवहार दलाल उन्मुख किन?भारतीय एकाधिकार पूँजीले दलालहरुमार्फत नेपाल खाने तयार गरिरहेका ेतर्फ ध्यान किन जाँदैन ?
Leave a Reply