नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, ४ भाद्र । नेपालभाषा साहित्य तःमुंज्याको आयोजनामा स्रष्टा कलाकार भेला कार्यक्रम आइतबार सम्पन्न भयो । भेलामा विचार व्यक्त गर्नुहुँदै नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष एवं नेपालभाषा साहित्य तःमुंज्या मूल समितिका सचिव सुरेन्द्रराज गोसाईले तःमुंज्यामा प्रस्तुत हुने हरेक साहित्यले भारतीय विस्तारवाद र शासक दलहरुको शोषक प्रवृतिलाई प्रहार गर्नुपर्ने बताउनुभयो । उहाँले उहाँले नेपालको तराईक्षेत्र डुबानमा पर्नुमा प्रकृति नभई भारत जिम्मेवार रहेको बताउनुभयो । साथै उहाँले भारतीय बाँधका कारण सयौं नेपालीले ज्यान गुमाउँदा समेत भारतको विरोध गर्न नसक्ने नेपालका शासक दल र सरकारको लाचारीप्रति दुःख व्यक्त गर्नुभयो । वर्तमान परिवेशमा नेपाल र नेपालीका प्रमुख शत्रु भारतीय विस्तारवाद र नेपालका शासक दल रहेको बताउनुहुँदै उहाँले साहित्यमार्फत् तिनीहरुको भण्डाफोर गर्न स्रष्टा साहित्यकारहरुमा आग्रह गर्नुभयो । संविधान संशोधनमार्फत् भारतले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन खोजेको आरोप लगाउँदै नेपालमाथि लगातार धार्मिक, साँस्कृतिक अतिक्रमण बढ्न थालेको बताउनुभयो । उहाँले भाषिक मुक्तिले मात्र वर्गीय मुक्ति नमिल्ने बताउँदै तःमुंज्याले शोषित र पिडित भाषाहरुलाई पनि स्थान दिएको चर्चा गर्नुभयो ।
त्यस्तै नेपालभाषा साहित्य तःमुंज्याका सल्लाहकार आशकुमार चिकंबञ्जारले विचारसंगसंगै साहित्यमा कलात्मकता रहे श्रोताहरुको मन मष्तिश्कसम्म विचारले जरा गाड्ने बताउनुभयो । उहाँले साहित्य समाजको ऐना मात्र नभई समाजको एक्स–रेसमेत भएको चर्चा गर्दै त्यसले समाजका विकृति विसंगति उदांग्याउँदै सही बाटोमा डो¥याउनुपर्ने बताउनुभयो ।
आयोजक समितिका संयोजक बलराम सिबञ्जारको सभापतित्वमा सम्पन्न भेलामा समितिका केपी छुस्याकीले पनि बोल्नुभएको थियो ।
Leave a Reply