सरकारको उपस्थिति खोइ ?
- श्रावण १, २०८३
भक्तपुर, १९ भदौ । नेपाल मजदुर किसान पार्टीको ३३ औँ केन्द्रीय परिषद्को आइतबारको बैठकमा अध्यक्ष नारायणमान बिजुक्छेँले धर्म तथा ईश्वरमा विश्वास गर्ने र जातजाति तथा भाषाभाषीमा विभाजित पुरानो समाजमा तत्काल आमूल परिवर्तन ल्याउन नसकिने धारणा राख्नुभयो ।
केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, जिल्ला अध्यक्ष तथा प्रतिनिधि, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका प्रतिनिधि सहभागी पार्टीको केन्द्रीय परिषद्को बैठकको दोस्रो दिन अध्यक्ष रोहितले नेपाली जनताले अद्यापि नागागोता तथा जातको आधारमा भोट दिने गरेको भन्दै पार्टी सङ्गठन भएको ठाउँमा मात्र सैद्धान्तिक मत आउने विचार राख्नुभयो ।
उहाँले जातको आधारमा सङ्गठन गर्नु गलत भएको तर नेपाल बुझ्न विभिन्न जातिको अध्ययन गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष रोहितले भौतिकवादी दृष्टिकोणको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “पुँजीवाद एक खालको रोग हो । जसरी रोग बल्झिन्छ, त्यसरी नै पुँजीवादी सत्ताको अन्त्यपछि पनि फर्किन सक्छ । रोगको उपचार गरेझैँ पुँजीवादविरुद्धको सङ्घर्ष जारी राख्नुपर्छ ।”
उहाँले भ्रष्टाचार नहुनु नै माक्र्सवाद होइन भन्दै सचेत मतदाताको मत लिनु उपयुक्त भएको विचार राख्दै जनतामा आलोचनात्मक चिन्तन आवश्यक भएको भनाइ राख्नुभयो ।
Leave a Reply