भर्खरै :

अप्रेसनको विषयमा विवाद, रिस फेर्न डा.पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी

अप्रेसनको विषयमा विवाद, रिस फेर्न डा.पुकारचन्द्र श्रेष्ठविरुद्ध उजुरी

भक्तपुर, २४ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत एक डाक्टरले कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफूलाई दुव्र्यवहार गरेको भन्दै विभिन्न निकायमा उजुरी गर्नुभएको छ ।
कार्यकारी निर्देशक डा.श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरेको भन्दै केन्द्रमा कार्यरत सर्जन डा. अनिषा तिवारीले विभिन्न चार निकायमा उजुरी गर्नुभएको छ ।
डा. अनिषाले नेपाल मेडिकल काउन्सिल, चिकित्सक सङ्घ, महानगरीय प्रहरी वृत्त भक्तपुर र राष्ट्रिय प्रत्यारोपण केन्द्र बोर्डमा उजुरी दिएको जानकारी प्राप्त भएको छ ।
निज डाक्टरले आफ्नो कमजोरी ढाकछोप गर्न र कार्यकारी निर्देशक डा. श्रेष्ठमाथि रिस फेर्न झूटो आरोप लगाएको अस्पतालको अप्रेसन थियटर युनिटले स्पष्ट पारेको छ ।
निज डाक्टरले गरेको कामको विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको थाहा पाएपछि निर्देशक डा. पुकारविरुद्ध उजुरी दिएको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत डाक्टर, नर्सले हेल्थपाटीलाई बताएका छन् ।
उहाँहरूका अनुसार डा. तिवारी अस्पतालमा गयल भइरहने, हाजिर भएको बेला पनि ओपीडीमा नगई गफ चुटेर बस्ने गरेकाले डा. पुकार काममा केन्द्रित हुन पटक–पटक सचेत गराउनुहुन्थ्यो ।
अस्पतालको अप्रेसन युनिटले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मानव अङ्ग प्रत्यारोपण विकास समिति, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घ, एसडीएनटीसी कर्मचारी युनियनलाई स्पष्टीकरण पत्र बुझाएको छ ।
उक्त पत्रअनुसार निज डाक्टरले आफ्नो कमजोरी ढाकछोप गर्न र कार्यकारी निर्देशक डा. श्रेष्ठमाथि रिस फेर्न झूटो आरोप लगाएको दाबी गरिएको छ ।

साउन २४ को घटनाले विवाद
प्राप्त जानकारीअनुसार गत साउन २४ गते एक बिरामीको शल्यक्रियाको विषयलाई लिएर डा. अनिषा र अप्रेसन थिएटरका अन्य कर्मचारीबीच विवाद भएको थियो । यस विषयमा डा. पुकारसँग पनि डा. अनिषाको लफडा भएको थियो ।
अस्पतालकै कर्मचारी गणेशमान कोजुका आफन्त कमलकेशरी कोजुको अप्रेसनमा डा. अनिषाले लापरबाही गरेको भन्ने विषयमा विवाद भएको हो ।
कमलकेशरी कोजुले सुरुदेखि नै डा. अनिषालाई ओपीडीमा देखाउँदै आउनुभएको थियो । सोही आधारमा अप्रेसनको जिम्मा डा. अनिषालाई नै दिइएको थियो ।
साउन २४ गते अप्रेसन गर्ने समय बिहान ९ बजे तोकिएको थियो । बिरामीलाई बेहोस बनाउने काम सुरु भइसक्दा पनि डा. अनिषालाई फोन गर्दा आफू बाटोमै भएकाले अर्का सर्जनलाई काम लगाउँदै गर्नु भनेको बिरामीका आफन्त तथा सोही अस्पतालका कर्मचारी गणेशमान कोजुको भनाइ छ ।
डा. अनिषा मध्याह्न १२ बजेसम्म नआएकोले अर्का सर्जन डा. प्रदेज सापकोटालाई गर्दै गर्नु भनेको तथ्य स्पष्टीकरणमा देखिन्छ ।
डा. अनिषा १२ बजेतिर अपरेसन थियटरमा आएपछि डा. प्रदेजले उक्त केश अनिषालाई नै जिम्मा दिनुभएको थियो ।
शल्यक्रियाको क्रममा बिरामीको रक्तश्राव भई जटिल समस्या आयो । त्यसपछि अप्रेसन टोलीमा रहेका स्वास्थ्यकर्मीहरूले प्रा.डा.राकेशकुमार बर्मा र डा. पुकारलाई बोलाएर समस्या समाधान गर्न खोज्दा उनीहरूमाथि दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
डा.अनिषाले आफूहरूमाथि दुव्र्यवहार गरेको भन्दै अप्रेसन युटिनका स्वास्थ्यकर्मीहरूले कार्यकारी निर्देशक डा.पुरकारलाई साउन २६ गते नै पत्र लेखी यस्ता गतिविधि बन्द गराउन आग्रह गरेका थिए ।
त्यसपछि सिनियर सर्जन प्रा. डा. राकेशकुमार बर्मा आउँदा डा. अनिषाले यो तपाईको विषय होइन भन्ने आशय व्यक्त गरी काममा असहयोग गरेको र केही समयपछि अस्पतालका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ आउँदा उहाँलाई पनि अभद्र व्यवहार गरी बिरामीको उपचारमा सहयोग नगरी गैरजिम्मेवार बनेको आरोप अप्रेसन युनिटका स्वास्थ्यकर्मीले लगाएका छन् ।
अप्रेसन थियटर बाहिर गई केन्द्रकै अर्का डाक्टर सञ्जीतकुमार साहलाई फोन गर्दै बसेको, अपरेसन नसकिँदै अस्पतालबाट बाहिर जानुभएको अप्रेसन थियटर युनिटको स्पष्टीकरण पत्रमा भनिएको छ ।
निर्देशक डा.श्रेष्ठ, डा.तिवारीको सुपरभाइजर रहेकाले केशबारे बुझ्न खोज्दा केशसमेत दिन नखोजेको आरोप लगाइएको छ ।
बिरामीको अवस्था जटिल भई अत्यन्त गम्भीर अवस्था भएपछि डा. श्रेष्ठले आफैले जिम्मा लिएर अप्रेसन गर्न खोज्नुभयो । डा. अनिषाले डा. साहलाई बोलाएर बिरामीको गोपनियता भङ्ग हुने गरी फोटो÷भिडियो खिच्न लगाई अप्रेसनमा बाधा पु¥याएको जानकारी स्पष्टीकरण पत्रमा दिइएको छ ।
यही विषयमा डा. पुकारले डा. अनिसालाई केस छोड, तिमी बाहिर जाऊ भनेको निहुँमा रिसाएको, अप्रेसन थियटर युनिटका स्वास्थ्यकर्मीहरूको भनाइ छ । यही रिस फेर्न डा. अनिषाले उजुरी दिनुभएको उनीहरूको दाबी छ ।
डा. अनिषाले अपरेसन थियटरभित्रै अन्य डाक्टर तथा नर्सलाई समेत दुव्र्यवहार गरेकाले काम गर्ने सहज वातावरण मिलाइदिन अनुरोध गर्दै पत्र बुझाएका छन् ।
अप्रेसनकै क्रममा बिरामीको अवस्था जटिल भएपछि डा.अनिषाले एक नर्सलाई ‘गेट आउट’ भन्नुभएको थियो । ती नर्सले पनि आफूमाथि डा.अनिषाबाट दुव्र्यवहार भएको भन्दै कार्यकारी निर्देशक डा.पुकारसमक्ष निवेदन दिनुभएको छ । दुव्र्यवहार रोक्न ती नर्सले साउन ३१ गते पत्र लेख्नुभएको रहेछ ।
यो घटनापछि डाक्टर अनिषाले बिरामीलाई राउन्डमा हेर्न नआएको बिरामीका आफन्तको भनाइ छ ।
घटनाबारे प्रहरी कार्यालय र मेडिकल काउन्सिलले सोधपुछ गरिसकेको छ । सोधपुछको क्रममा डा.अनिषाकै गल्ती रहेको एक चिकित्सकले जानकारी दिनुभएको छ ।
तोकिएको समयमा शल्यक्रिया कक्षमा नआउने, सुपरीवेक्षकले दिएको निर्देशन पालना नगर्ने, कार्यालय समयमा हाजिर भई निस्कने, पछि कार्यालय समय सकिने बेला डिजिटल हाजिर गर्न आउनेजस्ता हर्कत गर्ने गरेको आरोप कार्यकारी निर्देशक डा.श्रेष्ठको छ ।
कर्मचारीबीच गुटबन्दी गरी भड्काउने र केन्द्रको कार्यमा असहयोग गर्ने, आफूभन्दा सिनियर तथा जुनियर कर्मचारीप्रति उचित व्यवहार नगर्ने कार्यका कारण सो सम्बन्धमा स्पष्टीकरण सोध्ने निश्चित भएपछि उजुरी दिन गएको भनाइ डा.पुकारको छ ।
डा. अनिषा स्थायी भएकै कारण आफूलाई कसैले केही गर्न नसक्ने भनी डा. पुकारमाथि हँुदै नभएको आरोप लगाइएको अस्पतालका अधिकांश डाक्टर नर्सहरूको जिकिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *