“लु सुन संसारको कामदारवर्गको पक्षमा साहित्य लेख्ने एक महान् क्रान्तिकारी साहित्यकार हुन्”
- कार्तिक १७, २०८३
काठमाडौँ, २६ भदौ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै छ । पाँचदलीय गठबन्धन सरकारका नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो सिद्धान्तहीन गठबन्धनको निर्वाचन भागबन्डाको रस्साकस्सीमा छन् । यसकारण, नेकाका पूर्वराष्ट्रपति डा. रामवरण यादवले काठमाडौँको एक कार्यक्रममा भने – “टिकट किन्ने काङ्ग्रेसी बनेको छ । काङ्ग्रेसमा लागेकालाई फुर्सद छैन, पैसामा टिकट (उम्मेदवार ?) बेचिरहेको छ । जनताबीच जान पनि काङ्ग्रेस अरु पार्टीसँग अंशबन्डा गरिरहेको छ । काङ्ग्रेसबारे ‘राम ! राम !’ भन्ने बेला भइसकेको छ ।”
नेकाले उम्मेदवारको मापदण्ड निर्धारण गर्दा आन्दोलनमा भाग लिएका, सामाजिक कार्यमा लागेका, उच्च नैतिक चरित्र भएका उल्लेख गरेको थियो । तर, नेकाले अफताव आलम, विजय गच्छदार, गणेश लामालगायत भ्रष्टाचार, हत्या र ठगी आरोपीहरूको उम्मेदवारी दिँदै छ ।
माओवादी केन्द्रले उम्मेदवारको मापदण्डमा अनुशासनमा बसेका र सङ्गठनको गतिविधिमा लागेका उल्लेख गरेको थियो ।
माओवादी केन्द्र भारतीय ‘ट्रोजन हर्स’ को रूपमा नेपालमा उदय भएको हुँदा यसको अनुशासन र सङ्गठन गतिविधिको औचित्य छैन । अख्तियारमा मुद्दा चलेका पूर्वनायव सुब्बा भीमकान्त भण्डारी माओवादीको उम्मेदवारी हुन लागेको माओवादीभित्रै विरोध भइरहेको छ ।
एमालेले उम्मेदवारको मापदण्डमा पार्टी नीतिप्रति प्रतिबद्ध र आन्दोलनमा योगदान भएका उल्लेख छ ।
एमालेका उम्मेदवारहरू दुर्गा प्रसाई, मोतीलाल दुगड, जनार्दन ढकाल, एलपी साँवा लिम्बु पाल्देन, छोपाङ गुरुङ, सरुद्दिन अन्सारीलगायत ‘माफिया’ हरू परेकोमा एमालेभित्रै विरोध छ ।
काङ्ग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, जीपछिरिङ्ग लामालगायत शैक्षिक माफिया र खराब ठेकेदारहरू उम्मेदवार हुने समाचारले नेकाकै कार्यकर्ता आक्रोशित रहेको खबर छ ।
Leave a Reply