भर्खरै :

निर्वाचन आयोगमा बैठक

निर्वाचन आयोगमा बैठक

काठमाडौँ, २९ भदौ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले बुधबार निर्वाचन घोषणालगत्तै चुनावमा भाग नलिने तटस्थ व्यक्तिहरूको निर्वाचन सरकार र संसद्को कार्यकाल अन्त्य हुने कानुनी व्यवस्था हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
निर्वाचन आयोगको बैठक कक्षमा भएको सर्वदलीय बैठकमा केन्द्रीय सदस्य महर्जनले संसद्को कार्यकाललाई समयमै कानुनी व्यवस्था नगरेका सरकारहरूले निर्वाचन घोषणापछि पनि संसद् बैठक चालू राख्ने काम आचारसंहिताको उल्लङ्घन भएको स्पष्टसँग राख्नुभयो ।
सत्ता गठबन्धन दलका प्रतिनिधिहरूले प्रम र मन्त्रीहरू हेलिकप्टर चढेर आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र पनि निर्वाचन प्रचारमा जान पाउनुपर्ने मत राखेपछि अन्य दलहरूले यसको विरोध गरेका थिए ।
निर्वाचन आयोगले भदौ १३ गते प्रकाशित आचारसंहितामा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्र प्रचार गर्न पाउने व्यवस्था छ । सत्ता गठबन्धनले राजपत्रमा प्रकाशित आचारसंहितालाई संशोधन गराउने लक्ष्य राखेको सत्ताको दुरुपयोग नै हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७४ मा समानुपातिक सूचीमा भएका उम्मेदवार र निर्वाचितहरूको नामावली २०७९ असोज १ गते निर्वाचन आयोगबाटै सूचीबाट हटाउने सहमति भएको खबर छ । सो सहमतिअनुसार आयोगले सहमतिपत्र तयार गरी राजनीतिक दलहरूको हस्ताक्षर गराउने तयारी गरेको खबर छ ।
निर्वाचन आयोगले निर्वाचन घोषणालगत्तै चुनावमा भाग नलिने तटस्थ व्यक्तिहरूको निर्वाचन सरकार गठन हुने, संसद्को कार्यकाल अन्त्य हुने, मत सीमा खारेज हुने, सामान र पैसा बाँड्ने, भोज खुवाउने, झूटा आश्वासन दिने दल र तिनका उम्मेदवारी खारेज हुने, सरकारमा गएर निर्वाचन घोषणापत्रअनुसार काम नगरेका दललाई पछिल्लो निर्वाचनमा भाग लिन नदिने कानुनी व्यवस्था नगरेसम्म स्वच्छ र धाँधलीरहित चुनाव नहुने जनतामा चर्चा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *