भर्खरै :

बाल दिवसको अवसरमा प्रभात ट्यालेन्ट २०७९ आयोजना

बाल दिवसको अवसरमा प्रभात ट्यालेन्ट २०७९ आयोजना

भक्तपुर, २९ भदौ । अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलले बुधबार विविध कार्यक्रमका साथै प्रभात ट्यालेन्ट –२०७९ कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात सार्वजनिक शैक्षिक गुठी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले नेपाल जत्तिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियामा केटाकेटी पढ्न, खेल्न, नाच्न, गाउन ठाउँ–ठाउँमा दरबार नै बनाइएको छ । तर नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूको लागि दरबार बनाए पनि विद्यार्थीको लागि भौतिक पूर्वाधार कमजोर बनाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनु जरुरी छ । यसको लागि हामीले सडक र संसद्मा आवाज उठाइरहेका छौँ ।”
“प्रभातका विद्यार्थीहरूलाई पाठ्यपुस्तकको अध्यापनसँगै गीत, सङ्गीत, खेलकुद, चित्रकला, स्काउटलगायतको प्रशिक्षण र तालिम भइरहेको छ । यसले हाम्रा विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा पनि सक्षम बनाउनेछ”, उहाँले भन्नुभयो ।
सचिव सुवालले अभिभावकहरूलाई बरोबर विद्यालयको सम्पर्कमा गएर विद्यार्थीहरूको लागि आवश्यक विषयमा सुझाव दिनु जरुरी रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना सैँजूले विद्यार्थीहरू मानसिक र शारीरिकरुपमा स्वस्थ हुनुपर्ने भएकोले खेलकुद, नाच, गीत–सङ्गीतलगायतका अतिरिक्त क्रियाकलापहरू नियमितरूपमा गरिरहनुपर्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर शिक्षाको गन्तव्यस्थल हुँदै गएको धारणा राख्दै भनपाको अवधारणाअनुसार प्रभात स्कूलले शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं नेपाल भलिबल सङ्घका उपाध्यक्ष गौतमप्रसाद लासिवा र प्रिन्सिपल बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।
‘प्रभात ट्यालेन्ट शो’ मा विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा १० सम्मका ६ सत्न्दा विद्यार्थीहरू नृत्य, गीतलगायत विभिन्न क्रियाकलापमा सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *