भर्खरै :

भारतीय आपराधिक गिरोहहरू नेपालमा

भारत नेपालको छिमेकी देश हो । प्रजातान्त्रिक मुलुक भनिएको देश भारत संसारकै सबभन्दा बढी आपराधिक गतिविधि हुने देशमा पर्छ । हत्या, हिंसा, आत्महत्या, बलात्कार, मानव बेचबिखनमात्र होइन आपराधिक गिरोहहरू बढी भएको देश पनि हो भारत । कुरीति, कुसंस्कार विकृति र अन्धविश्वासमा विश्वास गर्ने देश हो भारत । प्रजातन्त्रको लामो इतिहास भएको देशमा यस्ता आपराधिक गतिविधिहरू हुनु दुर्भाग्यपूर्ण छ । नेपाल–भारत सीमा खुला भएको कारण अपराधीहरू नेपालमा भित्रिरहेका हुन् । उनीहरूले नेपालमा आपराधिक गतिविधि गरिरहेका छन् । यस्ता धेरै आपराधिक गतिविधिहरूमध्ये मानव बेचबिखन, बालबालिकाहरूको अपहरण र मिर्गाैला तस्करी पनि हो ।
भदौ २९ गते ‘नयाँ पत्रिका’ दैनिकमा ‘कोलकता लगेर मिर्गाैला बेच्ने गिरोह पक्राउ’ र ‘नुवाकोटको एकै गाउँका १५ भन्दा धेरैको मिर्गाैला झिकियो’ शीर्षकको समाचार छापियो । समाचारमा गाउँकै स्थानीयमार्फत विपन्न नागरिकलाई राम्रो रोजगारीको प्रलोभन देखाएर भारतको कोलकता पु¥याएर मिर्गाैला निकालिने र काठमाडौँका सडक पेटीमा सुत्ने निमुखालाई पनि कोलकता लगेर गिरोहले मिर्गाैला निकालेको उल्लेख छ । आर्थिक प्रलोभनमा फसाएर भारत पु¥याइने र अस्पतालमा लगी मिर्गाैला झिक्ने गरेको समाचार पहिले पनि छापामा नआएको होइन । यसरी भारत लगेर मिर्गाैला बेच्ने भारतीय गिरोहहरू नेपालमा पनि सक्रिय छन् । नेपालीहरू आर्थिक प्रलोभनमा फसेकै कारण भारतमा बेचिएका हुन् ।
बेचबिखनमा विशेषगरी महिला चेलीबेटी बढी देखिएको छ । यिनीहरूलाई भारतको विभिन्न बेश्यालयमा पु¥याइन्छ । नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार गिरोहले नुवाकोटको शिवपुरी गाउँपालिकाका एउटै गाउँका १५ जनाभन्दा धेरैको मिर्गाैला बिक्री गरिसकेको उल्लेख छ । यो थाहा भएको घटना भयो । यस्तै अन्य लुकीछिपी नेपाली चेलीबेटी बेश्यालय पु¥याइने, मिर्गाैला बेच्ने काम भइरहेको थाहा हुन्छ । यसरी नेपालबाट भारतमा वर्षाैदेखि मिर्गाैला तस्करी भइरहेको देखिन्छ ।
मिर्गाैला प्रत्यारोपण गर्ने काम पहिले नेपालमा नभएको हुँदा र पछि भए पनि कानुनी झन्झटले गर्दा कति नेपालीहरू भारत पुगेर मिर्गाैला प्रत्यारोपण गर्छन्, गरिरहेका छन् । यस्ता गिरोहहरू कहिलेकाहीँ पक्राउ परेको समाचार सार्वजनिक हुन्छ । तर, तिनीहरू कारबाहीमा पर्दैनन् । त्यस्तै अन्य सक्रिय गिरोहहरू त कति छन् कति ! यस्ता आपराधिक गिरोहहरूलाई भारतीय सरकारले छुट दिइरहेको छ । जहाँतहीँ बेश्यालय खोले पनि भारत सरकार बन्द गर्दैन । नेपालमा मिर्गाैला दाता खोज्ने, दलाली भाग दिने र मिर्गाैला झिकेबापत २/३ लाख दिएर १५/१६ लाखमा बेच्ने काम भारतीय गिरोह र दलालहरूले गरिरहेका छन् । यस्ता आपराधिक क्रियाकलापहरू भारतले पनि बन्द गर्नुपर्छ, अपराधीहरूलाई कडा कारबाही गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *