भर्खरै :

अग्रज किसान कार्यकर्ता प्रजापतिको श्रद्धाञ्जली कार्यक्रम

अग्रज किसान कार्यकर्ता प्रजापतिको श्रद्धाञ्जली कार्यक्रम

भक्तपुर, ३१ भदौ । नेमकिपा तालाक्व एकाइ समितिको आयोजनामा पार्टीका अग्रज किसान कार्यकर्ता तुल्सीभक्त प्रजापतिप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले तुल्सीभक्त प्रजापतिले तत्कालीन पञ्चायती व्यवस्थाविरुद्घ भएका विभिन्न राजनैतिक आन्दोलनका साथै किसानहरूको मोहियानी हक सुरक्षित गर्ने, बाली काट्ने आन्दोलन आदिमा सक्रियतापूर्वक सहभागी भएर देश र जनताको निम्ति गर्नुभएको योगदानकै कारण आज काम गरी खाने जनताको जीवनस्तर माथि उठेको हुनाले आजको नयाँ पुस्ताले उहाँहरूको योगदान बिर्सन नहुने विचार व्यक्त गर्नुभयो ।
नेमकिपाले स्थापनाकालदेखि नै देश र जनताको हितमा निरन्तर सङ्घर्ष गर्दै आएको चर्चा गर्दै उहाँले आज पनि दलाल सरकार र सत्तामा गएका दलहरूले देशघाती नागरिकता विधेयक पारित गरी देशलाई नै विदेशीको हातमा सुम्पन लागेको विरोधमा सङ्घर्ष गरिरहेको हो भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले समाजको निम्ति योगदान गरेका व्यक्तिहरू मृत्यु पर्यन्त सदा सबैको हृदयमा बाचिरहन्छन् भन्नुभयो ।
अग्रज कार्यकर्ता विश्वनाथ प्रजापति, पृथ्वीकुमार प्रजापति, रणबहादर छुस्याकी, भनपा ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, प्रमिला प्रजापति, तुल्सीराम सुवालले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । काार्यक्रममा ४ वडाका वडा सदस्य कृष्णसुन्दर प्रजापतिले सभापतित्व ग्रहण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *