भर्खरै :

देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै जुम्लामा जुलुस तथा सभा

जुम्ला, ३१ भदौ । देशघाती नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले शुक्रबार जुम्लाको सदरमुकाम खलंगा बजारमा विरोध प्रदर्शन तथा सभा आयोजना ग¥यो । देशभक्त जनताको व्यापक उपस्थितिमा भएको प्रदर्शनी जुम्ला बजार परिक्रमा गरी कृष्ण मन्दिर चोकमा सभामा परिणत भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नागरिकता प्रमाणपत्र देशको सार्वभौमसत्तासँग जोडिएको विषय भएको चर्चा गर्दै फिजीमा विदेशी नागरिकलाई सजिलैसँग नागरिकता वितरण गरिँदा विदेशी मूलका व्यक्ति नै राष्ट्र प्रमुख बनेको र देशको अस्मिता झन्डै समाप्त हुन लागेको इतिहास स्मरण गराउनुभयो ।
सत्ता स्वार्थका लागि शासक दलका नेताहरूले विदेशीको इसारामा नागरिकता विधेयक ल्याएको उहाँको भनाइ थियो ।
राष्ट्रपतिले विधिभन्दा देशको सार्वभौमसत्ता जोगाउन विवेक प्रयोग गरी नागरिकता विधेयकलाई खारेज गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष प्रकाश गुरुङले विदेशी नागरिकलाई सजिलैसँग नागरिकता प्रदान गर्ने कुनै पनि देशमा व्यवस्था नरहेको उल्लेख गर्दै यसलाई सिनेमाको टिकटजस्तै बनाउन नहुनेमा जोड दिनुभयो ।
नेमकिपा, जुम्ला जिल्ला समितिका सचिव लालबहादुर बुढाले नागरिकता विधेयक देशघाती भएको चर्चा गर्दै तत्काल खारेजीको माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *