भर्खरै :

सामुदायिक भवन तथा लामा टोल खानेपानी ट्याङ्कीको उद्घाटन

भक्तपुर, १ असोज । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले सूर्यविनायक ९ स्थित काँक्राबारी सामुदायिक भवन तथा लामाटोल खानेपानी ट्याङ्कीको उद्घाटन गर्नुभएको छ ।
उहाँले चुनाव घोषणा भइसकेको अवस्थामा आफै सत्तामा बसेर निर्वाचन गर्दा निष्पक्ष नहुने बताउँदै जनताको कर तथा बजेटबाट निर्माण भएको संरचनाको संरक्षण र संवद्र्धनमा लाग्न अनुरोध गर्नुभयो ।
उहाँले नयाँ पुस्तालाई दुव्र्यसन, कुलत र जालझेलमा फस्न नदिन नैतिकता र देशभक्ति शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचनमा तस्कर, फौजदारी अभियोग तथा अपराधी उम्मेदवारले जित्दा देशले नसोचेको नोक्सानी व्यहोर्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालीले सहजरूपमा नागरिकता नपाउने तर विदेशीले केही समयमै नागरिकता पाउन सहज हुने विधेयक खारेज हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शङ्कर लामाले लामाटोल खानेपानी उपभोक्ता समितिको आर्थिक प्रतिवेदन तथा प्रकाश तामाङले सामुदायिक भवनको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका सभापति जितबहादुर तामाङ, श्याम बिसुन्खे, श्रीकृष्ण प्रसाई, श्याम बिसुन्खे, सूर्यभक्त त्वाती, हर्कबहादुर तामाङलगायतले बोल्नुभएको थियो ।
उक्त खानेपानी ट्याङ्की बाग्मती प्रदेशका सांसद सृजना सैँजूको सिफारिसमा बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *