भर्खरै :

उपनिवेशवाद र ताइवान

उपनिवेशवाद र ताइवान

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले यस भेगमा युद्धको बादल बाक्लिँदै छ ।
चीन सरकार र जनता ताइवानलाई स्वदेशी भूमि ठान्छन् । यस्तो स्थितिमा अमेरिकी सरकारको तेस्रो वरियताकी अधिकारी ताइवान जानु आगो झोस्नुमात्र हुन जान्छ । ताइवानलाई सन् १६२४ मा डच उपनिवेशवादीहरूले कब्जा गरेका थिए । सन् १६६२ मा चिनियाँ वीर झेङ चेङगोङले डचहरूलाई धपाए । सन् १८८५ मा छिङ वंशको शासनकालमा ताइवान चीनको पूर्ण प्रान्त बन्यो । दस वर्षपछि छिङ सरकारले जापानी साम्राज्यवादसँगको युद्धमा ताइवान गुमायो । जापानलाई संरा अमेरिकाले हतियार बेचेको हुनाले यस युद्धमा जापानको हात माथि परेको थियो ।
दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण ग¥यो । गणतन्त्र चीनले चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध युद्ध जारी राख्यो । कम्युनिस्टहरूले राष्ट्रवादी कोमिन्ताङलाई घुँडा टेकाए र सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापना गरे । यसरी चिनियाँ गृहयुद्ध टुङ्गियो ।
संरा अमेरिकाले कोरियामाथि आक्रमण गरेको हुनाले बचेखुचेका कोमिन्ताङ सैनिकहरूलाई ताइवानबाट हटाउनमा ढिलाइ भयो । लाखौँ चिनियाँ लालसेना कोरियामा अमेरिकी र अन्य सैनिकहरूविरुद्ध लडाइँमा व्यस्त हुनुप¥यो । कोरिया युद्ध टुङ्गिँदासम्म संरा अमेरिकाले लालसेनालाई ताइवान पस्नबाट रोक्न आफ्ना सैनिकहरू तैनाथ गरिसकेको थियो । त्यसपछि ताइवानमा अमेरिकाले आफ्ना सैनिकहरूको सङ्ख्या बढाएर दसौँ हजार पु¥यायो ।
सन् १९७१ सम्म ‘गणतन्त्र चीन’ नै राष्ट्रसङ्घको स्थायी सदस्य थियो । त्यसपछि जनगणतन्त्र चीनलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दियो । त्यसयता ऊ नै चिनियाँ जनताको वास्तविक प्रतिनिधि बनिआएको छ । संरा अमेरिकाले सन् १९७९ मा जनगणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध सुरु ग¥यो । सोही क्रममा उसले ताइवानबाट आफ्नो सेना हटायो ।
ताइवानी अधिकारीहरू आफूले समस्त चिनियाँ जनताको प्रतिनिधित्व गर्छौँ भनी दाबी गर्ने स्थितिमा थिएनन् । चीनले ‘सुधार र खुलापन’ को नीति अगाडि सारेपछि ताइवानी अधिकारीहरू झन् खुम्चिँदै गए । सन् १९८० को दशकसम्म ताइवान कोमिन्ताङ पार्टीको तानाशाहीअन्तर्गत रह्यो । यसबीच सन् १९४९ मा ताइवान पसेका मूल भूमिका कोमिन्ताङ कुलीनहरू र फुच्यानबाट गएर त्यहाँ सयौँ वर्षदेखि बसोबास गर्दै आएका कुलीनहरूबीच मनमुटाव चलिरह्यो । आफ्नो शासनकालमा कोमिन्ताङले कम्युनिस्ट र वामपन्थीहरूलाई निर्ममतापूर्वक दबाइरह्यो ।
तथाकथित ‘प्रजातान्त्रीकरण’ पछि ताइवानमा अनेकवली राजनीतिक शक्तिहरू देखापरे । यिनैबीच प्रथम स्वतन्त्रताका पक्षधर शक्तिहरू देखापरे । तीमध्ये केहीले त ताइवानलाई संरा अमेरिकाको ५१ औँ राज्य बनाउनुपर्ने वकालत गरे ! यिनै शक्तिबीच थियो ‘प्रजातान्त्रिक प्रगतिशील पार्टी’ (डीपीपी) । हाल यो पार्टी ताइवानमा सत्तारुढ छ । यो पार्टी ताइवानलाई चीनबाट अलग्याउने विचारको पक्षमा छ ।
पछिल्ला केही दशकमा ताइवानी अधिकारीहरूले पृथक ‘ताइवानी’ पहिचानको प्रचार गर्दै छन् । राजनीतिक नेतृत्वले ‘एक चीन नीति’ परित्याग गर्नुपर्ने विचार अङ्गीकार गरेको छ । ताइवान कहिल्यै स्वतन्त्र राज्य नहुने निश्चित छ । पहिलो कुरा, ताइवानले स्वतन्त्रता घोषणा गरे जनगणतन्त्र चीनले आफ्नो भूमि फिर्ता लिन सैन्य कारबाही गर्ने जनाइसकेको छ । दोस्रो कुरा, कल्पित ‘स्वतन्त्र’ ताइवान अमेरिकी उपनिवेश बन्ने निश्चित छ । अमेरिकी सैन्य उपनिवेशहरू गुआम, हवाई र ओकिनवाकै हाल ताइवानको हुनेछ ।
हवाई सन् १८९५ मा संरा अमेरिकाले कब्जा गर्नुअघि एक सार्वभौम राज्य थियो । अहिले हवाई अमेरिकी सेनाको प्यासिफिक कमान्डको अखडा बनेको छ । ओकिनवा ¥युक्यु टापुहरूको अङ्ग थियो । सन् १८७९ मा जापानले कब्जा गर्नुअघि ओकिनवा स्वतन्त्र थियो । दोस्रो विश्वयुद्धमा जापानको पराजयपछि संरा अमेरिकाले ओकिनवा कब्जा ग¥यो । आज ओकिनवामा जापानको भूभाग १ प्रतिशतमात्र छ । जापानमा रहेका ७० प्रतिशत अमेरिकी सेना ओकिनवामा बस्छन् ।
हत्या र बलात्कारजस्ता जघन्य अपराध गरेकोमा ओकिनवामा मात्र ५७६ जना अमेरिकी सैन्य अधिकारीहरू पक्राउ परेका छन् । यी अखडाहरूमा बरोबर विरोध प्रदर्शनहरू भइरहनु अस्वाभाविक होइन ।
अलि समय अघिसम्म जनगणतन्त्र चीन र ताइवानबीचको सम्बन्ध सुमधुर थियो । विद्यार्थीहरू उच्च शिक्षाका लागि वारपार गरिरहन्थे । बिदा मनाउन पर्यटकहरूको आउजाउ चल्थ्यो । आर्थिक विकासमा समेत ताइवान मूल भूमिको अर्थतन्त्रमा निर्भर छ ।
जनगणतन्त्र चीनले ‘एक देश, दुई व्यवस्था’ को मोडलमा पुनःएकीकरणको प्रस्ताव राखेको छ । हङकङ र मकाउमा जस्तै । यसबाट ताइवान जनगणतन्त्र चीनको स्वशासित क्षेत्र हुनेछ । यस्तो गर्दा उसको राजनीतिक र आर्थिक प्रणाली बिथोलिने छैन ।
चीनले हालै ताइवान वरपर गरेका सैन्य अभ्यासहरूबाट स्पष्ट भएको छ, स्थिति बिग्रेको खण्डमा चीनले सैन्य कारबाही गरे संरा अमेरिकाले उसलाई रोक्न सक्नेछैन । सन् १९७९ यता संरा अमेरिकाले ताइवानलाई ७० अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोग दिएको छ । अमेरिकी साम्राज्यवाद चिनियाँ नेतृत्वलाई उक्साउन चाहन्छ भन्ने कुरा घामझैँ छर्लङ्ग छ । यद्यपि, ताइवानको मामिलामा सैन्य कोणबाट चीनको हात माथि हुने निश्चित छ ।
चिनियाँ जनता ताइवानलाई पुनःएकीकरण गर्ने आकाङ्क्षा राख्छन् । विदेशी शक्तिले टुक्राएको आयरल्यान्डका जनतालाई यस आकाङ्क्षाबारे धेरै कुरा भनिरहनु नपर्ला । संरा अमेरिकाले ठूलो गल्ती गर्दै छ । आफ्नै देशका समस्याहरू समाधान गर्नमा ध्यान नदिएर ऊ चीनको आन्तरिक मामिलामा भाँजो हाल्दै छ । ऊ चीनसामु पराजित भएको यो स्पष्ट सङ्केत हो । अफगानिस्तानबाट भागेपछि र युक्रेन युद्धलगत्तै उसले तेस्रो दनक खाएको छ । यसबाट अमेरिकी साम्राज्यवाद कागजी बाघ हो भन्ने स्पष्ट हुँदै छ ।
एमआरअनलाइनबाट
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *