कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
जुम्ला, २ असोज । नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरूको जिल्लास्तरीय भेला शनिबार सम्पन्न भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले संसद्लाई क्रान्तिकारी उपयोग गरिरहेको चर्चा गर्दै देशको सार्वभौमिकताको पक्ष र जनताको हितमा काम गरेको बताउनुभयो ।
साँचो कम्युनिस्टहरू सधैँभरि कामदार जनताको सुख दुःखको साथी बन्ने उल्लेख गर्दै उहाँले देश र जनताको हितविपरीतका कार्य गर्नेहरू कम्युनिस्ट हुन नसक्ने बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा शासक दलहरू पद र पैसाको दुरूपयोग गरी निर्वाचनमा होमिने हुँदा तिनका गलत क्रियाकलापविरुद्ध पार्टीका कार्यकर्ताहरू सङ्घर्षरत रहनुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अग्रज कार्यकर्ताहरूले अत्यन्त दुःख गरी हुर्काएको पार्टी सङ्गठनलाई नयाँ पुस्ताको बीचमा पु¥याउन सबैले मेहनत गर्नुपर्ने बताउनुभयो ।
पार्टीका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीले पार्टीको ३३ औँ केन्द्रीय परिषद्का निर्णयहरूबारे जानकारी दिँदै सैद्धान्तिक अध्ययनले कार्यकर्ताहरूको स्तर बढ्ने कुरा औँल्याउनुभयो ।
भेलाले जयकृष्ण धरालाको अध्यक्षतामा १५ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ र माधवप्रसाद काप्mलेको अध्यक्षतामा २१ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ जुुम्ला जिल्ला समिति पुनः गठन ग¥यो । त्यस्तै नरबहादुर बुढाको अध्यक्षतामा १३ सदस्यीय नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र गोरखजङ्ग शाहीको अध्यक्षतामा १३ सदस्यीय नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जुम्ला जिल्ला समिति पुनः गठन गरियो ।
नवनिर्वाचित समितिहरूलाई बधाई ज्ञापन गर्दै दीर्घबहादुर शाही, भीमबहादुर सार्कीलगायतले जनताको समस्या समाधानमा कार्यकर्ताहरू निरन्तर लाग्नुपर्नेमा जोड दिनुभयो ।
Leave a Reply