भर्खरै :

आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम

भक्तपुर, २ असोज । ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम अवधारणा’ अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरको आयोजनामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आत्महत्या न्यूनीकरणका लागि आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा आइतबार ‘आत्महत्या रोकथामसम्बन्धी सचेतना कार्यक्रम’ भयो ।
भनपाको टौमढीबाट सुरु भएको ¥याली बजार परिक्रमापछि सिद्धपोखरी पार्टी प्यालेसको सभाहलमा पुगी सभामा परिणत भयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्य र जिल्ला प्रहरी परिसर भक्तपुरको प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी. को अध्यक्षतामा भएको सो कार्यक्रममा भक्तपुर जिल्लामा आत्महत्याको स्थिति, कारण, रोकथाम र कानुनी प्रावधानका बारेमा प्रस्तुतीकरण भएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, विभिन्न विद्यालयका शिक्षक÷शिक्षिका, विद्यार्थी, पत्रकार र प्रहरी कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *