भर्खरै :

अमेरिका, बेलायत र अस्ट्रेलियाको आणविक प्रसार खतरनाक प्रतिगामी गतिविधि

अमेरिका, बेलायत र अस्ट्रेलियाको आणविक प्रसार खतरनाक प्रतिगामी गतिविधि

पेइचिङ, २ असोज । अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीले स्थानीय समयअनुसार सेप्टेम्बर १५ का दिन संरा अमेरिका, बेलायत र अस्ट्रेलियाबीच आणविक पनडुब्बी जहाजसम्बन्धी सहयोगबारे विशेष छलफल गरेको छ । अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीका सदस्य मुलुकहरूको चौथो परामर्शमा अलग र औपचारिक विषयको रूपमा उक्त विषयबारे छलफल गर्ने सहमति जनाइएको हो । छलफलमा चीनले संरा अमेरिका, बेलायत र अस्ट्रेलियाबीच आणविक पनडुब्बी जहाज सम्बन्धी सहयोगका ‘७ समस्याहरू’ प्रस्ट पार्दै उनीहरूले प्रतिगामी कदमले आणविक प्रसारको खतरनाक गतिविधि र आपराधिक प्रमाण सार्वजनिक गरी सदस्य मुलुकहरूको सक्रिय प्रतिक्रिया पाएको बताएको छ ।
सन् २०२१ को सेप्टेम्बर १५ तारिख अमेरिका, बेलायत र अस्ट्रेलियाले विश्वको विरोधका बावजुद आउकुस सानो समूहको गठन गरेका थिए । तिनीहरूको योजना अमेरिका र बेलायतले अस्ट्रेलियालाई कम्तीमा ८ वटा आणविक पनडुब्बी जहाजको निर्माण गर्न सहयोग गर्ने थिए । विगत एक वर्षयता अन्तर्राष्ट्रिय समाजले यस सहयोगको कडा शब्दमा निन्दा गर्दै विरोध गरेको छ । धेरै विश्लेषकका अनुसार, यी तीन मुलुक बीचको सहयोगमा रहेको आणविक हतियारको हस्तान्तरण वास्तवमा आणविक प्रसार हो र जुन विश्व सुरक्षाका लागि ठूलो त्रास–धम्की बन्ने छ ।
संरा अमेरिका, बेलायत र अस्ट्रेलिया ‘आणविक हतियारको अप्रसार सन्धि’ मा हस्ताक्षरकर्ता मुलुकहरू हुन् । तिनीहरूले आणविक हतियारको अप्रसारसम्बन्धी जिम्मेवारी वहन गर्नुपर्छ । आणविक पनडुब्बी जहाजसम्बन्धी सहयोगका लागि अन्तर्राष्ट्रिय पारमाणविक ऊर्जा एजेन्सीबाट अनुमति लिनुपर्छ । यद्यपि, अन्तर्राष्ट्रिय समाजको विरोधका बावजुद उनीहरूले जबरजस्ती यस योजनालाई अघि बढाएका छन् । उनीहरूको यस्तो प्रतिगामी कदमको व्यवस्थापन अन्तर्राष्ट्रिय समाजले अवश्य नै गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published.