भर्खरै :

पहिरो पीडित परिवारलाई नेमकिपाद्वारा समवेदना प्रकट

पहिरो पीडित परिवारलाई नेमकिपाद्वारा समवेदना प्रकट

अछाम, ३ असोज । पहिरोका कारण निधन भएकी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ अछाम जिल्ला समितिका सदस्य सरिता जनालाको परिवारप्रति नेपाल मजदुर किसान पार्टीले समवेदना प्रकट गरेको छ ।
जिल्लाको कमलबजार नगरपालिका वडा नं. ६ हात्तिबाँझस्थित जनालाको घर शनिबार राति पहिरोले पुरिएको थियो । पहिरोमा परी उनीसहित एउटै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु र ७ जना घाइते भएका थिए ।
पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईको नेतृत्वमा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङ र पार्टी जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीको टोलीले पहिरो गएको ठाउँको स्थलगत अवलोकन गरेको थियो ।
टोलीले घाइते परिवारजनसँग प्रत्यक्ष भेटघाट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेको थियो । विकास निर्माणको क्रममा जथाभावी डोजर चलाइँदा पहिरो गएको स्थानीय पीडित जनताले बताएका छन् । केन्द्रीय सदस्य गोसाईले घाइतेको उपचार तथा पीडितको पुनर्वासको व्यवस्थाका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *