भर्खरै :

नेक्रायुसङ्घको स्थापना दिवसमा जिल्लास्तरीय युवा भेला

नेक्रायुसङ्घको स्थापना दिवसमा जिल्लास्तरीय युवा भेला

भक्तपुर, ७ असोज  । नेपाल क्रान्तिकारी युवा सङ्घको ३१ औँ स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा जिल्लास्तरीय युवा भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले अग्रज नेता तथा कार्यकर्ताहरूको अनुभवलाई प्रेरणाको रूपमा लिई देशभक्तिपूर्ण भावनाले काम गर्ने युवाहरू नै असल कार्यकर्ता बन्ने विचार व्यक्त गर्दै माक्र्सवादी साहित्य, पार्टी प्रकाशन अध्ययन गरी व्यवहारमा उतार्नुपर्र्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
अतिथि गोसाईले वर्गीय समाजमा कोही पनि स्वतन्त्र रहन नसक्ने बताउँदै स्वतन्त्रको ह्वीम जनताको आन्दोलन मत्थर पार्न र विदेशी शक्तिहरूलाई देशको राजनीतिमा खेल्न सहज वातावरण बनाउन ल्याएको स्पष्ट पार्नुभयो । पार्टी निर्देशित र सङ्गठित युवा शक्तिले मात्र समाजको आमूल परिवर्तनमा भूमिका खेल्न सक्ने भनाइ राख्दै उहाँले स्वार्थी व्यक्ति क्रान्तिकारी युवा बन्न नसक्ने तर्क राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रायुसङ्घका पूर्वअध्यक्ष उकेश कवांले युवाहरूले शोसितपीडित जनताको निम्ति काम गर्नुपर्ने बताउँदै सुस्ता, कालापानी, महाकाली सन्धि, नागरिकता विधेयकजस्ता राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिबारे जनतालाई सुशिक्षित पार्ने काम नेमकिपाले निरन्तर गर्दै आएको बताउनुभयो । शासकहरूले ३ प्रतिशतको मतसीमा राख्ने काम अप्रजातान्त्रिक भएको उल्लेख गर्दै अतिथि कवांले म्यान पावर कम्पनी खोलेर कमिसन खानेहरू सच्चा प्रजातन्त्रवादी हुँदैनन् भन्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष एवं नेक्रायुसङ्घका पूर्वअध्यक्ष ज्ञानसागर प्रजापतिले युवा उमेरले होइन विचारले हुने बताउँदै चुनावमा जितेका उम्मेदवार सङ्ख्यामा सीमित हुनु भनेको पँुजीवादलाई दोहो¥याउनु हो भन्नुभयो ।
अतिथि प्रजापतिले पुँजीको दलदलमा युवाहरू फस्न नहुने धारणा राख्दै श्रमजीवीवर्गको अधिनायकत्वका लागि काम गर्न सिक्नुपर्ने खाँचो औँल्याउनुभयो । सुधारवादी विचार आफैमा संशोधनवाद भएको बताउँदै उहाँले वैचारिकरूपमा सक्षम युवाहरूले क्रान्तिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्नुभयो । एनजीओ र आइएनजीओको पैसाले स्वाभिमानलाई बचाउन नसकिने विचार व्यक्त गर्दै उहाँले नेमकिपाले क्रान्तिकारी संसदवादलाई उपयोग गर्दै आएको कारण देशभक्त जनताले साथ दिनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
नेक्रायुसङ्घका पूर्वमहासचिव एवम् पत्रकार समाज नेपालका उद्धव सुजखूले नेमकिपाका सांसदहरूले सङ्घीय र प्रदेश संसद्मा शासक दलका प्रत्येक जनविरोधी विधेयकहरूको खण्डन गर्दै गलत विचारविरुद्ध सङ्घर्ष गरिरहेका छन् भन्नुभयो । संशोधनवादको भासमा फसेका ठूला भनाउँदा कम्युनिस्ट पार्टीका भ्रातृ सङ्गठनहरूले सरकारले चालेका देशविरोधी र जनविरोधी कदमको विरोध गर्न नसक्नु देशको निम्ति दुर्भाग्य भएको उल्लेख गर्दै उहाँले युवाहरूले भारतद्वारा एकतर्फी निर्मित लक्ष्मणपुर बाँध, खुर्दलोटन बाँध भत्काउन गाउँ–गाउँमा गएर सङ्गठन गरेको अनुभव सुनाउनुभयो ।
अतिथि सुजखूले सामाजिक र सांस्कृतिक विकृति र विसङ्गति रोक्न अग्रज युवा कार्यकर्ताहरूले निर्वाह गरेको भूमिका अविस्मरणीय रहने बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त भेलामा आयोजक समितिका राजकुमार लघु, गोपालसुन्दर गोसाई र रत्ना चवाललगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *