ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
नेपालगञ्ज, ८ असोज । नेपाल मजदुर किसान पार्टी बाँकेको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन समारोह शनिबार एक समारोहबीच सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन पार्टीका सचिव प्रेम सुवालले गर्नुभयो । समारोहमा अतिथि सुवालले निर्वाचनमा भाग नलिने तटस्थ व्यक्तिहरूको चुनावी सरकार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पाँचदलीय गठबन्धन सरकारमा बसेर हुने चुनाव निष्पक्ष नहुने र सरकारी पदको दुरूपयोग हुने उल्लेख गर्र्दै निर्वाचनमा सामान र पैसा बाँड्ने, भोज खुवाउने पार्टीहरूको उम्मेदवारी खारेज हुने व्यवस्था गर्नुपर्ने र तीन प्रतिशत मत नआएकालाई राष्ट्रिय पार्टीमा मान्यता नदिने होइन सरकारमा गएर घोषणापत्रअनुसार काम नगर्ने शासक पार्टीहरूलाई पछिल्ला चुनावमा भाग लिन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
अतिथि सुवालले भन्नुभयो, “नेपाली जनताले विरोध गरेकै कारण नागरिकता संशोधन विधेयकमा राष्ट्रपतिबाट प्रमाणीकरण नभएको हो ।”
“राष्ट्रपतिको यो कदमको विरोध गर्ने उपराष्ट्रपति, पूर्वराष्ट्रपति, पूर्वप्रधानन्यायाधीशलगायत देशभक्त होइनन् बरु नेपाललाई सिक्किमजस्तै बनाउन चाहने देशद्रोही हुन् । राष्ट्रपतिको अनुपस्थितिमा मात्र उपराष्ट्रपतिको भूमिका रहने हो ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण भएको भए अबको एक दुई चुनावपछि ट्रम्प र बाइडेनका छोराछोरी र नातिनातिनीहरू नेपालको प्रधानमन्त्री र मन्त्री हुने बाटो खुल्थ्यो र नेपाली उद्योगी व्यापारीहरू नाङलो पसलेमा परिणत हुन्थे ।
प्रमुख अतिथि सुवालले सिँहदरबार भ्रष्टाचारको अखडा भएको एक सचिवको गुनासो उल्लेख गर्दै भन्नुभयो, “नेपालको सार्वजनिक ऋण २० खर्ब रूपैयाँ र व्यापार घाटा २० खर्ब रूपैयाँ पुगेको छ । देशको यो दुर्गतिको जिम्मेवार सिंहदरबारमा बरोबर गएका शासक दल र प्रमहरू जिम्मेवार छन् ।”
उहाँले बेलायती साम्राज्यवादले भारत र संरा अमेरिकामाथि उपनिवेश बनाउँदा ती देशका जनताले बेलायती उपनिवेशवादविरुद्ध स्वतन्त्रता आन्दोलन गरेजस्तै नेपाली जनताले एमसीसी सम्झौता र नागरिकता संशोधन विधेयकको नाममा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको थिचोमिचोलाई विरोध गर्ने प्रस्ट पार्नुभयो ।
समारोहमा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपा क्रान्तिकारी भूमिसुधारको पक्षमा रहेको उल्लेख गर्दै पुस्तौँदेखि जमिन जोत्दै आएका किसानहरूलाई जग्गाको स्वामित्व प्रदान गर्दा कृषि उत्पादकत्व बढ्ने बताउनुभयो ।
केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश समितिका संयोजक हरिसुन्दर बासीले भारतीय विस्तारवादले नेपालको सिमानामा नेपाली भूमि डुबानमा पर्ने गरी एकतर्फी बाँध र तटबन्ध निर्माण गरेर र नेपाली भूमि अतिक्रमण गरेर तराईका जनतालाई दुःख दिइरहेको चर्चा गर्दै नागरिकता ऐन संशोधन विधेयकले तराईका जनतालाई झन् दुःख हुने बताउनुभयो । उहाँले भारतीय मिचाहा प्रवृत्तिको विरोधमा तराईका जनताले सङ्घर्ष गरिरहेको र देशको सिमाना रक्षा गरिरहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले जनताको आन्दोलनले व्यवस्था परिवर्तन भए पनि शासकहरूको मनोवृत्ति उस्तै हुँदा पुँजीवादी गणतन्त्रमा नेपाली युवाहरू लाखौँको सङ्ख्यामा विदेशी खाडी मुलुकमा रगत पसिना बगाउन बाध्य भएको र तिनको रेमिट्यान्समा शासक दलहरूले मोजमस्ती गरिरहेको बताउनुभयो ।
उद्घाटन समारोहमा पार्टीका बर्दिया जिल्ला अध्यक्ष हरिलाल न्यौपाने र सुर्खेत जिल्ला उपाध्यक्ष प्रेमकुमार थापाले सम्मेलनबाट क्रान्तिकारी र जुझारु नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै तराइका किसानको समस्या समाधानमा सरकारले पटक्कै ध्यान नदिएकोमा विरोध गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका दिलबहादुर चौधरी र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका भावना थापाले शिक्षा महँगो भई सर्वसाधारण जनतालाई पढाउन मुश्किल भएको चर्चा गर्दै समाजवादी शिक्षा व्यवस्था लागू गराउन सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक बखतबहादुर थापाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा सचिव प्रकाश शाही र सदस्य नवीन शाहीले पनि बोल्नुभयो । सपना शाहीले क्रान्तिकारी गीत प्रस्तुत गर्नुभयो ।
यसअघि पार्टी कार्यकर्ता र समर्थकहरूको उपस्थितिमा पुष्पलाल चोकबाट ¥याली सुरु भई नेपालगञ्ज उपमहानगरपालिकाको बजार परिक्रमा गरिएको थियो ।
Leave a Reply