काठमाडौँ उपत्यकामा लागूपदार्थको कारोबार बढ्दै !
- बैशाख २८, २०८३
कृषि विकाससम्बन्धी कार्यक्रममा दिइने सहुलियत र अनुदानको कार्यक्रममा टाठाबाठा किसानको हालीमुहालीले वास्तविक र साना किसान फाइदा लिनबाट वञ्चित भइरहेका छन् । टाठाबाठाले मात्रै कृषिसम्बन्धी अनुदान र सहुलियत पाएकाले वास्तविक किसानले पाइरहेका छैनन् । कागजी प्रक्रिया सबै मिलाउने तर फिल्डमा हेर्दा तोकिएको मापदण्ड पूरा नगर्नेले पनि सहुलियत पाइरहेका छन् । कतिपय कार्यक्रममा दोहोरोपना देखिँदा यसको फाइदासमेत टाठाबाठा किसानले लिइरहेको देखिन्छ । खासगरी साना किसानमा जागरुकताको कमी हुँदा त्यस्ता किसानले लाभ लिन नसकिरहेको हो र शक्ति एवम् पहुँच पुग्नेको मात्र हालीमुहाली देखिएको हो ।
कृषि कार्यक्रमबारे जागरुकता नदेखाउनु, सबैभन्दा नजिकको वडा कार्यालयमा पुगेर कृषिका बारेमा जानकारी लिन चासो नदेखाउनुजस्ता कमीकमजोरीका कारण वास्तविक किसानले फाइदा लिन नसकिरहेको कृषि प्राविधिकको बुझाइ छ । नेपालका किसान नेता हुँ भन्नेहरूमा काम नगर्ने तर सोर्सफोर्स गरेर खान खोज्ने प्रवृत्ति देखिँदा अनुदानको दुरुपयोग बढेको हो ।
धूर्त मानिसहरूले कहिले आफ्नै नामबाट, कहिल्यै आफ्नी श्रीमतीको नामबाट र कहिल्यै छोराछोरीको नामबाट सहुलियत अनुदान लिने प्रवृत्ति बढेको छ । देश सङ्घीय संरचनामा गइसकेपछि विभिन्न निकायका कृषि कार्यालयमा कार्यरत कर्मचारीहरूको राम्रो व्यवस्थापन नहुँदा र प्राविधिक जनशक्तिको ठूलो अभाव हुँदा यस्ता समस्या समाधान हुन सकेको छैन ।
किसानका पक्षमा काम गर्न किसानको वर्गीकरण गरी सूचीकरण गर्नुपर्ने र जग्गाको वर्गीकरण गरेर कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । सङ्घीयतापछि बनेका तीन तहका सरकारले छुट्टाछुट्टै कृषि विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यसबाहेक गैरसरकारी संस्थाले पनि कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ । सरोकारवाला निकायले नियमितरूपमा एकआपसमा तथ्याङ्क आदानप्रदान गर्ने र समन्वय तथा सहकार्यको पाटोलाई प्रभावकारी बनाउन सकिएमा धेरै हदसम्म दोहोरोपन हटाउन सकिने र टाठाबाठाको हालीमुहाली नियन्त्रण गर्न सकिनेछ ।
कृषिका विभिन्न निकायबाट सहुलियत अनुदानमा उपलब्ध गराइने कृषियन्त्र वितरण, साना सिँचाइ कार्यक्रममा बढी दोहोरोपन देखिएको छ । कार्यक्रम कार्यान्वयनको क्रममा आवश्यक प्राविधिक कर्मचारीको अभाव देखिँदा पनि यस्ता समस्या नियन्त्रण गर्न कठिनाइ भइरहेको छ ।
कैलाली जिल्लामा मात्रै विभिन्न कृषिसम्बन्धी कार्यक्रमको नामबाट वार्षिक झन्डै एक हजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको छ । कृषि कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत बीउबिजन र कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ । साना सिँचाइ कार्यक्रमतर्फ कूल लागतको ८५ प्रतिशतसम्म अनुदान दिइने गरिएको छ भने तालिम, प्रदर्शनी र ढुवानीमा शतप्रतिशत अनुदान दिइने गरिएको छ ।
Leave a Reply