भर्खरै :

कार्टुनले जनता र समाजको पक्षमा व्यङ्ग्य गर्ने

भक्तपुर, ८ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा पुरस्कार वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्टुनले जनता र समाजको पक्षमा व्यङ्ग्य गर्ने बताउनुभयो ।
प्रमुख प्रजापतिले भारतीयहरूलाई फिल्मी टिकटसरह नागरिकता दिएर नेपाललाई भारतमा विलय गराउन गठबन्धनले चलखेल गरिरहेको बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले देशको विकासको लागि राजनीतिले योगदान पु¥याउने र राजनीति राम्रो नभएसम्म अरु क्षेत्र राम्रो नहुने धारणा राख्नुभयो ।
नेक्रायुसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष मिनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि सुनिल प्रजापतिले प्रथम, द्वितीय, तृतीय, सान्त्वना तथा विशेष स्थान हासिल गरेका क्रमशः लिशा इङ्गलिस सेकेन्डरी स्कूलकी तेजस्वी मानन्धर, प्रभात इङ्गलिस सेकेन्डरी स्कूलकी प्रिन्स सितिखू, एभरेस्ट इङ्गलिस स्कूलकी कृति याकामी, तारा माविका पंकजकुमार ठाकुर र प्रभात इङ्गलिस सेकेन्डरी स्कूलकी रोनिशा बुढाथोकी तथा प्रभात इङ्गलिस सेकेन्डरी स्कूलकी जेनिस्था ध्वजू र एभरेस्ट इङ्गलिस स्कूलकी पूर्णिमा अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा रामेश्वर मचामसी, मुना बासुकला र प्रिया भट्टले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *