भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुर नगर जात्रा, पर्व, बाजागाजा, नाचगान र सम्पदाले भरिपूर्ण नमुना नगरको रूपमा परिचित छ । भक्तपुर नगर एक मानव सभ्यताको खुला सङ्ग्रहालय हो । यहाँ मानव सभ्यताका अनुपम उदाहरणहरू मठ–मन्दिर, पाटीपौवा, ढुङ्गेधारा, पोखरी, इनार, द्योछेँ र सत्तल रहेका छन् । त्यस्तै ऐतिहासिक जीवित देवताको रूपमा पुजिने नवदुर्गा भवानीको द्योछेँ पनि यसै भक्तपुर नगरपालिकाको वडा नं. ९ स्थित गछेँमा पर्दछ । श्री नवदुर्गा भवानीको ङालाकेगु जात्रा नेपालको प्रसिद्ध जात्रा तथा नाचको रूपमा रहेको छ ।
नवदुर्गा भवानीको जात्रा मानव समाजमा आधारित प्रसिद्ध जात्रा हो । परापूर्वकालदेखि सञ्चालनमा आएको यस जात्रा वर्षको आठ महिना मुकुन्डोसहितको जात्रा हुने र चार महिना मुकुन्डोबिनाको जात्रा हुने गर्दछ । विजया दशमीको दिनदेखि भलभल अष्टमीको दिनसम्म मुकुन्डोसहितको जात्रा र भलभल अष्टमीदेखि विजया दशमीसम्म मुकुन्डोबिनाको जात्रा हुँदै आएको छ । एक समयमा मानव समाज दानवहरूको अन्याय अत्याचारबाट प्रभावित भएको थियो । मानिसहरूले धेरै दुःखकष्टहरू भोग्नुप¥यो । मानव समाजको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेपछि देवगणहरूले मानव सभ्यता तथा समाजलाई बचाउन दानवहरूलाई कसरी अत्य गर्ने भनी चिन्तन गरे । महिषासुर दानवलाई अन्त्य गर्न नवदुर्गा भवानीको सृष्टि भई घमासान युद्ध गरी मानव समाजको विजय भयो । मानव समाजलाई बचाउन असत्यमाथि सत्यको विजय भएको दिनलाई विजया दशमी अथवा दसैँ भन्ने गरिन्छ । यसरी नवदुर्गा भवानीको जात्रा सुरुआत भएको मानिन्छ ।
हरेक वर्ष भक्तपुरवासीहरू घटस्थापनादेखि विजया दशमीसम्म भक्तपुरको नवदुर्गा भवानीका मन्दिर (पीठ) हरूमा बिहान बेलुका नवरात (स्वंताकी तानेगु) जाने गर्दछन् । भक्तपुरको टोल–टोलबाट बाजागाजा, दाफा–भजनसहित नवदुर्गाका पीठहरूमा पूजाआजा गरी संस्कृति मनाउने चलन छ । नवदुर्गा भवनीको जात्रा तथा संस्कृति तिथिमितिअनुसार हुने गर्दछ । दसैँमा नवदुर्गा भवानीको जात्रा तथा संस्कृतिहरू निम्नअनुसार हुन्छन् ।
घटस्थापनाको दिन : विजया दशमीको पहिलो दिन घटस्थापना हो । हिन्दू धर्मालम्बीहरूले आ–आफ्नो घरमा जमारा राख्ने गर्दछन् । त्यस्तै नवदुर्गा मन्दिरमा पनि बिहान जमरा राख्ने चलन छ । त्यसपछि यस वर्षका नवदुर्गाका देवगणहरू नवदुर्गा मन्दिरमा भेला भई श्री नवदुर्गा भवानीको मुख्य प्रसाद पासुका तथा गोका (पञ्च रङ्गी धागो) विधिपूर्वक तयार गरिन्छ ।
द्वितीया, तृतीया, चतुर्थी र पञ्चमीको दिन : नवदुर्गा देवगणहरू आ–आफ्ना पीठहरूमा गई सामान्य पूजाआजामात्र हुने गर्दछन् ।
षष्ठीको दिन : नवदुर्गा मन्दिरको चोकमा मध्यरातमा राँगोको बलि दिई विधिवत पूजाआजा हुने गरिन्छ ।
सप्तमीको दिन : नवदुर्गा देवगणहरूबाट भनपा वडा नं. ८, जेँलास्थित झतापो नासद्यो (नृत्यनाथ) लाई मुख्य नासद्योको रूपमा पूजाआजा हुने, त्यसपछि ब्रह्मायणी पीठमा पेन्हु कोकेगु (चार दिनको निम्तो) पूजा हुने र आ–आफ्ना पीठहरूमा विधिवतरूपमा पूजाआजा गर्ने गरिन्छ ।
अष्टमीको दिन : नवदुर्गा देवगणहरू बिहान भनपा वडा नं. ४ स्थित तालाक्वमा गई हाकुज्या (प्रजापति) हरूबाट विजया दशमीको लागि आवश्यक माटो कलश तथा भाँडाकुँडाहरू लिएर नवदुर्गा मन्दिरमा आउने गर्छन् । सोही दिन दिउँसो भनपा वडा नं. ८ स्थित जेँलामा नवदुर्गा देवगणहरूको नाचगान तालिम सम्पन्न भएकोमा नासद्यो पूजाको लागि प्रस्थान हुने गर्दछ । त्यहाँ नवदुर्गाका आचाजु (कर्माचार्य) बाट विधिवतरूपमा पूजाआजा गरी देवगणहरूलाई घंघला लःलाकेगु (घुँगुरु हस्तान्तरण) हुने र मुकुन्डोबिनाको नाच प्रदर्शन गरी जात्रा सम्पन्न गर्ने गरिन्छ ।
नवमीको दिन : दिउँसो नवदुर्गा मन्दिरमा पूजाआजा गरी साँझतिर खःमेँ (राँगो) जात्रा हुने गर्दछ । खःमेँ जात्रापश्चात् नवदुर्गा देवगणहरू विशेष जिम्मेवारीका साथ बाजाको तालमा ब्रह्मायणी पीठमा प्रस्थान हुने गर्दछन् । ब्रह्मायणीमा आचाजुबाट तान्त्रिक पूजापाठ गरी मध्यरातमा खःमेँ (महिषासुर) को बलि दिने गरिन्छ । रातमा बौ होलेगु नाच, तान्त्रिक पूजा सम्पन्न गरिसकेपछि कं बाजाका साथ खःमेँको मासु र सम्येबजी बोकी देवगणहरू नवदुर्गाको मुकुट लिनका लागि भनपा वडा नं. ६, याछेँमा प्रस्थान हुने गर्दछ । त्यहाँ मुकुटहरू सबै देवगणहरूबाट ब्रह्मायणी पु¥याउने गरिन्छ ।
दशमीको दिन : यो दिन बिहानदेखि हर्ष उल्लासका साथ नवदुर्गाको पूजाआजा हुने, खःमेँको प्रसाद तथा पासुका (पञ्च रङ्गी धागो) भक्तजनहरूलाई ग्रहण गराइन्छ । दिनभरि नै भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ । बीच–बीचमा कर्माचार्यबाट तान्त्रिक पूजा हुने गर्दछ । साँझपख देवगणहरू खःमेँको मासु बोकेर नवदुर्गा मन्दिर गई देवगणहरूले प्रसाद ग्रहण गर्ने गर्दछन् । देवगणहरूको मुख्य पोशाक, गरगहना तथा मुकुटको मटुसहित पुनःब्रह्मायणी प्रस्थान हुने गर्दछ । देवगणहरूले आ–आफ्नो पोशाक र गरगहना लगाइसकेपछि गणेशबाट अन्य देवगणहरूलाई मोहनी (नवदुर्गाको मुख्य टीका) लगाइदिने गर्छन् । त्यसपछि सम्पूर्ण देवगणहरूलाई मूल पात्रको प्रसाद ग्रहण गराइसकेपछि आचाजु (कर्माचार्य) बाट तान्त्रिक पूजा गरी देवगणहरूलाई ख्वःपा ललाकेगु (मुकुट हस्तान्तरण) जात्रा गरिन्छ । ख्वःपा ललाकेगु जात्रापश्चात् भक्तजनहरूबाट बाजागाजा बजाएर हर्ष उल्लासका साथ ब्रह्मायणी पीठबाट देगइना, च्याम्हासिंह, सूर्यमढी हुँदै तचपालमा पु¥याउने गरिन्छ । तचपालमा दत्तात्रय मन्दिरको अगाडि मुकुटसहितको मङ्गलसिद्धि नाच प्रदर्शन हुने गरिन्छ । त्यसपछि इनाचो, गोल्मढी, सुकुलढोका, टिबुक्छेँ, साकोठा हुँदै लायकु (भक्तपुर दरबार स्क्वायर) मा पुग्ने गरिन्छ । लाय्कुको मूलढोका अगाडि तलेजु भवानी र नवदुर्गा देवगणबीच भेटघाटपछि शुभसाइत हेरी पायो न्ह्याकेगु (तलेजुको सेतो घोडाको पाइला चाल्ने) जात्रा हुन्छ । तलेजु भवानी र नवदुर्गा देवगणहरू तलेजुको मूलपुजारी, सिपाहीसहित बाजागाजाका साथ नगर परिक्रमा गरी नवदुर्गा देवगणहरू भनपा वडा नं. ९ गछेँ, नवदुर्गा मन्दिर प्रस्थान हुन्छ । नवदुर्गा मन्दिरअगाडि नकींले लसकुस (विधिवतरूपमा पूजाआजा) गरी मुकुटसहितका देवगणहरूलाई मन्दिरभित्र प्रवेश गर्न स्वागत गर्ने गरिन्छ ।
एकादशीको दिन : यो दिन साँझ देवगणहरू मुख्य पोशाक लगाएर मुकुटसहित नगरको आधा भाग परिक्रमा गर्न प्रस्थान गर्छन् । भनपा वडा नं. ४ तालाक्वमा बोकाको बलि ग्रहण तथा पूजाआजा सम्पन्न गरी पुनःमन्दिर फर्किने गरिन्छ ।
द्वादशीको दिन : एकादशीको दिनमा जस्तै नगरको आधा भाग टोलटोलमा परिक्रमा गरी पुनःमन्दिर फर्किने गरिन्छ ।
तृतीयाको दिन : यो दिन साँझ लायकुको मूल चोक (राजोपाध्याय चोक) मा नवदुर्गाको बेलविवाह गरी मुःबाहाँ (नवदुर्गाको मूल बलि) दिई विधिवतरूपमा पूजाआजा तथा नाचगान गरी जात्रा सम्पन्न गर्ने गरिन्छ ।
तृतीयाको केही दिनपछि तीथिमितिअनुसार थालाछेँका शाक्य परिवारबाट नवदुर्गा देवगणहरूलाई प्रसाद ग्रहण गराउने जात्रा गरिन्छ । त्यसपछि पुनः तिथिमितिअनुसार भनपा ९ गछेँ चोकमा पूजाआजा तथा विभिन्न नाचहरू प्रदर्शन गरी बिलि तोकेगुु जात्रा गरिन्छ । यसरी विजया दशमीको नवदुर्गा भवानीको जात्रा सम्पन्न हुने गरिन्छ ।
यसरी नवदुर्गा भवानीको जात्रा र विजया दशमीबीच गहिरो सम्बन्ध सम्बन्ध रहेको छ । मानव समाजमा आधारित यस नवदुर्गा जात्राले अन्याय अत्याचारविरुद्धको युद्धमा सत्यको जित हुन्छ भने सन्देश बोकेको छ । यस जात्राले परम्परा, संस्कृति, सामाजिक जीवन र मानव सभ्यतालाई जीवन्त राख्न ठूलो भूमिका खेलेको छ । नवदुर्गाका देवगणहरूको अतुल्य त्याग, तपस्या एवम् कर्तव्यबोधका कारण हरेक वर्ष यो जात्रा निरन्तररूपमा सञ्चालन भइरहेको छ ।
यस नवदुर्गा जात्राबाट असत्य कहिले टिक्दैन सत्य कहिले डग्दैन भन्ने उद्देश्यका साथ मानव समाजमा आधारित यो नाच हरेक वर्ष सञ्चालनमा छ । नवदुर्गा देवगणको नाचमा सामाजिक क्रियाकलाप, पारिवारिक भावना, दाम्पत्य जीवन, नारी क्रोध, चेलीबेटीको विलाप, बालकपनको चकचके स्वभाव, सरसफाइ, नारी सुन्दरता सृङ्गार, सहकारी भावना, सामाजिक विकास, खाना परिकार, रीतिथिति र व्यवहारलगायत देखाइएको छ । नाचबाट बाजाको तालमा भाषा र गीतको बोलमा भक्तपुरको नगरको एक्काइस स्थानमा ङालाकेगु जात्रा सञ्चालन भइरहेको छ । परापूर्वकालदेखि सभ्य संस्कृति नवदुर्गा देवगण ङालाकेगु जात्रा काठमाडौँको पशुपति, टोखा, बुढानीलकण्ठ, गोकर्ण, साँखु, मध्यपुर थिमि, काभ्रे साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, बनेपा र पनौतीमा हरेक वर्ष जात्रा निरन्तररूपमा सञ्चालन भइरहेको छ । तर, वि.सं. २०४६ सालबाट काठमाडौँका टोखा, बुढानीलकण्ठ, गोकर्णमा केही विवादका कारणवंस बन्द रहेको छ । आशा छ, यस संस्कृतिलाई सम्बन्धित निकायबाट संरक्षण गरी आर्थिक भौतिक तथा नैतिक सहयोग गर्न आवश्यक देखिन्छ ।
(लेखक नवदुर्गा देवगण तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार हुनुहुन्छ ।)
Leave a Reply