ट्रम्पले अचानक किन खोजे सीको साथ ?
- जेष्ठ ३, २०८३
सिम्रिक रङ्ग नेपालको राष्ट्रिय रङ्ग हो । रातो रङ्ग वीरता र क्रान्तिको रङ्ग हो । रातो रङ्ग साम्राज्यवाद, उपनिवेशवाद र पुँजीवादको विरुद्धमा समाजवादको पक्ष या समर्थनमा विश्वका तमाम शोषित पीडित र अन्यायमा परेका जनतालाई एकताबद्ध गर्ने रङ्ग हो । यसैले नै होला, संसारका आमूल परिवर्तनकारी देशहरूले रातो झन्डालाई आफ्नो देश र जनताको भावनाअनुकूल चन्द्र, सूर्य, हँसिया हतौडा, तारा आदि चिह्न राखी आफ्नो देशको राष्ट्रिय झन्डा बनाएको पाइन्छ । हाम्रो अगाडि नेपाललगायत चीन, रुस, उत्तर कोरिया, भियतनाम आदि देशका राष्ट्रिय झन्डाहरू उदाहरणका रूपमा छन् । ती राता राष्ट्रिय झन्डाहरू सम्बन्धित देशका न्याय, स्वतन्त्रता, स्वाधीनताका निम्ति लड्ने वीर योद्धाहरूका रगतले रङ्गिएका छन् ।
चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डामा रातो पृष्ठभूमि छ । यही झन्डाले नेपाली माटोमा देशभक्त, मातृभूमिका रक्षक, बलिदानी भावना भएका भीमसेन थापा, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवरजस्ता वीर योद्धाहरूलाई जन्मायो । यी नै झन्डाको तेजले एसियामा पसेको साम्राज्यवाद र उपनिवेशवादलाई नेपालमा छिर्न दिएन । हाम्रा वीर योद्धाहरू, वीर नेपालीहरू एक ढिक्का भएर साम्राज्यवादी तथा उपनिवेशवादीहरूलाई देशबाट धपाउन सफल भए । नेपालको यो रातो रङ्गले पोटिएको राष्ट्रिय झन्डाले हाम्रा वीर योद्धाहरूलाई विदेशीको कुनै लोभलालच, डर धम्कीमा झुक्न सिकाएन । बरु, देशको स्वाभिमान, स्वतन्त्रताको रक्षा गर्न शरीरमा एक थोपा रगत भएसम्म लडिरहन सिकाइयो । त्यसैले, आजका दिनसम्म नेपाल स्वतन्त्र, स्वाधीन र सार्वभौम वीर योद्धाहरूको देशको रूपमा विश्वमा चिनिँदै आएको छ । हाम्रा वीर पुर्खाहरूले हाम्रो देशलाई अतिक्रमण गर्न आएका विदेशीहरूलाई धपाउन, हराउन सफल भएको गौरवशाली इतिहासले नेपाली जनतालाई हिजो पनि आत्मगौरवको अनुभूति गराएको थियो, आज पनि गौरवको अनुभूति गराउँदै छ र भोलि पनि आत्मगौरव गराउनेछ । नेपालका विभिन्न भाषाभाषी, जातजातिका नेपाली जनतामा देशभक्तिको भावना आवश्यक छ । नेपाली माटो, यहाँको चाडपर्व, जात्रा हाम्रो पहिचान हो ।
साम्राज्यवादी र उपनिवेशवादीहरूले एसियाका प्रायः सबै देशमा आक्रमण गरे र पसे । उनीहरूले ती एसियाली देशहरूमा साम्राज्य चलाए र उपनिवेश जमाए । उनीहरू तरकारीबारीमा साँढे पसेझैँ पसे । उनीहरूले जनतालाई निर्मम दमन गरे, पशुवत व्यवहार गरे । छिमेकी देश भारतमाथि ३२६ वीसीमा प्राचीन ग्रिक मेसोडोनका राजा अलेक्जेन्डर तृतीय (ब्भिहबलमभच क्ष्क्ष्क्ष्) ले आक्रमण गरी आधिपत्य जमाएका थिए भने बेलायती साम्राज्यवादले सन् १७५७ देखि १९४६ सम्म २०० वर्ष उपनिवेश जमाएर शासन गरेका थिए । त्यसैले छिमेकी मित्र देश चीनलाई पनि विभिन्न कालखण्डमा बेलायत, फ्रान्स, जापान, अमेरिकालगायतका साम्राज्यवादी, उपनिवेशवादी देशहरूले दुःख दिएका थिए । उनीहरूले चिनियाँ जनतालाई निर्मम दमन गरेका थिए ।
रातो झन्डाले समाज, देश अनि संसारका न्याय, स्वतन्त्रता, मुक्तिको लागि लडिरहेका जनता, युवा, विद्यार्थीहरूलाई उत्साहित गरिरहेको हुन्छ । विचारले मानिसलाई सधैँ युवा बनाउँछ, बुढो हुन दिँदैन । अनि यसले भविष्यमा आदर्श समाज निर्माणको लागि ऊर्जा र बल दिइरहेको हुन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले आफ्नो नाम सँगै त्यसै ‘रोहित’ राख्नुभएको होइन होला । उहाँलाई नारायणमान बिजुक्छेँ भन्दा रोहितबाट सम्बोधन गर्न पाउँदा, पढ्न र सुन्न पाउँदा सबैलाई सम्मान र गौरवको अनुभूति हुन्छ । सामान्यतया रोहितको अर्थ रातो हो । उहाँले उपर्युक्त भावना, विचार र आदर्शले प्रेरित भएर आफ्नो नामको पछाडि ‘रोहित’ राख्नुभएको अनुमान गर्न गा¥हो छैन । उहाँ नेपालका शोषित, पीडित, न्याय, स्वतन्त्रताको लागि सङ्घर्षरत जनताको साथ र सहयोगमा सेवा र सङ्घर्षमा प्रेरक हुनुहुन्छ । उहाँ विचार र परिवर्तनको लडाइँमा हिजो पनि युवा हुनुहुन्थ्यो र आज पनि युवा हुनुहुन्छ र भोलि पनि युवा नै हुनुहुनेछ ।
यही रातो झन्डाको राप र तापले नेमकिपाका सांसद प्रेम सुवाललाई देश र जनताको सेवामा संसद्मा प्रखर प्रतिपक्षमा उभिएर लड्न तागत दिइरहेको छ । त्यसैले, उहाँले संसद्मा माउतेले हात्तीलाई दोहो¥याएजस्तै संसद् र ठूला दलहरूलाई दोहो¥याइरहेको हामीले सञ्चारमाध्यममा देखिरहेका छौँ । चाहे संसद्को भावना र मूल्यमान्यताविपरीत बैठकमा कोरम नपुग्दा, जबरजस्ती बैठक सञ्चालन र निर्णय गर्न खोज्दा होस् चाहे राष्ट्र र राष्ट्रियता, देश र जनतासँग सम्बन्धित सवालमा होस् । संसद्मा शासक दलहरूलाई देशको राष्ट्रियता, स्वाभिमानमा आँच पुग्ने कुनै काम नगर्न, कुनै देशी विदेशी शक्तिको अगाडि नझुक्न आँैला उठाएर खबरदारी र सचेत गरिरहेको नेपाली जनताले देखेकै छन् । संसद्मा देशघाती, एसियाघाती एमसीसी, एसपीपी, नागरिकता विधेयकको विरोधमा, अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादको विरोधमा, कुनै बलियो देशले कमजोर देशमाथि थिचोमिचो र हस्तक्षेपको विरोधमा उहाँले उठाउनुभएको आवाज सञ्चारमाध्यममा आएको छ । त्यस्तै नेमकिपाका बाग्मती प्रदेश सभासद् सुरेन्द्रराज गोसाईँ, सृजना सैँजू पनि देश र जनताको पक्षमा, सेवामा खटेको र प्रदेश सभामा सशक्त आवाज बुलन्द गरेको जनताले देखेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति देश र जनताको सेवामा खटेकाले नेपालका २७५ वटा नगरपालिकामध्ये भक्तपुर नपा अग्रस्थानमा परेको छ । जनताको सहयोगमा भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन, देशमा शिक्षा, स्वास्थ्य, सरसफाइ, सांस्कृतिक सम्पदाको संरक्षणमा नेतृत्व गर्न, ख्वप विश्वविद्यालय सञ्चालन गर्न, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को सय वर्षपछिको भक्तपुरको परिकल्पनाअनुसार भक्तपुरलाई सभ्य र सुन्दर नगर बनाउन भनपा अगाडि बढ्दै छ ।
सिद्धान्तअनुसारको नेता, कार्यकर्ताको व्यवहार, आचरण नहुँदा उनीहरूको लागि पुँजीवादी सरकार बाँदरको हातमा नरिवलजस्तो भयो । उनीहरूले श्रीखण्डलाई खुर्पाको बिँड बनाए । नेपालका अधिकांश कम्युनिस्ट भनिएको दलमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद पसे । उनीहरूले बहुमतको नाममा बलजफ्ती देशघाती एमसीसी र नागरिकता विधेयक पास गरे र गर्न खोजे । उनीहरू विदेशीका गोती बने । उनीहरूलाई पदको भागबन्डा र लोभमा फसाएर भिडाइयो । बहुमत नेपाली जनता रातो झन्डाको विचार बोक्ने कम्युनिस्टको पक्षमा छन् । नेपाली जनतालाई कम्युनिस्ट भनेका बहुसङ्ख्यक किसान मजदुरको पक्षमा सेवा गर्ने, निःस्वार्थी, त्यागी सेवक हुन् भन्ने कुरामा विश्वास छ । त्यो जनताको विश्वासलाई आत्मसात गरेर उनीहरू स्वस्थ आलोचना आत्मलोचना गरेर, कमीकमजोरी सच्याएर, सिद्धान्त र विचारअनुरूपको व्यवहार आचरण देखाएर लोभलालचमा नफसिकन अघि बढ्नुपर्छ । यसले देशमा चाँडो आमूल परिवर्तन ल्याउन मद्दत गर्नेछ ।
आमूल परिवर्तनको प्रतीक रातो पृष्ठभूमिको झन्डालाई चीन, रुस, उत्तर कोरिया, भियतनामलगायतका देशहरूले आफ्नो देशको राष्ट्रिय झन्डा बनाएका छन् । रुसले सन् १९१७ को अक्टोबर क्रान्तिबाट बनेको बोल्सेविक कम्युनिस्ट सरकारले हँसियाहतौडा अङ्कित रातो झन्डा नै आफ्नो देशको राष्ट्रिय झन्डा बनाएर विश्वमा फहराएको थियो । यसले संसारमा न्याय, स्वतन्त्रताको निम्ति लड्ने, विश्वका बहुसङ्ख्यक गरिब, अशिक्षित, शोषित, पीडित वर्गका निम्ति लड्ने सम्पूर्ण जनता र दललाई प्रेरणा, हौसला र ऊर्जा दिइरहेको थियो । तर, जनताको बलबाट सङ्घर्षबाट पराजित विश्वका सामन्त, पुँजीपतिहरू चुप लागेर बस्दैनन् । रुस र विश्वका सामन्त र पुँजीवादीहरू मिलेर रुसको कम्युनिस्ट पार्टीमा विकास, प्रजातन्त्र र सहयोगकै नाममा एनजीओ र आइएनजीओहरू घुसे । रुसमा पुनः पुँजीवादीहरूकै शासन ल्याउन उनीहरू सफल भए । हँसियाहतौडा अङ्कित रातो झन्डा रुसबाट क्षणिकरूपमा हटाउन उनीहरू सफल भए पनि रुस अनि संसारका जनता पुनः हँसियाहतौडा चिह्न अङ्कित रातो झन्डा बोकेर संसारमा उठ्दै छन् । चीनले सन् १९४९ देखि संसारमाझ हँसियाहतौडाको रातो झन्डा फहराएर शान्ति र विकासको नेतृत्व गरिरहेको छ । क्युवा, भेनेजुयला, मेक्सिको, पेरु, इक्वेडर, निकारागुवा, पनामा, बोलिभिया, अर्जेन्टिना, ब्राजिललगायतका ल्याटिन अमेरिकी देशका जनता हँसियाहतौडा अङ्कित रातो झन्डा बोकेर साम्राज्यवाद, उपनिवेशवाद, पुँजीवाद, सामन्तवादको विरुद्ध एकजुट भएर उठ्दै छन् । विकास र शान्तिमा अगाडि बढ्दै छन् । त्यस्तै अफ्रिकी देशहरू, एसियाली देशहरू पनि त्यहाँका जनता यही रातो झन्डा बोकेर साम्राज्यवाद, उपनिवेशवाद र पुँजीवादको विरुद्ध लड्दै छन् । शान्ति र विकासको मार्गमा, न्याय र स्वतन्त्रताको मार्गमा अगाडि बढ्दै छन् ।
Leave a Reply