नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भक्तपुर, १२ असोज । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुर जिल्ला समितिको दसौँ बृहत् डकर्मी भेला तथा चौथो पुनःगठन एवं प्रशिक्षण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले डकर्मीहरूलाई पेशागत इमानदारिता अपनाउन सुझाव दिँदै निर्माण कार्यमा कमसल निर्माण सामग्री र फोहर पोखरीको पानी प्रयोग नगर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “घर बनाउँदा आर्किटेक्ट र वास्तुविज्ञको सुझाव लिनु आवश्यक छ । बाटोमा निर्माण सामग्री राख्न नहुनेतर्फ घरधनीलाई सजग गराउने कर्तव्य डकर्मीहरूको पनि हो ।”
सरसफाइ र स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले शरिरको आवश्यकताभन्दा बढी खानु शरिरको लागि हानिकारक हुने बताउनुभयो ।
“विदेशी सहयोगमा विदेशीको स्वार्थ लुकेको हुन्छ । विदेशसँग सहयोग लिएर काम गर्नु भनेको दास मानसिकता हो । आफ्नै बल र सामथ्र्यले देश विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
डकर्मी साथीहरूलाई सङ्गठनको निर्देशनअनुसार नियमित भेला र अन्तरक्रिया गरी सांस्कृतिक स्तर उठाउन अध्यक्ष बिजुक्छेँले सुझाव दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं नेक्रामजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले डकर्मीहरू प्रविधिमैत्री हुनुपर्छ भन्दै निर्माण कार्यमा प्रयोग हुने नयाँ नयाँ प्रविधिबारे जानकार भई सोहीअनुसार आफूलाई परिष्कृत बनाउनुपर्ने बताउनुभयो ।
भक्तपुरका डकर्मीहरू लगनशील, मेहनती र परिश्रमी भएकाले भक्तपुरका डकर्मीहरूको ख्याति नेपालभर भइरहेको उहाँले बताउनुभयो ।
आफ्नो पेशाप्रति दक्ष र इमानदार व्यक्तिहरूलाई कहिल्यै कामको अभाव नहुने उहाँको भनाइ थियो ।
नेक्रामजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले डकर्मी साथीहरूलाई नियमितरूपमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिँदै सङ्घकै आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा राजकृष्ण गोरा र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
भेलाले विष्णुराम दुमरुको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको थियो ।
Leave a Reply