ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
भक्तपुर, १२ असोज । सेवा निवृत्त शिक्षक, समाज भक्तपुरको चौथो साधारणसभा बुधबार सम्पन्न भएको छ । सभाले समाजको विधानका विभिन्न पाँच बुँदाहरूमाथि व्यापक छलफल गरी सर्वसम्मतिबाट आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
सभामा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षाविना संसारमा कुनै परिवर्तन सम्भव नभएको चर्चा गर्दै नगरपालिकाले शिक्षालाई विशेष प्राथमिकता दिँद आएको बताउनुभयो ।
अहिले डँेगुको प्रकोप बढ्दै गएको हुँदा त्यसविरुद्ध समाजका सबै अङ्ग लाग्नुपर्नेमा जोड दिँदै उहाँले स्वास्थ्यलाई हेलचेक्राइँ नगर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “डेँगुविरुद्ध जनचेतना जगाउने काममा तीव्रता दिऔँ, डेँगुलाई पनि कोभिड–१९ लाई जस्तै जितौँ ।”
दसैँ बिदालाई सिर्जनात्मक काम गरेर सदुपयोग गर्न सल्लाह दिँदै उहाँले भनपाले लागु गरेको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को सकारात्मक नतिजा बिस्तारै देखिन थालेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
“अङ्गीकृत नागरिकका सन्तानलाई पनि वंशजकै अधिकार दिन खोजिँदै छ, गैरआवासीय नेपाली नागरिकलाई पनि पुनः राजनीतिक अधिकारबाहेकको नेपाली नागरिकता दिइँदै छ । यसतर्फ नयाँ पुस्तालाई सचेत बनाउन नसके भोलि देश विदेशीको हातमा जाने धेरै सम्भावना छ”, उहाँले भन्नुभयो ।
सभामा शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका निमित्त प्रमुख कर्णबहादुर बुढाथोकीले जागिरको क्रममा धेरै जिल्लामा पुगे पनि निवृत्त शिक्षकहरूको यस्तो सक्रियता अन्त कहीँ नदेखेको उल्लेख गर्दै यस्तो समाज हरेक जिल्लामा हुनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा वरिष्ठ शिक्षक उद्धव सुजखूलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो भने समाजको अर्धवार्षिक पत्रिका ‘शैक्षिक अनुभव’ को एघारौँ अङ्क विमोचना गरिएको थियो ।
सभामा भनपाको स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ मा नगरभरिका स्कूलहरूमा उत्कृष्ट अङ्क हासिल गर्ने १५३ जना विद्यार्थीहरूलाई प्रशंसापत्रसहित मेडल प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित वरिष्ठ शिक्षक उद्धव सुजखू, एभरेस्ट स्कूलका प्रिन्सिपल भक्तराज राजभण्डारी, ‘शैक्षिक अनुभव’ का सम्पादक ज्ञानसागर प्रजापति, समाजका कोषाध्यक्ष विश्वराम कवां, पूर्वअध्यक्ष नाति कवां, उपाध्यक्ष रामगोपाल कर्माचार्यले पनि बोल्नुभएको थियो । कार्यक्रम समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको थियो ।
Leave a Reply