ख्वप साकोसमा Ai Tools तालिम सम्पन्न
- जेष्ठ २, २०८३
भक्तपुर, १२ असोज । सर्वसुलभ उपभोक्ता सहकारी संस्थाको आयोजनामा विजया दशमी, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा बुधबार संस्थापक सदस्य तथा उपभोक्ताहरूमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
सो कार्यक्रममा भनपाका पूर्वउपप्रमुख चैत्यराज शाक्यले देशमा व्यापार घाटा भइरहेको हुँदा हामी सबैले आफ्नै उत्पादनलाई बढी उपयोग गर्नुपर्ने चर्चा गर्नुभयो । मूल्यमा थपघट हुने स्वाभाविक भएको बताउदैँ उहाँले बजारमा संस्थागतभन्दा व्यक्तिगत पसलमा उपभोक्ता ठग्ने र मूल्य थपघट हुने विचार व्यक्त गर्नुभयो । सहकारी पसलहरूलाई हरेक चुनौतीहरूसँग सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता पनि उहाँले उल्लेख गर्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष एवम् जिल्ला बचत सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले सदस्यहरूले आफ्नै लगानी भएको पसलमा खरिद गर्न आग्रह गर्नुभयो । समुदायमा आधारित सहकारीलाई सम्बन्धित निकायबाट विशेष अनुदान र सहयोग गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
संस्थाका सल्लाहकार कृष्णभक्त लवजुले कुनै संस्था अगाडि बढाउन संस्थापकहरूको ठूलो देन हुने चर्चा गर्दै हरेक उपभोक्ताहरूको सेवा दिने उद्देश्यले सहकारी संस्था राखेर स्थापना भएको हो भन्नुभयो । शेयर सदस्यहरूले सहकारी पसलमा भएको सामान खरिद बिक्री गरी सेवा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले निजी व्यवसात्र्न्दा छुट्टै पहिचान भएको सहकारी पसललाई नमुना सहकारीको रूपमा लानुपर्नेमा जोड दिनुभयो ।
सिद्धि कृषि संस्थाका अध्यक्ष पुण्यराम दुमरुले रासायनिक मल अभाव र नयाँ बीउबिजनबारे जानकारी दिनुभयो । संस्थाका कार्यबाहक अध्यक्ष बद्रीप्रसाद माकको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत सञ्चालक समितिका सदस्य तुल्सीदास दुमरुले गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष शिवराम साँदले आर्थिक कारेबारबारे जानकारी दिनुभयो । संस्थाका सचिव नारायणमान वनमालाले कार्यक्रमको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
Leave a Reply