रुस–युक्रेनबिच युद्धबन्दी साटासाट
- जेष्ठ १, २०८३
सेप्टेम्बरको दोस्रो साता उज्वेकिस्तानको समरकन्दमा सम्पन्न सांघाई सहकार्य संगठन (एससीओ) को राष्ट्रप्रमुखहरूको बाइसौँ बैठकमा चीनका राष्ट्रपति सी चिनफिङले दिनुभएको मन्तव्यले फरक पृष्ठभूमिमा स्थापना भएको त्यो संगठनको महत्व आगामी दिनमा अझ फराकिलो बन्दै जाने संकेत गरेको छ । सन् १९९६ मा चीन, कजाकिस्तान, कीर्गिस्तान, रुस र ताजिकिस्तान गरी पाँच वटा देश मिलेर स्थापना भएको यो संगठनमा उज्वेकिस्तान, भारत र पाकिस्तान पछि थपिएका थिए । अहिले एससीओ भूगोल र जनसंख्याको आधारमा संसारकै सबभन्दा ठुलो क्षेत्रीय संगठन बनेको छ । सन् १९९६ को २६ अप्रिलमा चीनको सांघाईमा भेला भएका चीन, कजाकिस्तान, कीर्गिस्तान, रुस र ताजिकिस्तानका राष्ट्र प्रमुखहरूको सम्मेलनबाट स्थापना भएकोले यसको नाम सांघाई सहकार्र्य संगठन राखिएको हो ।
अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तनसँगै सांघाई सहकार्य संगठनको महत्व क्रमशः फैलिरहेको छ । विशेषतः पछिल्लो समय विश्व मञ्चको केन्द्र नै युरेसियाली क्षेत्र बन्दै गएको अवस्थामा यो संगठनको भूमिका अझ फराकिलो बनेको छ । इरान, बेलारुस, बहराइन, माल्दिभ्स, संयुक्त अरब इमिरेट, कुवेत र म्यानमार पनि फरक फरक भूमिकामा रहेर एससीओमा सामेल हुने तयारी भइरहेको छ । नेपाल पनि सन् २०१६ देखि यसको संवाद साझेदार (डायलग पार्टनर) देश हो । श्रीलंका, टर्की, कम्बोडिया, अजरबैजान, अर्मेनिया, इजिप्ट, कतार र साउदी अरब पनि नेपालजस्तै संवाद साझेदार देशहरू हुन् ।
समरकन्दमा चिनियाँ राष्ट्रपति सीको मन्तव्य कोभिड महामारीपश्चात उहाँले भौतिक उपस्थिति सहित दिनुभएको थोरै मन्तव्यमध्ये एक हो । सी एससीओ सम्मेलनमा भाग लिन समरकन्दमा रहँदा उज्वेकिस्तानजस्तै सोभियत संघको पूर्व सदस्य देश युक्रेनमा रुससँगको लडाईँ चर्किरहेको थियो । संरा अमेरिका र चीनबीचको आर्थिक र राजनीतिक द्वन्द्व भित्रभित्र बेगवान बनेर बगिरहेको खोला जस्तै छ । आजको चीन एससीओ स्थापना हुँदाको चीन पक्कै होइन । चीनले घोषणा गरेका दुई शताब्दी लक्ष्यमध्ये पहिलो शताब्दी लक्ष्यमा प्राप्त सफलताले चिनियाँ जनतालाई थप हौस्याएको छ र अब सन् २०४९ भित्र चीनलाई समृद्ध, शक्तिशाली, वातावरणमैत्री समाजवादी देश बनाउने लक्ष्यमा थप उर्जाका साथ ऊ अघि बढिरहेको छ ।
भूमण्डलीकरणको वकालत गरेर नथाक्ने देशहरू आज संरक्षणवादतिर लागेका छन् । भूमण्डलीकरणको विमानमा उडेको चीनले पश्चिमा देशका घरेलु बजारमाथि समेत बलियो उपस्थिति देखाउन थालेपछि आज उनीहरूलाई आफ्नो बजार जोगाउन समेत हम्मेहम्मे भएको छ । उनीहरूले आज विकासशील देशमाथि अनेक कर र भन्सार दर थोपरेर भूमण्डलीकरणको मूल भावना र आदर्शलाई तिलाञ्जली दिएका छन् । अनि चीन, रुसमाथि अनेक राजनीतिक प्रपञ्च बुनेर फसाउने र पछार्ने कृत्य गरिरहेका छन् । सीले आफ्नो मन्तव्यमा कुनै देश विशेषको नाम नलिई संरा अमेरिका र पश्चिमा देशहरूका यस्ता प्रपञ्चको विरोध गर्नुभएको छ ।
आगामी अक्टोबर महीनामा हुने चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनले चिनियाँ जनताको यो चाहना र लक्ष्यलाई अझ मूर्तता दिनेछ । यो परिस्थितिमा एससीओ सम्मेलनमा राष्ट्रपति सीले दिनुभएको मन्तव्य सधैँझैँ आफ्नो लक्ष्य र जिम्मेवारीप्रति प्रस्ट तर सौहार्द र सद्भावले भरिएको थियो । खासमा उहाँको मन्तव्यले महामारी, संरा अमेरिकाले थोपरेको व्यापार युद्ध, गरिबीलाई पराजित गरिसकेको चिनियाँ नेतृत्व अझ शिष्टताका साथ आफ्नो लक्ष्यमा अर्जुनदृष्टि लगाएर अघि बढिरहेको स्पष्ट हुन्छ ।
सीले एससीओलाई पाँच वटा सिद्धान्तको आधारमा थप व्याख्या गर्नुभएको छ । राजनीतिक विश्वास, सबैको हित हुने सहकार्य, देशहरूबीच समानता, खुलापन र समावेशिता, समता र न्याय गरी पाँच बुँदामा वणर्ित एससीओका सिद्धान्त आपसी विश्वास, आपसी हित, समानता, सरसल्लाह, सभ्यताको विविधताको सम्मान र साझा विकासको प्रबद्र्धनमा व्यक्त सांघाई भावनाकै बिस्तारित रूप हुन् ।
सीले विश्वको परिवर्तित परिस्थितिमा संसारका देश र मानिसबीच एकता र ऐक्यबद्धता अझ कसिलो बनाउनुपर्ने अवस्थामा शीतयुद्धकालीन मानसिकता र गुटगत राजनीति सतहमा देखिएकोमा चिन्ता पोख्नुभएको छ । विशेषतः संरा अमेरिकी व्यवहारलाई लक्षित गर्दै उहाँले एकपक्षवाद र संरक्षणवादको कारण आर्थिक विश्वव्यापारिकरणसामु ठुलो खड्गो तेर्सिएको मत व्यक्त गर्नुभएको छ ।
आर्थिक विश्वव्यापीकरण खासमा संरा अमेरिकालगायत पुँजीवादी व्यवस्थाका पक्षधरहरूको अवधारणा थियो । उपनिवेशको युग अन्त्यसँगै स्रोत र बजार खुम्चिएका पश्चिमा देशहरूले फरक कलेवरको उपनिवेशवादी युगको खोजी गरिरहेका थिए । नयाँ शब्द र रूप रंगको उपनिवेशवादी युगको खोजीका क्रममा उनीहरूले भेटाएको अवधारणा आर्थिक भूमण्डलीकरण वा विश्वव्यापीकरण थियो । भूमण्डलीकरण वा विश्वव्यापीकरण अथवा विश्वग्रामको कुरा खासमा जति सुन्दर सुनिन्छ, त्यसभित्र उनीहरूको निहीत मनसाय भनेको बजार बिस्तार र कच्चा पदार्थमा आफ्नो प्रभुत्व जमाउनु नै थियो । यो फरक रूपमा उपनिवेशवादी युगकै शिलशिला हुने थियो । तर, चीनले यो अवधारणालाई गरिब देश र विपन्न जनताको हितमा लागु गर्न खोज्दा साम्राज्यवादी शक्ति आत्तिएका छन् । उनीहरूले एउटा लक्ष्य सहित ल्याएको भूमण्डलीकरणको अवधारणालाई चीनले ठीक उल्टो लक्ष्यसहित ती साम्राज्यवादी शक्तिलाई नै पछार्ने ढंगले लागु गरे पछि चीन उनीहरूको निशाना बनेको हो । त्यसकारण हिजो भूमण्डलीकरणको वकालत गरेर नथाक्ने देशहरू आज संरक्षणवादतिर लागेका छन् ।

भूमण्डलीकरणको विमानमा उडेको चीनले पश्चिमा देशका घरेलु बजारमाथि समेत बलियो उपस्थिति देखाउन थालेपछि आज उनीहरूलाई आफ्नो बजार जोगाउन समेत हम्मेहम्मे भएको छ । उनीहरूले आज विकासशील देशमाथि अनेक कर र भन्सार दर थोपरेर भूमण्डलीकरणको मूल भावना र आदर्शलाई तिलाञ्जली दिएका छन् । अनि चीन, रुसमाथि अनेक राजनीतिक प्रपञ्च बुनेर फसाउने र पछार्ने कृत्य गरिरहेका छन् । सीले आफ्नो मन्तव्यमा कुनै देश विशेषको नाम नलिई संरा अमेरिका र पश्चिमा देशहरूका यस्ता प्रपञ्चको विरोध गर्नुभएको छ ।
संसारले यसअघि कहिल्यै नभोगेका अनेकन प्राकृतिक चुनौति यतिबेला भोग्नु परिरहेको छ । जलवायु परिवर्तनका अनेकन प्रभाव र कोभिड-१९ जस्ता विकराल समस्या सामना गर्न संसारका मानिस एकजुट हुनुको विकल्प छैन । विशेषतः विकसित देश यस्तो परिस्थितिमा एक ठाउँमा उभिएर संसारका मानिसलाई यस्ता समस्याबाट जोगाउन भूमिका खेल्नुपर्ने थियो । तर, बजार र नाफाबाहेक मानवताको भाषा कहिल्यै नबुझ्ने शक्तिहरूले यतिबेला विभाजनको गीत गाइरहेका छन् । सांघाई सहकार्य संगठनको दबुमा सीले यस्तो परिस्थितिमा सबै देश र शक्तिबीच आपसी हितमा आधारित एकता र सहकार्यलाई जोड दिनुभएको छ ।
राष्ट्रपति सीले कुनै पनि बहानामा अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपको सबै मिलेर प्रतिरोध गर्नुपर्ने नीति दोहोर्याउँदै बाह्य शक्तिबाट ॅरंगिन क्रान्ति’ रच्न सक्ने सम्भावनाप्रति एसओसी देशहरूलाई सजग बनाउनुभएको छ । इतिहासले संसारलाई धेरै पटक पुँजीवादी र साम्राज्यवादी देशहरू कुनै पनि देशका शासक आफ्नो तखतमा बस्न तयार नभए त्यस्ता शासक फेर्न नक्कली क्रान्ति सिर्जना गर्न सक्छन् भन्ने कुरा सिकाइसकेको छ । संरा अमेरिकी राष्ट्रपति जो बाइडेन हिजोआज प्रजातन्त्रको बखानमा व्यस्त छन् । उनले प्रजातन्त्रको व्याख्या गर्नुका दुई आयाम छन्, पहिलो आफु र आफ्नो पछि लाग्ने देश र शासकलाई मात्र प्रजातान्त्रिक भन्नु र अर्को आफ्नो कुरा नमान्ने देशलाई ॅप्रजातन्त्र नभएको’ भन्दै हमला गर्ने अनि सत्ता परिवर्तन गर्ने जालसाझी पनि हो । संरा अमेरिकाले संसारका विभिन्न देशमा गरेका यस्ता गतिविधिले अब संसार उसको प्रजातन्त्रको मन्त्र पछाडिका विषालु मनसाय बुझ्ने भएको छ ।
चिनियाँ नेतृत्वको बढ्दो आत्मविश्वास आज संसारले दिनानुदिन प्रस्ट देखिरहेको छ । अन्तर्राष्ट्रिय दबुमा आज चीन आशा र विश्वासको उपमा बनेको छ । विशेषतः विकासशील देशहरू साम्राज्यवादी शक्तिको कोपभाजनबाट जोगिन चीनजस्तो देशप्रति आशावादी व्यवहार गर्ने गर्छन् । एससीओका सदस्य देशहरूको ऐक्यबद्धता र सहकार्यले संसारमा आगामी विश्व एकात्मक वा एकधु्रवीय नहुने सन्देश प्रवाह गरेको छ । सी चिनफिङ जस्ता नेताको उपस्थितिले त्यो क्षेत्रीय दबु अझ प्रभावकारी र लक्ष्यप्रति स्पष्ट देखिएको छ । साम्राज्यवादी कोपभाजनको प्रतिरोध गर्न चीनको अग्रसरतामा यस्ता क्षेत्रीय दबुको स्थापना र सक्रियताले समयान्तरमा सन्तुलित र प्रगतिशील अन्तर्राष्ट्रिय सम्बन्धको जग राख्न योगदान गर्न सक्छ ।
सीले मन्तव्यमा जोड दिनुभएको अर्को महत्वपूणर् विषय आतंकवादको प्रतिरोध हो । सांघाई सहकार्य संगठनले अफगानिस्तानको अवस्थामा सुधारको लागि भूमिका खेल्ने तत्परता देखाएको छ । सन् २००१ देखि संरा अमेरिकी साम्राज्यवादी आक्रामक नीतिको शिकार बनेको अफगानिस्तानमा अमेरिकीहरू हठात बाहिरिँदा समस्या थप बल्झिएको छ । झन्डै तीन दसक अमेरिकी सेनाको उपस्थितिले अफगानिस्तानलाई थप अस्थीर र अशान्त मात्र बनायो । अफगानिस्तानको शान्ति सुरक्षा र सुव्यवस्थामा अमेरिकी उपस्थितिले कुनै सुधार गर्न सकेन । अफगानी जनता थप गरिबी, अभाव र विपन्नमा बाँच्न बाध्य छन् । अफगानिस्तानको गरिबी आतंकवादको लागि मलिलो माटो हुन सक्छ । जसले अफगानिस्तानको विकासलाई मात्र अवरोध गर्ने होइन, बरु क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा दुरगामी प्रभाव पार्नेछ । त्यसकारण समरकन्दमा सीले आतंकवादको प्रतिरोधको निम्ति सहकार्य र सक्रियताको निम्ति महत्वपूणर् प्रस्ताव गर्नुभएको छ ।
समयसँगै सबै देशले नयाँ नयाँ समस्याको सामना गरिरहेका हुन्छन् । आज संसारभर आतंकवाद, लागुऔषध, अन्तरदेशीय संगठित अपराध, डेटा सुरक्षा, जैविक सुरक्षा, बाह्य अन्तरीक्ष सुरक्षा जस्ता चुनौति नयाँ चुनौति बनेर देखापरेका छन् । यस्ता चुनौति कुनै एउटा देशको प्रयास र अग्रसरतामा मात्र समाधान गर्न सम्भव छैन । त्यसको निम्ति अन्तर्राष्ट्रिय प्रयास आवश्यक हुन्छ । सबैले आ-आफ्नो सामथ्र्यअनुसार प्रयास गरे र त्यस्ता प्रयासबीच समन्वय भए यी समस्याले मानिसको जीवनमा पार्ने प्रभावबाट हामी मुक्त हुन सक्छौँ । राष्ट्रपति सी चिनफिङले सांघाई सहकार्य संगठनका सदस्य देशहरूबीच सहकार्यमार्फत यस्ता समस्या समाधान आवश्यक भएको बताउनुभएको छ ।
सीले एससीओ देशहरूबीच व्यापार तथा आर्थिक सहकार्य अझ बढाउन अन्तरसीमा भुक्तानी प्रणाली, स्थानीय मुद्रालाई मान्यता, एससीओ विकास बैंक स्थापना र क्षेत्रीय आर्थिक सहकार्यलाई गतिवान बनाउन मूर्त काम थाल्नुपर्ने बताउनुभएको छ ।
एससीओ कुनै पनि अन्तर्राष्ट्रिय सम्बन्ध कुनै एउटा देशको चाहना र स्वार्थअनुरुप हुने प्रणालीको विपक्षमा उभिएको छ । अन्तर्राष्ट्रिय व्यवस्था चुस्त बनाउन संयुक्त राष्ट्र संघ नामको अन्तर्राष्ट्रिय संगठन स्थापना भएको छ । त्यसले बनाएका नीति नियमअनुसार काम गर्नु नै अन्तर्राष्ट्रिय समस्या समाधानको अधिक मान्य आधार हुन सक्छ । संयुक्त राष्ट्र संघले आफ्नो कुरा मान्दा स्वीकार्ने नत्र बेवास्ता गर्ने अराजकताले अन्तर्राष्ट्रिय सम्बन्धमा अर्को अराजकता निम्तिनेछ । जसको अन्तिम परिणाम संसारमा अशान्ति र युद्ध हुनेछ ।
चिनियाँ नेतृत्वको बढ्दो आत्मविश्वास आज संसारले दिनानुदिन प्रस्ट देखिरहेको छ । अन्तर्राष्ट्रिय दबुमा आज चीन आशा र विश्वासको उपमा बनेको छ । विशेषतः विकासशील देशहरू साम्राज्यवादी शक्तिको कोपभाजनबाट जोगिन चीनजस्तो देशप्रति आशावादी व्यवहार गर्ने गर्छन् । एससीओका सदस्य देशहरूको ऐक्यबद्धता र सहकार्यले संसारमा आगामी विश्व एकात्मक वा एकधु्रवीय नहुने सन्देश प्रवाह गरेको छ । सी चिनफिङ जस्ता नेताको उपस्थितिले त्यो क्षेत्रीय दबु अझ प्रभावकारी र लक्ष्यप्रति स्पष्ट देखिएको छ । साम्राज्यवादी कोपभाजनको प्रतिरोध गर्न चीनको अग्रसरतामा यस्ता क्षेत्रीय दबुको स्थापना र सक्रियताले समयान्तरमा सन्तुलित र प्रगतिशील अन्तर्राष्ट्रिय सम्बन्धको जग राख्न योगदान गर्न सक्छ ।

नीरज लवजू
Leave a Reply