उद्देश्य प्राप्तिको लागि निरन्तर विद्यार्थीहरूले मेहनत जरुरी
- जेष्ठ १, २०८३
आफ्नो जीवनलाई सञ्चालन गर्ने मूल शक्तिहरूलाई पत्ता लगाउन नभएर, आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धेरै मानिसहरू सोच्ने र तर्क–वितर्क गर्ने काम गर्दछन् । उनीहरूमा प्रायः ‘तर्क अथवा सन्देहभन्दा टाढाका’ सत्यहरूको स्थापना गर्ने आतुरी मुख्यरूपले आलोचकहरूमा पाइन्छ र उपन्यासकार र कथाकारहरूमा पनि यसको नराम्रो प्रभाव पर्दछ । लेखकको काम धेरै नै श्रेयष्कर हुन्छ, किनभने त्यसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरूमा निहित सत्य सङ्कुचित र विकृत हुन जान्छ । एङ्गेल्सले (एङ्गेल्स अति नै बुद्धिमान मानिस थिए) माक्र्सवाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउने दर्शन हो भनेर एकदमै सही भनेका हुन् । यदि साधारणरूपमा भन्ने हो भने हामी के भन्न सक्दछौँ भने हाम्रा सम्पूर्ण कामहरूको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु हो । सोभियत श्रमिकहरूको सो¥ह वर्षको वीरतापूर्ण श्रमका कल्पनातीत फलहरूले सारा संसारलाई असंदिग्धरूपले के देखाएको छ भने श्रमिक वर्गमा कति जीवन–शक्ति, कति प्रतिभा र कति विराट् रचनात्मक कौशल हुन्छ । सोभियत सङ्घका हामी लेखकहरूले अहिलेसम्म न यस श्रमको असिम शक्तिमत्तालाई न त त्यसका सफलताका विविधता र बाहुल्यतालाई बुझेका छौँ ।
व्यावहारिक अनुभवको ठोस आधारमा टिकेको विश्वासका साथ के भन्न सकिन्छ भने हामी आज संसारमा जुन काम गर्दैछौँ, त्यसका सम्भावनाहरू आजका सबै कुराभन्दा र मानिसका आजसम्मका हजारौँ वर्षका हरेक किसिमका श्रमबाट निर्मित कुराहरूभन्दा बढी छन् । आफ्नो देशका प्रति, आफ्नो साहित्यको उत्तरदायित्वलाई बुझ्न र त्यसलाई पूरा गर्न हामीले आधुनिक संसारको गम्भीर र विशिष्ट अध्ययन गर्न जरूरी छ ।
साहित्यका के के अङ्ग छन् ? अर्थात्, बिम्बहरू, चरित्रहरू र समष्टिको प्रतिनिधित्व गर्ने (टाइप) पात्रहरूको शब्दहरूद्वारा चित्रण कसरी हुन्छ ? शब्दहरूका दर्पणमा जीवनका घटनाहरू र वास्तविकताहरू, प्राकृतिक दृश्यहरू र चिन्तनका प्रक्रियाहरूको प्रतिबिम्वन कसरी गरिन्छ ?
साहित्यको मूल तत्व हो भाषा । भाषा नै साहित्यको मुख्य साधन हो र जीवनका यथार्थहरूसित गहिरो सम्पर्कमा आएपछि भाषाले साहित्यको कच्चा पदार्थका काम गर्दछ र यसैबाट साहित्यको निर्माण हुन्छ । एउटा असाध्यै राम्रो उखानमा भाषाको परिभाषा दिइएको छ– ‘यो मह त होइन तर सबै ठाउँमा टाँसिन्छ ।’ यसको अर्थ के हो भने संसारमा संज्ञा नभएको कुनै कुरो छैन । शब्द नै समस्त घटनाहरू र विचारहरूको परिधान हो । तर, हरेक घटनाको सामाजिक महत्व त्यस घटनामा लुकेर रहेको हुन्छ र हरेक विचारमा किन कुनै विचारको रूप अरू नभएर त्यही नै हुन्छ, यसको कुनै न कुनै कारण हुन्छ । यदि कुनै साहित्यिक रचनाको उद्देश्य घटनाहरूभित्र लुकेको सामाजिक अभिप्रायलाई समग्र भावले, अति स्पष्टता र पूर्णतासहित उद्घाटन गर्नु रहेको छ भने सरल र भावहरूलाई एकदमै ठीक–ठीकरूपमा अभिव्यक्त गर्ने क्षमतासम्पन्न भाषाको आवश्यकता हुन्छ । यस कामका लागि होसियारीसाथ छानिएका शब्दहरू चाहिन्छ । हाम्रा पुराना कलाकारहरूको भाषा यस्तै थियो त्यो त्यस्तो भाषा थियो, जसलाई शताब्दीयौँको विकासले पुष्ट बनाएको थियो । त्यो एक वास्तविक अर्थमा साहित्यिक भाषा हो । यद्यपि, त्यसको उद्भव जनताको बोलीचालीको भाषाबाट भएको हो । तथापि त्यो आफ्नो मूल स्रोतभन्दा धेरै नै फरक छ, किनभने वस्तुहरूलाई शब्दद्वारा प्रस्तुत गर्ने क्रियामा त्यसमा भएका सबै क्षणिक, अस्थिर, अपरिष्कृत र विकृत ध्वनि भएका तत्वहरू निस्किएका छन्, जुन बोलीचालीका भाषामा पाइन्छन् । तर, थुप्रै कारणले तिनको भाषाको मूल आत्मासित मेल हुँदैन । भाषाको मूल आत्मा भन्नाले हाम्रो मूल आसय भाषाको त्यो रूपसित छ, जुन त्यसलाई बोल्ने मानिसहरूमा समानरूपले प्रचलित । बोलीचालीको भाषा लेखकहरूद्वारा चित्रित चरित्रहरूको कथोपकथनमा सुरक्षित रहन्छ भन्ने स्वयंसिद्ध कुरो हो । तर, त्यसको उपयोग चरित्रलाई अझ बढी सजीव ढङ्गले प्रस्तुत गर्नका लागि गरिनुपर्दछ ।
युवावस्थामा मलाई पनि नयाँ शब्द निर्माण गर्ने ठूलो सनक चलेको थियो । सरकारी वकिलहरू र अभियुक्तहरूका वकिलहरूको धारा प्रवाही वक्तृताले ती केटौले प्रयत्नहरूलाई धेरै नै प्रोत्साहन मिल्दथ्यो । त्यहाँ पाप र पुण्य दुवै एउटै समान सुन्दर शब्दहरूमा छाँटिएर उभिएका हुन्थे र अभियोग लगाउनेहरू तथा अभियोगबाट आफूलाई बचाउनेहरू दुवै नै एउटै शब्दावलीको प्रयोग उस्तै चातुर्यका साथ गर्दथे । मलाई त्यो देखेर अचम्म लाग्दथ्यो र मचाहिँ नयाँ शब्द बनाउने मूर्खतापूर्ण प्रयत्नहरूमा कापीहरू एकपछि अर्को रङ्गाएर फ्याक्दै जाँदै थिए । यो पनि एक किसिमको रोग नै थियो । मैले वास्तविक जीवनलाई के कुराका लागि धन्यवाद दिनैपर्दछ भने उसले एउटा राम्रो चिकित्सकले झैँ मलाई चाँडै नै यस रोगबाट निको पा¥यो ।
संस्कृतिको इतिहासले हामीलाई के भन्दछ भने भाषाहरूले विशेषगरी त्यसकालमा समृद्धि लाभ गर्दछन्, जतिखेर सामाजिक आन्दोलनले तीव्र रूप लिएको हुन्छ, जतिखेर उत्पादनका नयाँ साधनहरूको प्रयोग हुन थाल्दछ र वर्गसङ्घर्ष तीक्ष्णतर हुन्छ ।
हाम्रो यस भनाइको पुष्टि लोकगीत, लोकोक्ति आदिबाट पुष्टि हुन्छ । बोलीचालीको भाषाको विकासको प्राकृतिक ढङ्ग पनि यही नै हो । यस क्षेत्रमा कृत्रिम ‘मौलिकताहरू’ को पनि त्यसरी नै स्थान हँुदैन, जसरी पुराना शब्दहरूलाई अर्थात्, अर्थ घोटिँदा–घोटिँदा नष्ट भैसकेका शब्दहरूलाई समातेर बसिरहने प्रवृतिलाई स्थान हुँदैन । आफ्नो कुरो प्रस्ट पार्न म के भनिहालौँ भने मास्कोका सडकहरूमा हुने गफप्रति पुस्किनका मनमा निकै आदर थियो र यस दिशामा उनले आफ्नी नर्स अरिना रेदियोनोभ्नाबाट धेरै नै सिकेका थिए । हाम्रो बोलीचालीको भाषाका अनुपम विद्वान लेस्कोभले पनि एक सैनिककी पत्नी आफ्नी नर्सबाट धेरै नै सिकेका थिए । सामान्यरूपले कुन कुरो लक्ष्य गर्न सकिन्छ भने नर्सहरू, ड्रात्रहरू, माझीहरू, सिकारीहरू र शारीरिक श्रम गर्ने सामान्य स्थितिका महिला–पुरूषहरूले हाम्रो साहित्यिक भाषाको विकासलाई निश्चितरूपले प्रभाव पारेका छन् । तर, ती साहित्यकार नै थिए, जसले दैनिक जीवनको बोलीचालीको भाषाको निर्बन्ध धाराहरूका माझबाट सबभन्दा सरल, सबभन्दा बढी अर्थवाही र अधिकाधिक उपयुक्त शब्द चयन गरेर भाषालाई समृद्ध बनाए ।
साहित्यको दोस्रो अङ्ग हो – विषयवस्तु । विषयवस्तुको अभिप्रायः त्यस विचारसित छ, जुन साहित्यकारको मनमा जीवनबाट प्राप्त हुने अनुभवबाट उत्पन्न हुन्छ । यो विचार साहित्यकारको मष्तिस्कमा रूप ग्रहण नगरी बसिरहेको हुन्छ र यसले आफूलाई रूप देऊ, चित्रित गर भनेर साहित्यकारलाई निरन्तर उद्वेलित गरिरहन्छ ।
संसारमा अनेक किसिममा विषय छन्– केहीलाई सनातन विषय भन्न सकिन्छ, जस्तो मृत्यु र प्रेम केही यस्ता विषय हुन्छन्, जुन सामाजिक परिस्थितिहरूबाट उत्पन्न हुन्छन् र जसको मूलमा व्यक्तिवाद हुन्छ, जस्तो इष्र्या, प्रतिशोध, लोभ आदि । तर, धेरै समयअघि नै कुन कुरो भनिसकिएको छ भने हरेक कुरो परिवर्तन हुन्छ र घाम वा जूनको छायाँमा शास्वत भन्ने कुनै कुरो छैन । अब क्रान्तिको घाम उदाएको छ र त्यसले हाम्रो संसारमाथि प्रकाश फैलाइरहेको छ । त्यस प्रकाशमा हामी के देख्न सक्छौँ भने ती ‘शास्वत’ विषयहरूका मूलमा व्यक्तिको त्यो असहायता र करूण मित्रहीनता थियो, जुन हिंस्रक वर्गसङ्घर्षमा आधारित समाजमा व्यक्तिका लागि अनिवार्य हुन्छ, यो त्यस्तो सङघर्ष हो, जसमा हरेक व्यक्ति अर्को व्यक्तिसित भातको एक गाँसका लागि र शक्तिका लागि लड्दैछ । धेरै मानिसहरू राम्ररी नै कुन कुरो जान्दछन् भने पुँजीवादी समाजको ज्यादै ठूलो विशेषता यसका अधिकांश सदस्य जीवनका सामान्त्न्दा सामान्य आवश्यकताका वस्तुहरू जुटाउन आफ्नो सम्पूर्ण शक्ति खर्च गर्दछन् । मानिसहरू आफ्नो जीवनको यो घृणित र अपमानजनक ‘विशेषता’ मा अभ्यस्त भएका छन् र यसकारणले उनीहरूले आफ्नो सम्पूर्ण ध्यान आफैमाथि केन्द्रित गर्नुपर्दछ र आफ्नैबारेमा चौबिसै घण्टा सोचिरहनुपर्दछ । त्यसो भएर पनि यस सामाजिक प्रणालीको यो भयावह प्रकृतिलाई बुझ्ने मानिसहरू भने कमै मात्र फेला पर्दछन् ।
समाजवादी वर्गहीन समाजको स्थापना भएपछि जुन नयाँ सामाजिक अवस्था उत्पन्न भएको छ, त्यसका कारणले यी ‘शास्वत’ साहित्यिक विषयहरूमध्ये केही लोप भैसकेका छन् भने केहीको चाहिँ अर्थ नै पूर्णतः बदलिएको छ । हाम्रो युग त्यस्तो छ, जहाँ एक व्यक्तिको मृत्यु (उसको सामाजिक महत्व जतिसुकै ठूलो किन नहोस्) भन्दा कता हो कता बढी महत्वपूर्ण र धेरै करूण विषयहरू साहित्यकारले सहजै भेटाउँछन् । व्यक्तिवादीहरूलाई यो कुरो राम्रो लाग्दैन, तर इतिहासले त स्वयं व्यक्तिहरूलाई नै मृत्युको सजाय दिइसकेको छ ।
साहित्यको तेस्रो अङ्ग हो – विन्यास अर्थात् मानिसहरूको पारस्परिक सम्बन्ध, अन्तरविरोध, सहानुभुति, वैमनस्य र तिनको सामान्य आपसी सम्बन्ध । म के ठान्दछु भने यी तीन अङ्गबाट ‘साहित्य’ शब्दको समग्र अर्थको बोध हुन्छ, यदि हामी त्यसभित्र केवल नाटक, उपन्यास र कथालाई पार्दछौँ भने शैलीका सम्बन्धमा हामी कुराकानी गर्न सक्दछौँ । तर, त्यो एउटा त्यस्तो कुरो हो, जुन लेखकको प्रतिभाको व्यक्तिगत गुण हो । यद्यपि, के कुरो बिर्सन हुँदैन भने यी व्यक्तिगत विशेषताहरूको उत्पत्ति र विकास पनि बाहिरी कारणबाट निर्धारित हुन्छ ।
म केही कुराहरू यथार्थवादका बारेमा भन्न चाहान्छु । कुन दृष्टिले भने यो उन्नाइसौँ शताब्दीको साहित्यको आधारभूत र सबभन्दा बढी फलप्रद प्रवृति हो । एउटा त्यस्तो प्रवृति, जुन बिसौँ शताब्दीसम्म प्रचलनमा छ । यस प्रवृतिको सबभन्दा ठूलो विशेषता यसको तीक्ष्ण बुद्धिवाद र आलोचना दृष्टि हो । जुन मानिसहरूले यसलाई जन्माए, ती मानिसहरू खासगरी त्यस्ता मानिस थिए, जो बौद्विकरूपले आफ्नो पारिपाश्र्विक समाजभन्दा अघि बढेका थिए र जो प्रस्टरूपमा आफ्नो वर्ग सामाजिक र रचनात्मक दृष्टिले पुंसत्वहीनताको परिचय उनीहरूले आफ्नो शक्तिलाई यथावत राख्ने प्रयत्नस्वरूप यस वर्गले गरेको बर्बर दमनमा पाए । यी मानिसहरूलाई पुँजीपति वर्गका ‘उच्शृङखल पुत्र’ भन्न सकिन्छ । बाइबलमा जुन ‘प्रोडिगल सन’ को उल्लेख भएको हो, त्यहीसरह यी मानिसहरूले आफ्नो परिवारको कारागारलाई भत्काए र जड मतवादी र परम्पराबाट प्राप्त संस्कारहरूको भारीबाट आफूलाई मुक्त पारे । यीमध्ये धेरैजसो मानिसहरू आफ्नो मन परेको खाना खान फेरि आफ्नो वर्गमा फर्किएनन्, यसका लागि हामीले तिनलाई धन्यवाद दिनैपर्दछ उन्नाइसौँ शताब्दीको युरोपेली यथार्थवादीहरूका बारेमा हाम्रो दृष्टिकोण बुर्जुवा आलोचकहरूको मतबाट धेरै नै प्रभावित छ । यी आलोचक भाषा विषयको गुण–दोषको विवेचना गर्दछन् । तर, विषयवस्तुको सामाजिक महत्वलाई पत्ता लगाउने र तिनको उद्घाटन गर्ने साहित्यको सामाजिक महत्वलाई बुझे । स्तान्धालको स्वागत आलोचकहरू मौनताले गरे । हाम्रो देशमा ज्यादै थोरै मानिसहरू विदेशी पुस्तकहरू मौलिक भाषामा पढ्दछन् र त्यसभन्दा पनि कम मानिसहरू पश्चिमका साहित्यकारहरूको जीवनको इतिहास, उनीहरूको कार्यप्रणाली र विकाससित परिचित छन् ।
Leave a Reply