भर्खरै :

भनपाको आयोजनामा डेङ्गु रोगसम्बन्धी सचेतना ¥याली

भनपाको आयोजनामा डेङ्गु रोगसम्बन्धी सचेतना ¥याली

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भनपा–१, दूधपाटीबाट सुरु भएको डेङ्गु रोगसम्बन्धी सचेतना ¥याली भार्वाचो–वंशगोपाल–नासमना–टौमढी–सुकुलढोका–गोल्मढी–दत्तात्रय–सूर्यमढी हुँदै ख्वप अस्पतालमा पुगी सभामा परिणत भयो ।
कार्यक्रममा प्र्रमुख प्रजापतिले डेङ्गु रोगबाट बच्न नगरवासीहरूले रोकथाममूलक एवं सुरक्षाका सम्पूर्ण उपायहरू अपनाई भक्तपुर सुरक्षित छ भन्ने सन्देश देश विदेशसम्म पु¥याउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले ¥याली जनतालाई सचेत पार्ने सन्देशमूलक कार्यक्रममात्र हो, रोगबाट नगरवासीहरूलाई बचाउन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी र अगुवाहरूले निरन्तर जनचेतना अभिवृद्धि गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
दसैँको लामो बिदामा भनपाद्वारा सञ्चालित अस्पताल र स्वास्थ्य केन्द्रहरू खुला रहने जानकारी दिँदै उहाँले सकेसम्म स्वास्थ्य संस्थामा पुग्नै नपर्ने गरी आप्mनो स्वास्थ्यको ख्याल गर्न र खानपानमा विशेष ध्यान दिनका लागि सम्पूर्ण नगरवासीहरूलाई अनुरोध गर्नुभयो । “हामी स्वस्थ भएमात्र समाज स्वस्थ हुन्छ र स्वस्थ समाजमात्र आत्मनिर्भर एवं सभ्य समाज बन्छ” भन्दै प्रमुख प्रजापतिले स्वस्थ समाज निर्माणको लागि हामी सबैको प्रयास अपरिहार्य छ भन्नुभयो ।
समापन कार्यक्रममा ख्वप अस्पतालका डा. अमर प्रजापतिले डेङ्गु रोग लाग्दा ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांशपेशी तथा जोर्नी दुख्ने र वाकवाकी लाग्ने वा बान्ता हुने भएकोले नजिकैको स्वास्थ्य संस्थामा गई उपचार गराउन सुझाव दिनुभयो । उहाँले यस रोगमा प्लेटलेट्सको कमीले शरीरमा इन्टरनल ब्लिडिङ भई समस्या हुनसक्ने सम्भावना भएको हुँदा २–४ प्रतिशत बिरामीहरू सिकिस्त बिरामी भई मृत्यु हुने खतरा रहेको हुँदा यस रोगप्रति सचेत हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
¥यालीको सुरु गर्दै ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले डेङ्गु रोगलाई बेवास्ता गर्न नहुने र रोग लागेका मध्ये १ प्रतिशतलाई सिकिस्त पार्नसक्ने हुँदा रोगबाट बच्न आत्मबल बढाउन आवश्यक छ भन्नुभयो । सङ्क्रमणबाट बच्नको लागि विशेषगरी पानी जम्न नदिने तथा आ–आप्mनो घरवरपरको सरसफाइमा विशेष ध्यान दिनुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल र भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले डेङ्गुसम्बन्धी सचेतना अभिवृद्धि गर्दै यस रोगबाट बच्नको लागि अपनाउनुपर्ने सुरक्षा विधिबारे जानकारी दिनुभएको थियो । सचेतना ¥यालीमा जनप्रतिनिधि, ख्वप अस्पतालमा कार्यरत चिकित्सक एवं कर्मचारीहरू, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्रशिक्षक एवं विद्यार्थीहरू, विभिन्न सहकारी संस्थाका प्रतिनिधि एवं कर्मचारीहरू, विद्यालयका शिक्षक एवं विद्यार्थीहरू, नगरपालिकाका कर्मचारी, पत्रकार एवं स्वयंसेवकहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *