भर्खरै :

‘मित्र मण्डली’ को गैरजिम्मेवार प्रवृत्ति र सङ्गतबाट टाढा रहौँ

‘मित्र मण्डली’ को गैरजिम्मेवार प्रवृत्ति र सङ्गतबाट टाढा रहौँ

नेपालभाषाको शब्दावली पासा पुचः लाई नेपाली भाषामा ‘मित्र मण्डली’ र ‘पार्टी समितिका साथीहरू’ भन्ने अर्थमा लेऔँ !
आफ्नै गाउँ, टोल र चोकमा सानैदेखि सँगै गुच्चा र चुरोट बट्टाका तासलाई रूपैयाँ मानेर खेल्दै गरेका साथीहरू कलेज र विश्वविद्यालयमा पुग्दासमेत आफ्नै ‘मनको कुवा पोख्ने भाँडो’ को रूपमा लिने गरेका ‘पासा पुचः’ वा ‘मित्र मण्डली’ आफ्नो पेशा र प्रगतिमा बाधा नपु¥याएसम्म चालु रहन्छ । व्यापारमा आपसमा प्रतिस्पर्धा भएपछि वा स्कूल, कलेज, विश्वविद्यालय र सरकारी पदमा भित्रभित्र हानथाप नभएसम्म त्यो ‘मित्र मण्डली’ चलिरहन्छ । उमेर र स्वार्थले बीचमा बाधा नदिएसम्म कहिलेकाहीँ आफ्नो परिवार, अभिभावक, पार्टी समिति र कार्यालत्न्दा बाहिर पठाउन नहुने विषयवस्तुसमेत ‘मित्र मण्डली’ मा पुग्ने गरेका आफ्ना ‘मित्रहरू’ लाई थाहै हुन्न । पुँजीवादी व्यवस्थामा जटिलता थपिँदै गएपछि चोकदेखि बैङ्कमा समेत सरकारी ‘गुप्ती प्रहरी’ हुन्छन् भन्नेबारे धेरै अनभिज्ञ हुन्छन् ।
एकजना प्रधानमन्त्रीका ‘मित्र मण्डली’ का सदस्य गुप्ती पुलिसका इन्सपेक्टर हुन् भन्ने कुरा आफ्नै गृहमन्त्री भएपछि मात्रै थाहा पाए । आफ्नै पत्नी कुनै विरोधी पत्रिकाका संवाददाता हुन् भनी मन्त्रीले तब थाहा पाए जब उनको प्रधानमन्त्रीले राजीनामा दिएर मन्त्रिमण्डल विघटन भयो ।
कम उमेरमा माथिल्लो पदमा पुगेका वा राजनैतिक संस्कार नभएका परिवारमा हुर्केका युवाहरूको गम्भीर विषयमा पनि एक आपसमा चिया खाँदा आफ्नै राजनैतिक पार्टी र सङ्गठनलाई अहित हुने या पार्टी सदस्यहरूको बीचमा मनमुताब हुने अनुशासनहीन र गैरजिम्मेवार कुरा गर्छन् । कुनै व्यक्तिको व्यक्तित्वको निर्माण सामाजिक परिवेशमा निर्भर हुन्छ । सामाजिक परिवेश पछि परेका व्यक्तिले उच्चस्तरीय पुस्तक पढ्दा गम्भीर विषयबारे तुलनात्मकरूपले कम ग्रहण गर्ने हुन्छ ।
जिम्मेवारविहीन पासा पुचःका सदस्यहरूले देश र विदेशमा विद्यावारिधि गरेका भए पनि कम उमेर र पछि परेका सामाजिक परिवेशको कारण कुनै समयमा सडकमा कुनै महिलालाई आफ्नै साथीबाट अनजानमा धक्का दिन पुग्दा ‘माफी नमागेको कारण’ महिलाको पक्षमा ‘मित्र मण्डली’ का सदस्यहरू हुने गर्दैनन् । उल्टै हुलमा हुन गएको धक्कालाई पनि प्रतिष्ठाको विषय बनाउने ‘ठूलो परिवारको घमण्डको रूपमा लिन्छन्’ भनी उल्टो टिप्पणी गर्छन् । ‘मित्र मण्डली’ प्रवृत्तिले सामाजिक सीमा नाघ्न बेर लाग्दैन, देशको अहितमा सोच्दैन र राजनैतिक सीमा र अनुशासनहीनतालाई बेवास्ता गर्छन् । कक्षा सञ्चालनको अभावमा लिखित साहित्य नबुझ्नु पनि त्यत्तिकै स्वाभाविक हो ।
हरेक पार्टी नेता, कार्यकर्ता, सक्रिय कार्यकर्ता र समर्थकहरूले पार्टी प्रवेशपछि आ–आफ्नो ‘मित्र मण्डलीको गैर–जिम्मेवार प्रवृत्ति र सङ्गत’ बाट टाढा रहनुपर्ने हुन्छ । एउटा जिम्मेवार पार्टीका एक जना बुद्धिजीवी समर्थक (जसलाई भूमिगत अवस्थामा त्यस दलका नेताको रूपमा साधारण जनताले लिने गर्थे) ले साथीहरूको आन्तरिक आर्थिक लेनदेनमा ‘आफै धामी र आफै बोक्सी’ भूमिका खेलेको घटना उदाङ्गियो ।
त्यो घटनाबारे पार्टी समिति र सङ्गठनका सबै साथीहरू अनभिज्ञ थिए । पीडित साथीहरूले ‘त्यो व्यक्ति’ हाम्रो पार्टीको व्यक्ति होइन भन्दा कसैले पत्याएको थिएन र ‘राम्रै नेता’ सम्झेका थिए । तर, घटनाको विवरणले उनी अत्यन्त पैसाको निम्ति साथीहरूमाझ झगडा लगाउने र तल्लो स्तरको व्यवहार गर्ने व्यक्ति भन्ने थाहा भयो । त्यस्ता व्यक्ति पार्टी सदस्यको लागि लायक नभएकै कारण उसलाई पार्टीले सदस्यता दिएको थिएन । दुई–चार वटा नराम्रो घटना घटेपछि पार्टी नेतृत्वलाई त्यस्ता पार्टी कार्यकर्ता भनी टोपलेका व्यक्तिहरूबाट सतर्क हुन जनताले सही सही सूचना दिने गर्छन् । यसकारण, विश्वविद्यालयमा सम्पर्क भएका र ठूलै आर्थिक कारोबारमा संलग्न व्यक्ति हुँदैमा तिनीहरू जनताको स्तरमा विश्वस्त नहुने पनि सम्भावना हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *