चामुण्डा बिन्द्रासैनीमा समाजवाद र साम्यवादको अपरिहार्यताबारे अन्तरक्रिया
- जेष्ठ ३, २०८३
जेनेभा, २१ असोज (बीबीसी) । श्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतमा उत्पादित खोकी रोक्ने औषधिहरूलाई द गाम्बियामा ६६ जना बालबालिकाको मृत्युसँग जोड्दै उक्त उत्पादनप्रति चेतावनी जारी गरेको छ ।
पश्चिम अफ्रिकी मुलुक गाम्बियामा बच्चाहरूको मिर्गौलामा खराबी आएर मृत्यु भएकोमा गरिएको अनुसन्धानपछि यस्तो चेतावनी आएको हो । डब्ल्यूएचओले यसबारे उत्पादक मेइडन फार्मास्युटिकल्स र भारतीय अधिकारीहरूसँग मिलेर ‘थप अनुसन्धान गर्ने’ जनाएको छ ।
उसले उक्त खोकीको औषधिको बिक्री रोक्न नियामक निकायहरूलाई सुझाव पनि दिएको छ ।
डब्ल्यूएचओले उसको वेबसाइटमा उत्पादन चेतावनी राखे पनि भारतको स्वास्थ्य मन्त्रालय र औषधि नियामक निकायले औपचारिक प्रतिक्रिया दिन बाँकी छ । बीबीसीले मेइडन फार्मास्युटिकल्सलाई प्रतिक्रियाका लागि इमेल गरेको छ ।
भारतीय सरकारी अधिकारीहरूले बीबीसीलाई नाम नखुलाउने सर्तमा जनाएअनुसार भारतको नियामक निकायले २९ सेप्टेम्बरमा उक्त विषयबारे सूचना प्राप्त गरेपछि अनुसन्धान सुरु गरिसकेको छ ।
नियामक निकायले डब्ल्यूएचओलाई प्रश्न उठेको उत्पादन र त्यसको मृत्युसँगको सम्बन्ध स्थापित हुने उसको रिपोर्ट साझा गर्न भनेको अधिकारीहरूले बताएका छन् ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेहब्रेयससले बुधवार उक्त समस्याकारी उत्पादनबारे बोलेका थिए । उनले खोकी रोक्ने ती चारवटा औषधिको नमुनाको परीक्षण गरेपछि उक्त निर्णयमा पुगेको बताएका थिए ।
डब्ल्यूएचओले त्यस्ता समस्याग्रस्त खोकीको औषधिको नाम – कोफेक्सम्यालिन बेबी कफ सिरप, मेकफ बेबी कफ सिरप र म्याग्रिप एन कोल्ड सिरप रहेको जनाएको छ ।
यो स्वास्थ्य निकायले भनेको छ – प्रयोगशाला अनुसन्धानपछि ती कफ सिरपहरूमा डाइइथाइलिन ग्लाइकोल र इथाइलिन ग्लाइकोलको ‘अस्वीकार्य मात्रा’ रहेको पाइएको थियो ।
ती तत्वको त्यस्तो मात्रा मानवका लागि विषाक्त तहको भएको र त्यसको सेवन गरेमा मृत्यु हुन सक्ने बताएको छ । डब्ल्यूएचओका अनुसार ती उत्पादनहरू अहिलेसम्म गाम्बियामा मात्र पाइएका छन्, तर अनौपचारिक बजार प्रणालीमार्फत अन्य मुलुकमा पनि पु¥याइएको हुनसक्छ ।
उसले भनेको छ, “ती औषधीका सबै ब्याचका उत्पादन सम्बन्धित नियामक निकायले विश्लेषण नगरेसम्म असुरक्षित मानिनुपर्छ ।”
तर, माथिका स्रोतले जनाएअनुसार उक्त कम्पनीले खोकीका ती औषधिहरू ‘अहिलेसम्म गाम्बियामा’ मात्र निर्यात गरिएको जनाएको छ । भारतले विश्वको एकतिहाइ औषधि उत्पादन गर्छ । अति तीव्र गतिमा विकास भइरहेका फार्मास्युटिकल कम्पनीहरूले भारतमा औषधि उत्पादन गर्ने गर्छन् । त्यसैकारण, भारतलाई विश्वको औषधि कारखाना भन्ने गरिन्छ र भारतले नै अफ्रिकी देशहरूको धेरैजसो औषधीय माग पूरा गर्छ ।
उत्तरी राज्य हरियाणास्थित मेइडन फार्मास्युटिकल्सले आफ्ना उत्पादनहरू एशिया, अफ्रिका र दक्षिण अमेरिकामा निर्यात गर्ने गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ । गाम्बियाका मेडिकल अधिकारीहरूले दर्जनौँ बालबालिकामा गम्भीर किसिमको मिर्गौलाको समस्या भएको पाइएपछि त्यसमाथि प्रश्न उठाएका थिए ।
गाम्बियाको स्वास्थ्य सेवा निर्देशक मुस्तफा बितायेले रोयटर्सलाई जनाएअनुसार पछिल्ला हप्ताहरूमा मृत्यु हुनेको सङ्ख्या घटेको छ र देशले ती उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ । उनलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, “तर केही समय अघिसम्म पनि खोकीका ती औषधिमध्ये केही निजी क्लिनिकहरू र अस्पतालमा बिक्री भइरहेको थियो ।”
Leave a Reply