भर्खरै :

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – १२

क्युवा र अङ्गोला–स्वतन्त्रताको लागि युद्ध – १२

व्यक्ति, सङ्गठन र घटनाको परिचय
ज्ञएसिभेदो, इनरिक (१९४२) क्युवाली क्रान्तिकारी सशस्त्र सेनाका ब्रिगेडियर जनरल । क्युवाको सिएरा माइस्त्रा पहाड शृङ्खलाबाट इस्काम्ब्री छिचोलेको चे ग्वेभारा नेतृत्वको विद्रोही सेनाको दस्ताका लडाकु । सन् १९७७–७९ सम्म अङ्गोलामा मेकानाइज्ड सैन्य दस्ताको कमान्डर । सन् १९८७–८९ मा पुनः अङ्गोला फिर्ता ।
एल्भिस, नेटो (१९४५–१९७७) सन् १९७५ मा स्वाधीनतापश्चात् अङ्गोला सरकारका गृहमन्त्री । नेटोको नेतृत्वविरुद्ध एमपीएलएभित्रको एउटा खेमाको नेता । सन् १९७७ मा असफल सैन्य विद्रोहका नेता । विद्रोहको असफलतापछि पक्राउ र ज्यान सजाय ।
रङ्गभेद–श्वेत सर्वोच्चवादी जातीय साम्प्रदायिक व्यवस्थामा आधारित दक्षिण अफ्रिकाको राज्य संरचना । त्यो व्यवस्थाले जनसङ्ख्याको ठुलो बहुमतलाई मताधिकारबाट वञ्चित गरेको थियो । सन् १९७० दशकदेखि सन् १९९० दशकको पूर्वाद्र्धसम्म चालु जनसङ्घर्षले त्यो व्यवस्था अन्त्य ग¥यो । जनसङ्घर्ष सन् १९९४ मा उत्कर्षमा पुग्यो । अफ्रिकी राष्ट्रिय काङ्ग्रेसका नेता नेल्सन मन्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति निर्वाचित भए ।
बाटिस्टा, फुलहेनसिओ–सन् १९३४–५८ सम्म क्युवाको बलियो सैनिक नेता । वाशिङ्टनको साथमा सन् १९५२ मा सैनिक विद्रोहको नेतृत्व गरे । विद्रोही सेना अघि बढेसँगै जनसङ्घर्ष र आमहडतालको प्रभाव स्वरूप सन् १९५९ को जनवरी १ मा क्युवाबाट भागेका थिए ।
काब्रल, अमिल्कर–सन् १९५६ मा गिनी र केप भेर्दाको स्वाधीनताको निम्ति अफ्रिकी पार्टी पीएआइजीसी) का संस्थापक नेता । सन् १९६३ बाट उनले नेतृत्व गरेको गुरिल्ला सङ्घर्षको सफलता स्वरूप सन् १९७४ मा गिनी बिसाउ स्वतन्त्र भयो । सन् १९७५ मा केप भेर्दा स्वतन्त्र भयो । सन् १९७३ को जनवरीमा उनलाई ज्यान सजाय दिइयो ।
किटानो, मार्सेलो (सन् १९०६–८०) पोर्चुगलका तानाशाह । सन् १९७४ को अप्रिलमा भएको सैनिक विद्रोहले उनलाई सत्ताच्युत ग¥यो । त्यो सैनिक विद्रोहले ‘अवतार क्रान्ति’ (रिकार्नेसन रिभोल्युसन) भनी चिनिएको जनविद्रोह जन्माएको थियो ।
कार्लोटा– क्युवाको मातान्जसका दास । सन् १८४३ मा स्पेनियाली उपनिवेशवादी सरकारविरुद्ध भएको दास विद्रोहको उनले नेतृत्व गरेकी थिइन् । विद्रोह असफल भएपछि उनलाई पक्राउ गरी हत्या गरिएको थियो । सन् १९७५ देखि १९९१ सम्म अङ्गोलामा गएको क्युवाली मिसनको नाम उनकै नाममा ‘ओपरेसन कार्लोटा’ राखिएको थियो ।
क्यास्ट्रो, फिडेल(सन् १९२६–२०१६) सन् १९५२ मा बाटिस्टाको तानाशाही शासन लागु भएपछि क्युवामा सुरु भएको क्रान्तिकारी जनसङ्घर्षका केन्द्रीय नेता । सन् १९५३ को जुलाई २६ मा सान्टियागो डी क्युवामा मोनकाडा व्यारेक तथा बायामो व्यारेकमाथि भएको सशस्त्र हमलाको नेतृत्व । जुलाई २६ आन्दोलन स्थापना गर्न क्रान्तिकारीहरूलाई नेतृत्व गर्ने व्यक्ति । सन् १९५६ मा क्युवामा क्रान्तिकारी सङ्घर्ष गर्न मेक्सिकोबाट ग्रान्मा अभियानको नेतृत्व । सन् १९५६–५९ सम्म विद्रोही सेनाका कमान्डर इन चिफ । सन् १९५९–२००८ सम्म क्युवाली क्रान्तिकारी सशस्त्र सेनाका प्रधानसेनापति । सन् १९५९ देखि २००८ सम्म क्युवाका प्रधानमन्त्री, त्यसपछि राज्य परिषद् तथा मन्त्रिमण्डलका सभापति ।
क्यास्ट्रो राउल (सन् १९३१) सन् २००८ देखि क्युवाको राज्य परिषद् तथा मन्त्रिमण्डलका सभापति । सन् २०११ देखि २०२२ सम्म क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव । सन् १९५३ मा मोनकाडा व्यारेकमाथि भएको हमलामा सामेल । जुलाई २६ आन्दोलनका संस्थापक सदस्य । ग्रान्मा अभियानमा सहभागी । सन् १९५८ मा विद्रोही सेनाको दोस्रो पूर्वी मोर्चाका कमान्डर । सेनाका जनरल । सन् १९५९ देखि २००८ सम्म क्रान्तिकारी सेना हेर्ने मन्त्रालयका मन्त्री ।
चिसानो, जोओकुइम (सन् १९३९) फ्रिलिमोका नेता । सन् १९८६ देखि २००५ सम्म मोजाम्बिकका दोस्रो राष्ट्रपति ।
सिन्ट्रा फ्राएस, लिओपोल्दो (पोलो) (सन् १९४१) सैन्य टुकडीका जनरल । सन् २०११ देखि क्युवाली सशस्त्र सेना हेर्ने मन्त्रालयका मन्त्री, राज्य परिषद्का सदस्य । सियरा माइस्त्रामा विद्रोही सेनाको हमलाको क्रममा फिडेल क्यास्ट्रो नेतृत्वको पहिलो दस्ताका लडाकु । सन् १९७५–७६ सम्म अङ्गोलाको दक्षिणी मोर्चाको नेतृत्व । सन् १९७८ मा इथियोपियामा अन्तर्राष्ट्रवादी मिसनको नेतृत्व । सन् १९८३–८६ अनि सन् १९८९ मा अङ्गोलामा क्युवाली सैन्य मिसनको नेतृत्व । क्युवाली गणतन्त्रका नायक ।

अन्तर्वार्ताको क्रममा सन् २००९ मा पोम्बो

कङ्गो–ब्राज्जभिल्ले–(औपचारिक नाम कङ्गो) । सन् १९६० मा फ्रान्सबाट मुक्त ।
कङ्गो, प्रजातान्त्रिक गणतन्त्र –सन् १९६० मा बेल्जियमबाट मुक्त । सन् १९७१ देखि १९९७ सम्म औपचारिक नाम जायर ।
पाँच क्युवाली–सन् १९९० दशकमा गिरार्डो हर्नान्देज, रामोन लेवानिनो, एन्टिनिओ ग्युरेरो, फर्नान्डो गोञ्जालेज र रेने गोञ्जालेज (जो आज पाँच क्युवाली भनी कहलिएका छन्) ले क्युवामाथि हमला गर्ने योजना बनाएका संरा अमेरिकी प्रतिक्रान्तिकारी समूहहरूबारे क्युवा सरकारलाई सूचना सङ्कलन गर्न जिम्मेवारी वहन गरे । सन् १९९८ मा ‘गुप्तचरी, षड्यन्त्र’ लगायत विभिन्न आरोपमा संरा अमेरिकाको मायामीमा उनीहरूलाई पक्राउ गरियो र कैद सजाय दिइयो । उनीहरूले १३ देखि १६ वर्षसम्म संरा अमेरिकाका सङ्घीय कारागारमा कैद जीवन बिताए । उनीहरूमध्ये तीन जना –रेने गोन्जालेज (सन् १९७७–७९), फर्नान्डो गोन्जालेज (सन् १९८७–८९) र गेरार्डो हर्नान्डेज (सन् १९८९–९०) ले अङ्गोलामा सेवा गरेका थिए ।
डाएज अग्र्युलेस, राउल (सन् १९३६–१९७५)–अङ्गोलामा गएको क्युवाली अन्तर्राष्ट्रवादी मिसनका पहिलो प्रमुख । सन् १९७५ को डिसेम्बरमा जमिनमा बिछ्याइएको माइनमा परी उनी मारिए । इस्काम्ब्री पहाडमा विद्रोही सेनाका कमान्डर । सन् १९७० दशकको सुरुआतमा ल्याटिन अमेरिका र अफ्रिकामा साम्राज्यवादविरोधी क्युवाली सहायतामा जिम्मेवारी । मरणोपरान्त उनलाई बिग्रेडर जनरलमा पदोन्नति । क्युवाली गणतन्त्रका नायक ।
दोस सान्तोस, जोसे इडुआर्डो (सन् १९४२) अङ्गोलाका प्रथम राष्ट्रपति निटो अगस्टिनोको निधनपश्चात् सन् १९७९ देखि अङ्गोलाका राष्ट्रपति । सन् १९५६ देखि एमपीएलएमा सामेल । स्वाधीनतापछि अङ्गोलाका विदेश मन्त्री ।
डेरेक, भिक्टर (सन् १९३७) सन् १९६५ मा कङ्गोमा चे ग्वेभाराको नेतृत्वमा गएको क्युवाली दस्ताका उपनेता । सन् १९६६–६८ मा गिनी बिसाउका स्वतन्त्रता सङ्ग्रामीहरूलाई मद्दत गर्न गएको क्युवाली अन्तर्राष्ट्रवादी मिसनको नेतृत्व । इस्काम्ब्रीमा क्रान्तिकारी निर्देशक तथा विद्रोही सेनाका लडाकु । सन् १९६०–६५ मा इस्काम्ब्रीमा संरा अमेरिकाको साथ पाएका प्रतिक्रान्तिकारी समूहलाई पराजित गर्ने लडाकु दस्ताको नेतृत्व । क्युवा–अफ्रिका मित्रता सङ्गठन र हवाना प्रान्तमा क्युवाली क्रान्तिका लडाकुहरूको सङ्गठनका सभापति ।
इस्पिनोसा मार्टिन, रामोन (सन् १९३९) सैन्य दस्ताका जनरल । सन् २००९ देखि क्युवाली सशस्त्र सेनाका उपमन्त्री । इस्काम्ब्री पहाडमा क्रान्तिकारी निर्देशनालय र विद्रोही सेनाका लडाकु । सन् १९७५–७६ मा अङ्गोलाको काबिन्दामा क्युवाली सेनाको नेतृत्व । सन् १९८०–८२ मा इथियोपियामा क्युवाली सैनिक मिसनका प्रमुख । क्युवाली गणतन्त्रका नायक ।
एफएपीएलए – अङ्गोला मुक्ति जनसेना । एमपीएलएको सशस्त्र विभागले पोर्चुगाली उपनिवेशवादविरुद्ध लड्न गठित सैन्य सङ्गठन । सन् १९७५ मा अङ्गोला स्वाधीन भएपछि यो सङ्गठन अङ्गोला सेनामा रूपान्तरण भयो ।
एफएमएलए–अङ्गोला मुक्ति राष्ट्रिय मोर्चा । सन् १९६२ मा होल्डन रोबर्टोको नेतृत्वमा बनेको सङ्गठन अङ्गोलालाई पोर्चुगाली उपनिवेशवादबाट मुक्त गर्न बनेका सशस्त्र सङ्गठनमध्ये एउटा सङ्गठन थियो । सन् १९७५ मा यो सङ्गठनले एमपीएलएको सरकारविरुद्ध युद्ध छेड्यो । त्यसको निम्ति उसलाई जायरको मोबुटु र संरा अमेरिकाको साथ समर्थन थियो । सन् १९७६ मा यो सङ्गठन पराजित भयो ।

अङ्गोलामा क्युवाली लडाकूलाई निर्देशन दिँदै ह्यारी भिल्लेगस पोम्बो

फ्रिलिमो– मोजाम्बिक मुक्ति मोर्चा । सन् १९६२ मा स्थापना भएको यो सङ्गठनले मोजाम्बिक मुक्ति सङ्घर्षको नेतृत्व ग¥यो । इडुआर्डो मोन्डलेन र सामोरा मचेल यो सङ्गठनका सुरुका सभापति थिए । यो दल सन् १९७५ मा मोजाम्बिक स्वतन्त्र भएदेखि सत्तासीन छ ।
ग्वेभारा, अर्नेस्टो चे (सन् १९२८–१९६७) –अर्जेन्टिनामा जन्मेका चे ग्वेभारा क्युवाली क्रान्तिका केन्द्रीय नेता बने । टोलीको चिकित्सकको रूपमा उनी मेक्सिकोबाट ग्रान्मा अभियानमा सरिक भए । सन् १९५७ को जुलाईबाट उनी विद्रोही सेनाका कमान्डर बने । क्युवाको क्रान्तिकारी सरकारको उनले राष्ट्रिय बैङ्कका प्रमुख, उद्योग मन्त्रीलगायत विभिन्न जिम्मेवारी सम्हाले । सन् १९६५ मा पूर्वी कङ्गोमा क्युवाली स्वयम्सेवी लडाकु मिसनको उनले नेतृत्व गरे । सन् १९६६ मा बोलिभियाको सैनिक तानाशाहीविरुद्ध गुरिल्ला युद्धमा सामेल हुन उता गए । सन् १९६७ मा अमेरिकी केन्द्रीय गुप्तचर विभागद्वारा निर्देशित कारबाहीमा चे ग्वेभारा बोलिभियाली सेनाबाट घाइते भए, पक्राउ गरे र हत्या गरियो ।
किन्डेलान, रोबर्टो (सन् १९२८–२०१६) क्युवाली क्रान्तिकारी सेनाका बिग्रेडर जनरल । सिएर माइस्त्रादेखि इस्काम्ब्री पहाडसम्म क्युवा छिचोलेको चे ग्वेभारा नेतृत्वको विद्रोही सैनिक दस्ताका लडाकु उनी कङ्गो–ब्राज्जभिल्लेमा गएर भर्खर स्वाधीन बनेको देशको सरकारलाई फ्रान्सबाट जोगाउन र अङ्गोलामा एमपीएलएका स्वतन्त्रता सङ्ग्रामीहरूलाई तालिम दिन सन् १९६५–६७ सम्म काम गरे ।
कुरोच्किन, कोन्स्टान्टिन– सन् १९८२–८५ सम्म अङ्गोलामा खटिएको सोभियत सैनिक मिसनका प्रमुख, लेफ्टिनेन्ट जनरल ।
लारा, लुसिओ (सन् १९२९–२०१६) एमपीएलएका संस्थापक सदस्य । लामो समयसम्म केन्द्रीय समिति सदस्य । अङ्गोलाको गृहयुद्धको समयमा एमपीएलएका सङ्गठन सचिव ।
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *