भर्खरै :

पुँजीवादी चुनावका दृश्यहरू

पुँजीवादी चुनावका दृश्यहरू

काठमाडौँ, २४ असोज । निर्वाचन आयोगले ‘उम्मेदवारी उत्साहजनक’ बताए पनि शासक दलहरूभित्र देखिएको दलबदल र उम्मेदवारको अनुहारबाट पुँजीवादी प्रजातन्त्र उदाङ्गिएको छ । पार्टीले औपचारिक पत्र नदिएपछि स्वतन्त्र उम्मेदवारी बनेकाहरू पनि कम छैनन् । यसमा एमालेका घनश्याम भुसाल, गङ्गा चौधरी, रामवीर मानन्धरको नाम प्रकाशित भयो । नेकाका अमरेशकुमार सिंह, कृष्ण ज्योति, दीपेन्द्र लामा, विष्णुदेवी पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिए ।
एमालेका भीमबहादुर रावल, नेकाका मिनेन्द्र रिजाल, स्वर्णिम वाग्ले, गोविन्द पोखरेलले पनि पार्टीको औपचारिक पत्र नपाउँदा उम्मेदवार हुन नपाएको समाचार छ । माओवादी केन्द्रका हरिबोल गजुरेलले पनि उम्मेदवारी पाएनन् ।
शासक दलहरूले उम्मेदवारी नपाएका नेताहरूलाई राष्ट्रियसभामा लैजाने सम्भावना प्रबल छ ।
एमाले र जसपाको रातारात गठबन्धन बनेपछि माओवादीबाट एमाले बनेका प्रभु साह रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भए । साहले उपेन्द्र यादव नेतृत्वको जसपालाई कुर्सीको खेलमा लाग्ने, मधेसको अस्थिर शक्ति बताए भने त्यस्तो पार्टीसँगको गठबन्धनबाट एमालेसमेत ‘पवित्र’ नहुने औँल्याए ।
कविलवस्तुमा जसपाको उम्मेदवारी दर्ता गर्न गएका सहराम यादव काङ्ग्रेस प्रवेश गरे । यहाँ जसपा–एमालेको गठबन्धन गरिएको भए पनि एमालेले पनि आफ्नो उम्मेदवारी दियो ।
मनाङ (ख) मा नेका र एमालेको समर्थनमा राजीव गुरूङ उर्फ दीपक मनाङे उम्मेदवार भएको खबर छ ।
चितवन छाडेर गोरखा–२ मा उम्मेदवारी दिएका माओवादी केन्द्रका पुष्पकमल दाहाललाई मनोनयन फाराममा खर्चको स्रोत उल्लेख गर्न सकस भयो । दाहालले पत्रकारहरूसँग देशको जुनसुकै जिल्लाबाट चुनाव लड्न तयार रहेको देखाउन गोरखा रोजेको दाबी गरे । तर, उम्मेदवारी दर्ताको क्रममा बारम्बार ‘यस्ता दिन पनि आउँदा रहेछन्’ दोहो¥याएको सुन्नेहरू आश्चर्यमा परे ।
माओवादी केन्द्रकी नेतृ सीतादेवी पौडेलले नवलपरासीमा काङ्ग्रेसले बेइमानी गरेको भन्दै उम्मेदवारी निर्वाचन क्षेत्र नं. १ (क) मा दर्ता गराइन् ।
यहाँ एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीका त्रिपाठी र नेकाबाट विनोद चौधरी पनि उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *