नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
मंगलबार राति संरा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फिनिक्स शहरमा दिएको भाषणमा मिडियाप्रति पोखेको आक्रोशले पूँजीवादी देशले निकै हल्ला गर्ने गरेको स्वतन्त्र मिडियाको मान्यतामा प्रश्न उठेको छ । ट्रम्पले संरा अमेरिकामा सत्यको मानक मानिएका सीएनएन, न्युयोर्क टाइम्स र वाशिङ्टन पोस्ट जस्ता ‘बिग मिडिया हाउस’हरूको धज्जी उडाएका थिए । आफूलाई गलत तरिकाबाट प्रचार गरेको र आफूले बोलेको भन्दा पनि फरक कुरा प्रचारमा ल्याएको उनको आरोप थियो । मञ्च अगाडि बसिरहेका क्यामेराम्यानहरू समेतलाई औंल्याउँदै उनले मिडियाहरूलाई ‘बदमास’ भनेका थिए ।
मिडियाप्रति ट्रम्पको असन्तोष र आक्रोश नयाँ भने होइन । यसअघि पनि उनले मिडियाप्रति पटक–पटक असन्तोष र आक्रोश पोखेका थिए । तर संसारको सबभन्दा शक्तिशाली मानिएको संरा अमेरिकाका सर्वशक्तिमान मानिएका राष्ट्रपतिको यस्तो अभिव्यक्तिले प्रष्टतः केही कुरा सङ्केत गरेका छन्ः
क. आजको युगमा मिडिया निकै शक्तिशाली भइसकेको छ ।
स्याल आखिरमा स्याल नै हो–रङ्ग पोते पनि, नपोते पनि । पूँजीवादी मिडियाले पूँजीवादकै सेवा गर्ने गर्दछ जतिसुकै स्वतन्त्रको जप गरे पनि ।
ख. पूँजीवादी प्रजातन्त्रका हिमायतीहरूले भनेजस्तो मिडिया निष्पक्ष र स्वतन्त्र हुन्छन् भन्ने कुरा झुठ हो ।
व्यावसायिक पत्रकारिताको नाममा आफूलाई निष्पक्ष र स्वतन्त्र दाबी गर्ने मिडिया राजनीतिक पूवाग्रह र स्वार्थभन्दा माथि नरहेको संरा अमेरिकी राष्ट्रपतिको भनाईबाट प्रष्ट भएको छ । आज संरा अमेरिकी पूँजीपति शासक वर्गबीच ठूलो विभाजन देखापरेको छ । यो विभाजन राजनीतिमा प्रतिविम्बित भइरहेको छ । अनि पूँजीपति वर्गकै नियन्त्रण र अस्त्रको रूपमा रहेका पूँजीवादी सञ्चारमाध्यमभित्रको विभाजनको कारण नै ट्रम्प मिडियाप्रति आक्रोशित बन्नु पर्नाको प्रमुख कारण हो । आज संरा अमेरिकाका मूलधार बताइएका मिडिया शासक वर्गभित्र ट्रम्प गुटको पक्षमा छैनन् ।
अझ प्रष्ट रूपमा विदेशी भूमिबाट संरा अमेरिकी सैनिक संलग्नता बन्द गर्ने ट्रम्पको नीतिबाट त्यहाँका हतियार व्यापारीहरू असन्तुष्ट छन् । अनि संरा अमेरिकी मिडिया मुलतः तिनै हतियार व्यापारीको नियन्त्रणमा छन् ।
विदेशी भूमिबाट हात झिक्ने ट्रम्पको नीति अमेरिकी जनतालाई झुक्याउने चालबाजी मात्र भएको कुरा हालै अफगानिस्तानमा सेना बढाउने राष्ट्रपतिको घोषणाबाट प्रष्ट भइसकेको छ । तथापि युद्धको जगमा टिकेको साम्राज्यवादलाई विदेशमा हमला गर्न रोक्न खोज्नु हर्कुलसलाई जमिनबाट अलग बनाउनु जस्तै हुनेछ । साँच्चै ट्रम्प आफ्नो यो नीतिमा इमान्दार बने ट्रम्प जोन अफ केनेडी जस्तै मारिन सक्छन्, तर संरा अमेरिकाले संसारभर युद्धको वितण्डा मचाउन छोड्ने छैन ।
अनि त्यहाँका सबै मिडिया साम्राज्यवादका ज्यावल हुन् । तिनले साम्राज्यवादको सेवा गर्ने नीति ल्याउञ्जेल जो कोहीको वकालत गर्नेछन् नत्र कुप्रचार गर्न थाल्नेछन् । त्यसको अर्थ ट्रम्प साम्राज्यवादी चरित्रका छैनन् भन्न खोजिएको होइन । बरू आज साम्राज्यवादी मोर्चाभित्रको विभाजनको शिकार मात्र बनेका हुन्–ट्रम्प । अनि यो विभाजनसँगै मिडिया निष्पक्ष हुने रङ्गीन स्यालको वास्तविकता सतहमा आएको छ । स्याल आखिरमा स्याल नै हो–रङ्ग पोते पनि, नपोते पनि । पूँजीवादी मिडियाले पूँजीवादकै सेवा गर्ने गर्दछ जतिसुकै स्वतन्त्रको जप गरे पनि ।
Leave a Reply